निर्णय नं. २१३९ - क.ख.
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१३९ - क.ख. भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०८/२९ २५१७ निर्णय नं. २१३९ ने.का.प. २०४१ अङ्क १० फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं. ५२ मुद्दा : क.ख. निवेदक/वादी : महाराजगञ्ज गोश्वारा तहवितलका हाकिम ख. हेरालाल तण्डुकार ल.पु. वालिफल विरुद्ध विपक्षी/प्रतिवादी : भ.पु.जि.सिरुटार गा.पं. वडा नं. ३ बस्ने भैरवकुमारी विष्ट क्षेत्री ऐ ऐ बस्ने नर बहादुर राउत क्षेत्री ऐ ऐ बस्ने र्इन्द बहादुर क्षेत्री फैसला भएको मिति : २०४१।८।२९।६ मा § विर्ता उन्मूलन नियमावली, २०१७ को नियम ९ को रीत पुर्याई दर्ता नभएकोमा त्यस्तो कानुन बिपरीतको दर्तालाई मान्यता दिने एवं सदर मान्न मिल्दैन । (प्रकरण नं. २२) निवेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : यस अदालतको डि.बेञ्चबाट मिति ०३७।१२।१२।४ मा फैसला भएको उपरोक्त मुद्दा फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भनी श्री ५ महाराजाधिराजबाट हुकुम भई बक्स आए बमोजिम प्रस्तुत मुद्दा यस फुल बेञ्चको लगतमा दर्ता हुन आएको रहेछ । यस मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. श्री ५ माहिला साहज्यादीको विर्ता सालको कूत धान ७।११।२ गहुँ १।४।३।२ नगदी रु.१।१४ समेत महाराजगञ्ज गोश्वारा तहविलमा बुझाउनु पर्ने ३ नं. मौजे सिरु त्याही त्यागलको दोयम रोपनी ५।।।ऽ।। जग्गा म भैरवकुमारीले कमाएको कित्ता १ ऐ.ऐ. मा सालको धान ८।५।४।९ गहुँ १।६।५।८ नगदी रु.१।३३ समेत बुझाउनु पर्ने खला नं. ८७ को त्याहि त्यागल दोयम रोपनी ६।।३। को कित्ता १ ऐ.ऐ. मा सालको धान २।२।७।५ गहुँ ।७।३।३ नगदी रु.।३८ बुझाउनु पर्ने दोयम रोपनी १।३।। कित्ता १ ऐ.ऐ. मा सालको धान २।२।७।५ गहुँ ।७।३।३ नगदी रु.।३८ बुझाउनु पर्ने दोयम रोपनी १।२।। कित्ता १ ऐ.ऐ. मा सालको धान १।१२ गहुँ ।४ नगदी रु.।५ बुझाउनु पर्ने दोयम रोपनी ।।।३। को कित्ता १ समेत म नरबहादुरले कमाएको र ऐ.ऐ. मा सालको धान ८।८।२ गहुँ १।७।१।४ नगदी रु.१।३०।३ बुझाउनु पर्ने खेत रोपनी ६।३।। म इन्द्रबहादुरले बुझाउनु पर्ने कित्ता १ समेत ०१६ सालदेखि सरकारमा असूल हुनपर्ने बाली हामीले बुझाउन नपाई बाँकी भएकोले रुपटिन गई बास गाँस उठ्ने भएकोले विर्ता खारेज भएकोले (क) श्रेणीमा परिणत गरी जग्गा कमाउनेका नाउँमा दर्ता गरी कानुन बमोजिम गरिपाउँ भन्ने समेत दर्खास्त । ३. श्री ज. सिंह शमशेर ज.ब.रा.तर्फको मजकुरको रानी श्री ५ माहिला शाहज्यादी रमाराज्यलक्ष्मी देवीको दाइजो १९६५।६।२ का लालमोहर बमोजिमको विर्ता जग्गा हो उक्त जग्गा लालमोहर बमोजिम कूत खान पाउने गरी दिएबाट ऐन बमोजिम (ख) श्रेणीको विर्ता जग्गा हो उक्त जग्गा रैकरमा परिणत भई पोत समेत लिइसकेको भन्ने समेत व्यहोराको वा.भक्तबहादुरको प्रतिउत्तर । ४. लालमोहर हुनुभन्दा अगावै जागिरदारको खान्कीको जग्गा देखिएको दाइजो बक्स विर्ता नभए खान्की खारेज भएपछि मालमा मोहीकै नाउँमा दर्ता हुने खान्कीदारले खान पाउने जग्गाको तिरो पनि सरकारी असूल तहसील भित्रकै तिरो भएको जग्गा सोही बमोजिम खान पाउने गरी लालमोहरमा दर दाम ठेकी दाइजो विर्ता दिएको लालमोहरबाट देखिएको उब्जनी आयस्ता खाने नदेखिएको श्री ५ जेठा शाहज्यादीको (क) (ख) पुर्याउने सम्बन्धमा साविकका पाला यस