निर्णय नं. ८९०२ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९०२ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०८/०३ ३२५६ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८९०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६८–WO–०२१५ फैसला मितिः २०६९।८।३।१ + मुद्दा : उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० पुरानो बानेश्वर घर भई नेपाल टेलिभिजन संस्थानमा समाचार सम्पादक (ज्यालादारी) पदमा कार्यरत शिक्षा भटृराई विरुद्ध विपक्षीः अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत § अनियमितता भएको भन्ने कुनै ठोस सबूद, प्रमाणबाट पुष्टि हुन नसकेको र सामान्य दरखास्तवाला पनि हुन नसक्ने व्यक्तिको उजूरीका आधारमा वैध रूपमा सम्पन्न भएको परीक्षाबाट सफल उम्मेदवारको नियुक्ति पाउने अधिकारलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि सरकारी गैरसरकारी निकायले निर्णय गर्न नमिल्ने । § गैरकानूनी हो भन्ने युक्तियुक्त आधार र कारण वेगर कसैको उजूर परेको भन्ने आधारमा मात्र रीतपूर्वक सम्पन्न भएको कामकारवाहीलाई अनुचित रूपमा रोक्दा सरोकारवाला निकायको कामकारवाहीमा पर्न जाने असरलाई समेत विचार नगरी काम गर्न मिल्दैन । दूषित कामकारवाहीलाई रोक्ने नाउँमा अर्को दूषित निर्णय हुन जाने सम्भावानालाई विचार गरिनु पर्ने । (प्रकरण नं.६) रिट निवदक तर्फबाटः विद्वान अधिवक्ता हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे एवं विद्वान अधिवक्ताद्वय बोर्णबहादुर कार्की र ज्ञानेन्द्र नेपाल अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.गिरीश चन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनसहितको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः म निवेदिकाले (अग्रेजी) तथा समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेपछि नोपाल टेलीभिजन संस्थानमा समाचार सम्पादक प्रशिक्षार्थी (on the job) को रूपमा ९ (नौ) महिनासम्म काम गरी त्यसपछि मिति २०६६।९।११ देखि समाचार सम्पादक पदमा नै निरन्तर रूपमा हालसम्म ज्यालादारी रूपमा काम गर्दै आएकी छु । यसैबीचमा संस्थानको पदपूर्ति समितिवाट प्रकाशित विज्ञापन नं. २०–०६७।०६८ को प्राविधिक सेवा समाचार समूहको अधिकृत तह ६ समाचार सम्पादक (अग्रेजी) पद संख्या १ खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्ने गरी सूचना प्रकाशित गरेको हुनाले म निवेदिकाले समेत उक्त पदमा दर्खास्त फाराम भरी लिखित र प्रयोगात्मक परीक्षाबाट म समेत ४ जना व्यक्तिहरूको नाम छनौट भई अन्तर्वार्तामा समेत सामेल भएकोमा अन्तर्वार्ता समेतवाट मेरो नाम मुख्य उम्मेदवारको रूपमा नियुक्तिको लागि मिति २०६८।२।२३ मा सिफारिश भई वैकल्पिक उम्मेदवारको रूपमा सुरेन्द्र पौडेलको नाम छनौट भएको थियो । त्यसपछि मैले मिति २०६८।५।६ मा पटक पटक अनुरोध गर्दा पनि मलाई नियुक्ति नदिएको हुनाले नदिनुपर्ने कारणवारे जानकारी पाऊँ भनी निवेदन गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६८।४।१६ को पत्र समेत संलग्न गरी मिति २०६८।५।११ को संस्थानको पत्रवाट जानकारी गराएबमोजिम उक्त पदपूर्ति प्रक्रियाको सम्बन्धमा लिखित र प्रयोगात्मक परीक्षाबाट छनौट भएकी लक्ष्मी पुनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजूरी गरेकोमा सो सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिति २०६८।२।२२ को निर्णयबमोजिम सो पदको नियुक्ति नदिन लेखी पठाएको र त्यसकै आधारमा संस्थानको सञ्चा