निर्णय नं. २१३३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१३३ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/३० २३७९ निर्णय नं. २१३३ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. ८८९ विषय : उत्प्रेषण समेत निवेदक : जिल्ला झापा सुरुङ्गा गा.पं. वार्ड नं. ४ बस्ने नन्दलाल पाण्डे विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय झापा चन्द्रगढी जि. धनुषा यज्ञभूमि गा.पं. वार्ड नं. ४ बस्ने खेच बहादुर शाही ऐ ऐ बस्ने धावा मोक्तान जि. धनुषा भरतपुर गा.पं. वार्ड नं. ८ घर भर्इ हाल जि. झापा सुरुङ्गा गा.पं. वार्ड नं. ४ बस्ने सूर्य बहादुर मल्ल ठकुरी आदेश भएको मिति : २०४१।९।३०।१ मा § एकै विषयमा पहिले पर्न आएको निवेदनमा कुनै कारवाही नगरी पछि पर्न आएमा विपक्षीहरूका निवेदनबाट बिक्री वितरणमा विपक्षीहरूलाई जग्गा प्रदान गर्ने गरेको निर्णय बदर हुने। (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. साविकमा कुलप्रसाद राजवंशी र हरिप्रसाद राजवंशीका नाममा दर्ता रहेको जि.झापा सुरुङ्गा गा.पं. वार्ड नं. ४ स्थित कि.नं. २३९ मध्ये ०–१६–० कि.नं. २४४ मध्ये ०–१–० र कि.नं. २४० मध्ये ०–१८–० समेत जम्मा ज.वि.१–१५–१० जग्गा साविक मोहीले जोत्न छोडेकोले ठेक्का शर्त कबुलियत गरी २०२३ सालदेखि अद्यपर्यन्त कमाई आएको छु । सो जग्गा हदबन्दी भन्दा बेसी भएको कारण श्री ५ को सरकारले २०३१ सालमा प्राप्त गरेको रहेछ । तर जग्गा मैले नै कमाई पञ्चायत तथा स्थानीय विकास कर समेत तिरी आएको थिएँ । भू.सु.का.को सूचना अनुसार जग्गा माग गरी ०३६।१।३१ मा निवेदन दर्ता गरेको थिएँ । यसैबीच २०३९ सालको वर्षायामतिर विपक्षी धावा मोक्तान समेतले उक्त जग्गा हामीले पाएका छौं जग्गा जोत्न देउ भनेकाले विपक्षी कार्यालयमा बुझ्न जाँदा ०३८।४।२० मा उक्त जग्गा विपक्षीहरूलाई प्रदान गर्ने निर्णय भएको भन्ने सम्म थाहा भयो । निर्णयको सक्कल विभागमा पठाएको भन्ने जवाफ प्राप्त भएकोले नक्कल लिन पाइन । पछि बुझ्दा विपक्षीहरूले सुकुम्वासीको रुपबाट जग्गा पाएको रहेछ। ३. उपरोक्त जग्गामा म मोही हुँ भन्ने निर्विवाद छ । सो को पुष्टिको लागि कूत कबुलियतनामा, कर तिरेको रसिद पेश गरेको छु । गा.पं.को सिफारिशले एवं सरजमीन विवादित जग्गाको मोही म निवेदक हुँ भन्ने प्रष्ट गरेको ज.वि.४–०–० सम्म पाउने पहिलो प्राथमिकताको हक भू.सं. नियम, २०२१ को नियम २३(१)(क) ले गरेकोमा सो बिपरीत विपक्षीहरूलाई जग्गा वितरण गरिएको छ । भू.सु.का.मा मैले पहिले निवेदन दर्ता गरेकोमा सो उपर कुनै कारवाही नगरी मलाई नबुझी म भन्दा पछि निवेदन गर्ने विपक्षीहरूलाई जग्गा वितरण गरेको त्रुटिपूर्ण छ । तसर्थ भू.सु.का.झापाको उक्त ०३८।४।२० को निर्णय र सो सम्बन्धी कारवाही समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम निर्णय गर्नुपर्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश । ५. मिति ०३०।११।६ मा फेचादास (हरिप्रसाद) राजवंशीबाट प्राप्त र जफत भएको कि.नं. २४०, २४५, २४४ समेतबाट मध्ये गरी ज.वि.२–०–० ध