निर्णय नं. २१३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/१४ २६२५ निर्णय नं. २१३५ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट नं. १६३७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : चितवन जिल्ला मघौला गा.पं. वा.नं. ७ घर भइ हाल बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने अम्बिकादेवी पौडेल विरुद्ध विपक्षी : मालपोत अधिकृत मालपोत कार्यालय, बर्दिया बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने जायश्वर शर्मा पौडेल भन्ने जायश्वार पौडेल चितवन जिल्ला भरतपुर नगर पञ्चायत वा.नं. १२ बस्ने शालीग्राम पौडेल बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने तुलसी देवी देवकोटा आदेश भएको मिति : २०४१।९।१४।५ मा § एकाको नाउँमा लालपूर्जा प्राप्त भइसकेकोलाई बदर गरी सो कि.नं. को लालपूर्जा अन्य व्यक्तिलाई दिनु पर्ने भएमा पहिले लालपुर्जा पाउने व्यक्तिलाई पनि बुझी निजको कथनलाई समेत विचार गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार र विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल उल्लेखित मुद्दा : x आदेश न्या. हरगोविन्द सिंह प्रधान : मिति २०३९।१२।१८ को मालपोत कार्यालयको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ नं. साविक कि.नं. ५४४ को कित्ताकाट भई कायम भएको कि.नं. ५९७ को ३–०–० तीन विगहा जग्गा निवेदकले घनश्याम बरालबाट मिति ०३९।२।२४ को बकसपत्रबाट आर्जन गरी मैले भोग चलन गरी आएको छु । पोत समेत सालसालै बुझाई आएको छु । मेरा दाता घनश्याम बरालले उक्त जग्गा जयश्वर शर्माबाट ०३८।८।२३ मा प्राप्त गर्न अघि निज जयश्वर शर्माले जग्गाधनीको प्रमाणपूर्जा पाउँ भनी दिनु भएको मिति ०३४।१२।२८ को निवेदनमा मेन्टिनेन्स नापी शाखा बर्दियाबाट साविक कि.नं. ५४४ बदर भई कि.नं. ५९७ को ३–०–० जयश्वर शर्माको नाउँमा कित्ताकाट भएको प्लट रजिष्टर देखिन्छ भनी मिति ०३५।४।१८ मा उल्लेख गरेका आधारमा जयश्वर शर्माले पूर्जा प्राप्त गरी प्राप्त हाल कायमी ५९७ कै जग्गामा तिरो भरो गर्दै आउनु भएको थियो । उक्त कि.नं. ५९७ को जग्गा दाताहरूको पालामा निजहरूको र हाल म निवेदकको हक भोग चलनमा छ । कि.नं. ५४४ को कित्ताकाट भई कायम भएको विधित कित्ता जग्गा मध्ये कि.नं. ५९५ को ३–०–० जग्गाको ज.ध.प्र.पू.पाउँ भनी प्रत्यर्थी मध्येका जयश्वर पौडेलले भूमिसुधार कार्यालय बर्दिया समक्ष ०३५।४।२२ मा निवेदन चढाउनु भई सोही बमोजिम कि.नं. ५९५ जग्गाको तिरो समेत तिर्दै आउनु भएको थियो । सो बिपरीत गई ०३९।१२।१७।५ मा कि.नं. ५९५ को सट्टा म निवेदकको हकभोग दर्ता तिरोको कि.नं. ५९७ कायम गरी संशोधन गरी पाउँ भनी मालपोत कार्यालय बर्दिया समक्ष जयश्वर शर्मा पौडेलले निवेदन दिई सनाखत समेत गरेका थिए । मालपोत कार्यालयले जग्गाधनी दर्ता प्रमाणपूर्जामा समेत कि.नं. ५९५ लाई ५९७ र जयश्वर शर्मा पौडेल कायम गरी संशोधन गर्न मनासिव देखी पेश गरेकोछु भनी टिप्पणीं उठाई मा.पो.अधिकृतबाट ०३९।१२।१८ मा टिप्पणीं आदेश सदर गरिएको कुरा ०४०।६।१८ मा नक्कल सारी लिँदा थाहा पाएको छु । ३. मालपोत कार्यालयको आदेश त्रुटिपूर्ण छ । कि.नं. ५९७ को मेरो हकको जग्गा अकारण संशोधन गर्