निर्णय नं. २८०३ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८०३ - डाँका भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/२३ २२२७ निर्णय नं. २८०३ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ६७३ फैसला भएको मिति : २०४३।७।२३।१ मा पुनरावेदक/प्रतिवादी : जि.भोजपुर माने भन्ज्याङ गा.पं.वडा नं.९ बस्ने धनबहादुर राई विरुद्ध विपक्षी/वादी : तेजीराम तिम्सिनाको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) रुपैयाँ माग्दा नदिएको अवस्था झगडा भई जाहेरवालालाई कुटपिट गरी निजको साथमा रहेको धनमाल खोसी लिएको भन्ने देखिएकोबाट वारदातको रुपबाट चोरीको महलभित्र पर्ने प्रकृतिको वारदात देखिन नआउने । (प्रकरण नं. १५) (२) वारदात घटीसकेपछि सो रातभर नै सोही घरमा सुती भोलिपल्ट घर जान घरवालासंग, झगडा गरी खोसी लिएको रुपैयाँ र धनमाल समेत फिर्ता मागी माल समेत फिर्ता पाएको भन्ने भनाईबाट समेत चोरीको वारदात नभएको प्रष्ट देखिन आएको छ । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदन तहबाट पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. २०३८।५।२१ गते साँझ अन्दाजी ६.३० बजेको समयमा धनबहादुर राई समेतका ५–६ जना भई खुकुरी खोसी काट्छु मार्छु भनी डर त्रास देखाई नगदी घडी खुकुरी समेतको जम्मा रु.९७४०।– को धनमाल जबरजस्ती चोरी गरी लगेको हुँदा निजलाई पक्री कानुन बमोजिम कारवाही समेत गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. गाउँकै लालगाउँ साँइला भन्ने कर्णबहादुर राई समेतले चोरी गरी ल्याएको रुपैयाँ मलाई गन्न दिएबाट ९ वटा भा.रु.नम्बरी गनी निजैलाई दिएको हुँ मैले चोरी गरेको छैन भन्ने समेत व्यहोराको बालजीत राईको कागज । ४. जोहरवालाको साथमा आउने क्षेत्री र साँईला भन्ने कर्णबहादुर राई समेत भई जाहेरवालालाई कुटपिट गरी अपराध गरेको हो । घडी जाहेरवालासंग आउनेले २०० मा धरौटी राखेको हो । खुकुरी कर्णबहादुरको घरबाट ल्याएको र मेरो कान्छो छोराले रु.७२।– जाहेरवालालाई फिर्ता दिएको खास हो, मैले चोरी गरेको होइन भन्ने समेत व्यहोराको धनबहादुर राईको कागज । ५. ०३८।५।२१ मा माल सामान खोसी लिए अरे भन्ने हल्ला सुनेकोले अभियुक्तहरूले अपराध गरेको हो भन्ने समेतको बुझाएको धनजित राईको कागज । ६. धनबहादुर राईको घरमा १०।११ जनाले कुटपिट गरेको हो धनजीत र बालजीतको बयान अनुसार जाहेरी बमोजिम चोरी गरेको हुनुपर्दछ भन्ने अधिकांश व्यक्तिहरूको भनाई भएको सरजमीन मुचुल्का । ७. जोहरी दर्खास्त र धनबहादुर बालजीत राईको कागजबाट जुवा खेले भन्नेतर्फ प्रमाण पुग्न नआएकोले र संकलित सबूद प्रमाणबाट प्रतिवादी धनबहादुर राई, शंकरे राई, धर्मबहादुर राई, परशुराम राई, जसबहादुर राई, चाउरे भन्ने हरिकृष्ण बस्नेत, लालगाउँ साईलो भन्ने कर्णबहादुर राई समेत ८ जनाले चोरीको ६ नं.विपरीत कसूर गरेको सिद्ध हुनआएकोले निजहरूलाई चोरीको १४(४) बमोजिम सजायँ भई जाहेरवालाको बिगो समेत भराई पाउँ भन्ने व्यहोराको प्रहरी प्रतिवेदन । ८. डाँका भए गरेको भन्न मिल्ने प्रमाण नदेखिएबाट प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेतको भोजपुर जिल्ला अदालतको फैसला । ९. उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको श्री ५ को सरकारको तर