निर्णय नं. २१३७ - उत्प्रेषण वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१३७ - उत्प्रेषण वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/११/०१ १९७८ निर्णय नं. २१३७ ने.का.प. २०४१ अङ्क १० फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.फु.नं. ३० विषय : उत्प्रेषण वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जि.बारा कलैया नगरपञ्चायत वडा नं. १ बस्ने बंगाली साहतेली विरुद्ध विपक्षी : निर्वाचन विशेषअदालत बारा जि.अ.को जिल्ला न्यायाधीश जि. वारा कलैया न.पं. वा.नं. १ बस्ने विन्देश्वरी प्रसाद कलवार आदेश भएको मिति : २०४१।११।१।३ मा § निर्वाचन विशेष अदालतलाई जुनसुकै परिस्थितिमा पनि मत गणना गर्न पाउने अधिकार छ भनी सम्झन निर्वाचन (अपराध र सजाय) ऐन, २०२४ को बनोटैबाट मिल्ने देखिँदैन । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. कलैया नगरपञ्चायत वडा नं. १ को सदस्य पदको चुनावमा बालटिन चिन्ह भएको बंगाली साहतेली र सूर्य छाप चिन्ह भएको उजूरवाला विन्देश्वरीप्रसाद कलवार समेत गरी हामी दुई उम्मेदवार भएकोमा मिति ०३९।१।३१ गते निर्वाचन सुसम्पन्न भई ०३९।२।२ गते मत गणना हुँदा लालटिन चिन्ह २६० मत र सूर्य चिन्हमा २५९ मत हुँदा १ मत बढी पाएको भनी मेरो प्रतिस्पर्धीलाई ऐ. र अध्यादेश बिपरीत विजयी घोषित गरियो, किनभने निर्वाचनको ६६ मत बदर गरिएको छ यस मध्ये मेरो (सूर्य चिन्ह) सदर मतलाई पनि बदर गरिएको छ । निर्वाचन (अपराध र सजाय) ऐन, २०२४ को संशोधन सहितको दफा १४ को उपदफा १ खण्ड (ख) को बिपरीत सदर गनुपर्ने मत बदर गरिएबाट निर्वाचनको नतिजा फरक पर्न गएकोले सदर हुने मत सदर गरी म उजूरवालालाई निर्वाचित भएको घोषित गरिपाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थीको उजूरीपत्र । यदि मतदान अधिकृतले सदर मतलाई बदर गरेको भए विपक्षीको पोलिङ एजेन्टले मौकैमा विरोध गर्नुपर्ने सो नगरी चित्त बुझाई मतगन्तिको कार्यमा शुरु देखि अन्त्य सम्म उपस्थित रही सदर बदर दुवै मतपत्र गन्तीलाई स्वीकार गरी मतगन्ती मुचुल्कामा सहिछाप गरिसकेपछि सोही सम्बन्धमा विना कुनै आधार उजूरी गर्नु कानुनले नमिल्ने कुरा हो भन्ने समेत व्यहोराको मेरो उजूरीपत्रमा उल्लिखित सबै मागहरू झुठ्ठा र कानुन बिपरीत हुन् । कानुन बमोजिम सबै काम भएको छ भन्ने समेत मतदान अधिकृत आनन्द कोइरालाको प्रतिवाद भएकोमा निर्वाचन विशेष अदालतबाट ०४०।२।९ मा निर्वाचनमा विजयी घोषित गरिएको प्रतिवादी बंगाली साहको २५९ भन्दा उजूरवालाको २६० मत भई एक मत बढी भएको देखिँदा निर्वाचनमा बढी मत पाउने व्यक्ति नै विजयी घोषित हुने भएकोले उजूरवाला विजयी घोषित हुने ठहर्छ भन्ने समेत निर्णय भयो । ३. मुख्य कुरा वादी दावीको सदर मतलाई बदर गरी उजूरवालालाई हराइयो भन्ने दावीलाई सही ठहराई दिनका निमित्त बदर मतको संख्या ६६ नभई सो भन्दा घटी देखाई दिन प्रत्यर्थी नं. १ ले सकेको छैन । यस अवस्थामा उजूरवालाले साविक ०३९।२।२ गते सदर ठहरी गिन्ती लिएको पाएको मत पत्र संख्यामा कुनै हालतमा परिव