निर्णय नं. २८०६ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८०६ - दर्ता बदर भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०५/३० २३५४ निर्णय नं. २८०६ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.वि.नं.१३६ फैसला भएको मिति : २०४३।५।३०।२ मा निवेदक/प्रतिवादी : जुद्धबहादुर दरैको हकमा आमबहादुर कार्की विरुद्ध विपक्षी/वादी : जिल्ला तनहुँ महेन्द्रपुर गा.पं.वडा नं.६ बस्ने प्र.पं.भोजराज खनालसमेत मुद्दा : दर्ता बदर (१) एक व्यक्तिका नाउँमा दर्ता कायम रहेको जग्गा अर्को व्यक्तिका नाउँमा भएको दोहोरो दर्ता कायम रहन सक्दैन । (प्रकरण नं. १३) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.रुद्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी श्री ५ महाराजाधिराज सरकारमा विशेष जाहेरी विभाग मार्फत निवेदक जुद्धबहादुर दरैका हकमा ओमबहादुर कार्कीको विन्तिपत्र जाहेरी हुँदा मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई विविधको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत दर्ता बदर मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. म भोजराजका बाजे हामी निलकण्ठ, कोमलनाथका बाबु पिताम्बरका नाउँमा ५९ सालमा दर्ता भई हामीहरूको भोग भएको लक्ष्मीप्रसादको विरौटो देखि उत्तर बेल भएको ठूलो डील देखि पूर्व रिठ्ठाको रुख देखि दक्षिण गंगा देखि पश्चिम यति ४ किल्ला भित्र दर्ता भएका खेत भेरी ।४ र ११।१३।२।६ समेत मुरी १५।१३।२।६ दर्ता भई भोगचलन समेत हाम्रो भएकोमा ०३० सालको धानबाली खिचोला गरेमा र जालसाज गरेमा तनहुँ जिल्ला अदालतमा मुद्दा परी राखेको छ सो जग्गा ०२९।७।७ मा दर्खास्त दिई ०३०।८।५ मा नापी भई खेत ।४५ मुरी म जुद्धबहादुरका नाउँमा दर्ता भएको भन्ने प्रतिवाद दिएबाट थाहा भएकोले सो जग्गा दर्ता बदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी दावी । ३. वादी दावी बमोजिम जग्गा हाम्रो भोग तिरोको पाखो जग्गालाई वादीहरूले अर्को कित्ता राखी नालेश दिनु भएको हो, वादी दावी बमोजिम लक्ष्मीप्रसादको दर्ता विरौटे खेत सागे खोली भिन्न छँदैछ सो दावी गरेको जग्गा तिरो रु.।५५ लागेको हाम्रो पाखो जग्गा खेतमा दर्ता गराउन दर्खास्त दिई नापी जुद्धबहादुरका नाउँमा खेत मुरी ।१५ दर्ता भएको हो जालसाजीबाट दर्ता भए गराएको होइन वादी दावी झुठ्ठा हुँदा जुद्धबहादुरको नाउँमा दर्ता भएको खेत मुरी १५। दर्ता कायम राखी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. यिनै वादी प्रतिवादी भएको जग्गाखिचोला मुद्दामा भई आएको नक्शा हेर्दा वादीको किल्ला भित्रको नक्शा नं. ५ लक्ष्मीप्रसादको जग्गादेखि पूर्व मादी गंगा नं. २ देखि पश्चिम न.नं.३० मा प्रतिवादीको दर्ता खेत मुरी ।१५ न.नं.१२ देखि पूर्व न.नं.११ देखि पश्चिम न.नं.१३ देखि दक्षिण झगडा परेको जग्गा नक्शामा जनिएको कि.नं.१–१०–११ को जग्गा देखिन आएकोले प्रतिवादीले हाम्रो दर्ताको गराए भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको तनहुँ जिल्ला अदालतको फैसला । ५. उक्त शुरु फैसलामा चित्त नबुझी भोजराज खनालको गण्डकी अञ्चल अदालतमा पुनरावेदन परेको । ६. तनहुँ जिल्ला अदालतले दर्ता बदर हुन नसक्ने भनी गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको फैसला । गण्डकी अञ्चल अदालतको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको भोजराज