निर्णय नं. २८०४ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८०४ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/०२ २२९३ निर्णय नं. २८०४ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको दे.पु.नं. ५२२ फैसला भएको मिति : २०४३।५।२।२ मा पुनरावेदक/वादी : संखुवासभा जि.सितलपाटी गा.पं.वार्ड नं. ३ बस्ने जनक थापा विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.संखुवासभा जि.वाना गा.पं.वार्ड नं. ७ तुल्सादेवी नेउपाने मुद्दा : जग्गा खिचोला (१) राजीनामा लिन नपाउने व्यक्तिबाट राजीनामा लिएको भन्ने जिकिर लिएको देखियो, यस अदालतको कारवाही गर्ने निर्देशन अनुसार कोशी अञ्चल अदालतबाट तिर्थराजलाई अवहेलना गरेको ठहर गरी बाली बिगो दिलाउने समेत फैसला भएको देखियो । यस स्थितिमा राजीनामालाई कायम रहेकै मान्नु परेको छ । (प्रकरण नं. २१) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. प्रचण्डराज अनिल : पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको मिति ०४०।१०।२ को फैसलामा चित्त नबुझी वादी जनक थापाको पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत जग्गाखिचोला मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. १९५० सालमा गोपाल राना, धनवीर राना, बतुराना समेतका नाउँमा माटो मुरी ५ को ठाडो खोल्सी पश्चिम, ठाडो बाटो पूर्व, दलबहादुरको खेत उत्तर गोविन्द बलधोज काशी रामचन्द्र दर्ता खेत, यति ४ किल्ला भित्रको बतुराना दर्ता देवी थान सिरानको सिमरैकर खेत कित्ता १ र आहाले खेत ठाडो बाटा पूर्व, नरबहादुरका खेत पश्चिम तिन फाड्ने सिरान कान्ला उत्तर, चिन्तु दर्ताको खेत देखिन यति ४ किल्ला भित्रको माटो मुरी ११।१० को रैकर खेत १ समेत २ कित्ता जग्गामा विपक्षीहरूले ०३१।२।१० गते देखि खिचोला गरेकोले खिचोला मेटाई जग्गा मेरो हकभोग कायम गरी विपक्षीहरूलाई समेत सजायँ समेत गरी पाउँ भन्ने समेत वादीको ०३१।८।२० को फिरादपत्र । ३. वादी दावी झुठ्ठा हो वादी दावीका ४ किल्ला भित्रको देवीथान सिरान सिमे भन्ने रैकर खेत १ र आहाले खेत ३ फाड्ले रैकर खेत समेत २ कित्ता जग्गा मेरो जग्गादेखि पश्चिम, दोश्रो कित्ता पूर्व, दक्षिणपट्टि पर्छ मेरा जग्गा छुट्टै भएको आँठा जोडिएको हुँदा मेरो जग्गा समेत आफ्नो जग्गा भित्र पारी ४ किल्ला हाली जग्गाको मोल रु.४०,०००।– मोलिने जग्गालाई मोल रु.२५००।– जाने भनी कोर्टफी समेत घटाई झुठ्ठा उजूर गरेको मात्र हो । जग्गाखिचोला गरेको होइन । ०३०।१२।१३ मा राजीनामा लिएको जग्गा सदर कायम गरी वादी दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी तुल्सादेवी नेउपानेको ०३१।१२।२९ को प्रतिउत्तरपत्र । ४. वादी दावी अनुसार गोपाल राना समेत दर्ता जग्गा प्रतिवादी तुल्सादेवीले जोत भनी मलाई भनेकोले जोतेको हुँ । मैले खिचोला गरेको होइन वादीका बाबु तिर्थराज र तुलसादेवी झगडीया हुँदा इवि साधन गर्न वादी दावी अनुसार जग्गा जोती खिचोला गरेको नहुँदा अ.बं.८२ नं.अनुसार वादी दावी खारेज गरी पाउँ भन्ने प्रतिवादी हर्कबहादुर थापाको प्रतिउत्तर जिकिर । ५. वादीका बाबुको हक टुटी वादीको हक भन्न नमिल्ने भएकोले वादी दावी खारेज हुन्छ भन्ने समेत संखुवासभा जिल्ला अदालतको ०३२।३।२६ को फैसला । ६. इन्साफ गरी दिनु पर्नेमा खारेज गरी गरेको फैसलामा चित्त बुझेन इन्साफ गरी पाउँ भन्ने समेत जनक थापाको ०३८।८।२।४ को को.अं. अदा