निर्णय नं. २८०२ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८०२ - सवारी ज्यान भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/१० २४८१ निर्णय नं. २८०२ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४२७ फैसला भएको मिति : २०४३।७।१०।२ मा पुनरावेदक/प्रतिवादी : काभ्रे कारागार धुलिखेलमा थुनामा रहेको कृष्णबहादुर थापा मगर विरुद्ध विपक्षी/वादी : गंगाप्रसादको जाहेरीले श्री ५ को सरकार मुद्दा : सवारी ज्यान (१) घटनास्थलमा सडकको उत्तरपट्टि घाँसमा १० फिटसम्म मोटरमा अचानक ब्रेक लागी परेको डाम देखिएको भन्ने उल्लेख भएकोबाट प्रतिवादीले चलाएको बस आफ्नो नियन्त्रणमा रहने सम्मको रफ्तारमा रहेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. २१) (२) आफ्नो नियन्त्रणमा नरहने रफ्तारमा दायाँ साइडबाट गाडी चलाई ल्याउनुबाट मानिस मर्न सक्ला भन्ने अन्जाम गर्न नसकेको भन्न नमिल्ने । (प्रकरण नं. २१) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना विपक्षी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री वुद्धिप्रसाद रेग्मी फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर कृष्णबहादुर थापाको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. ०४१।६।४ गते दिउँसो अन्दाजी २ बजेको समयमा चरिकोटबाट काठमाडौंतर्फ आई रहेको बा.अ.ख. २५१ नं.को भाडा बसले साँगा नासिका स्थान गा.पं.वार्ड नं. १बस्ने तुलसीप्रसाद धौगोडालाई किची मृत्यु भएको हुँदा कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने प्रहरी जयप्रकाशको ०४१।६।४ को प्रतिवेदन । ३. बाटोको उत्तर छेउमा लडी मरी रहेको लासको दाहिने गोडाको अगाडि पट्टिको भागमा छाला उक्काइएको र दाहिने काखीमा करङ भाचिएको जस्तो, कट्टिको अगाडि पट्टि २½ इन्च लम्बाई र १½ इन्च चौडाइको भित्रसम्म प्वाल घाउ भएको, मृतकको दाहिने कोखामा करङ भाँचिए जस्तो देखिएको भन्ने समेतको लाश प्रकृति मुचुल्का । ४. मृतक तुलसीप्रसाद धानको बोरा सहितको भारी बोकी बाटो काट्न लाग्दा बसको स्टेरिङ काटी बायाँ पारी लान लाग्दा मृतक पुनः दौडिंदा ठक्कर लाग्न गई तुलसीप्रसादको मृत्यु हुन गएको भन्ने समेत कृष्णबहादुरको प्रहरीमा भएको बयान कागज । ५. वा.अ.ख. २५१ नं.को किला पूर्जा समेत केही नभएको भन्ने प्र.ज.शिवबहादुरको प्रतिवेदन । ६. मेरो दाजु तुलसीप्रसादलाई बा.अ.ख. २५१ नं.को भाडा बसले लापरवाही साथ हाँकी सडकको छेउमा हिंडी रहेको बेला ठक्कर दिई मारी भागेको हुँदा कारवाही गरी पाउँ भन्ने गंगाप्रसादको जाहेरी दर्खास्त । ७. ०४१।६।४ गतेको दिउँसो २ बजेको समयमा भैसेपाटीनेर गाडी पुग्दा बस सडकको दाहिनेतर्फ लाग्यो र ब्रेक लाग्यो, हेर्दा तुलसीप्रसाद ठक्कर लागी लडी सकेछ भन्ने समेतको खलासी रामकुमारले प्रहरीमा गरेको कागज । ८. लापरवाहीसाथ हाकेको बसले सडकको उत्तर छेउमा हिंडिरहेको तुलसीप्रसादलाई ठक्कर दिई ढाली किची मारेको हो भन्ने समेतको सरजमीन मुचुल्का । ९. सवारी चालक कृष्णबहादुर थापा मगरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायँ हुन र मृतकको हकदारलाई सवारी ऐन, २०२० को दफा ५४ को उपदफा (१)(क) अनुसार क्रिया खर्च र क्षतिपूर्ति चालकबाट भराई पाउन माग गरिएको प्रहरी प्रतिवेदन माग दावी । १०. ०४१।६।४ गते चरीकोटबाट काठमाडौं आउन लागेको मैले चलाएको २५१ नं.को बस भैसेपाटीनेर आई पुग्दा मृतक तुलसीप्रसादले धानको भारी बोकी सडकमा हिंडीरहेका रहेछन् । गाडीको