निर्णय नं. २१४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०६/०४ २१४१ निर्णय नं. २१४० ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. ९१३ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : संदिप इन्टरप्राइजेज लाहानको प्रोप्राइटर जिल्ला सप्तरी वार्ड नं. ६ भै हाल का.जि. त्रिपुरेश्वर बस्ने शिवरत्न सारदा विरुद्ध विपक्षी : श्री त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्री राजश्व न्यायाधीकरण काठमाडौं आदेश भएको मिति : २०४१।६।४।५ मा § त्रि.वि.भन्सार कार्यालयको निर्णयले डेमरेज चार्ज लगाएकोलाई बाहेक गरी राजस्व न्यायाधीकरणबाट भएको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि छ भन्न सकिने स्थिति नहुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।३।१० को राजस्व न्यायाधीकरणको फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा, ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. निवेदकले ब्लेन्डेड पोलिष्टर र पोपलिन पोलिस्टर ६५ प्रतिशत र कटन ३५ प्रतिशतको मिश्रण भएको ४४।३५ को २०,००० बीस हजार गज प्रति गज .४३ सेन्टका दरले बैंकका थाई सिनोटिक टेक्सटाइल इन्डष्ट्रिज लि. संग लेटर अफ ल्फोडर रा.बा.बैंक काठमाडौंमा उक्त कम्पनीको लागी ९ आषाढ २०३५ (२३ जुन १९७८) मा खोली सूचना गरेपछि उक्त कम्पनीले १४ जुलाई १९७८, ९ आषाढ ०३५ मा दी टुर रोयल एयर कार्गो कं.लि.को एयर वे विल बनाई माल हवाई जहाजबाट पठाएकोमा उक्त माल ०३५।४।११ मा आई पुगेको हुँदा माल चलान भएको ०३५।३।३० मा लागू रहेका मूल्यांकन दर ४७ सेन्ट प्रतिगज मूल्य कायम गरी भन्सार ऐन, ०१९ को दफा १३(१) वा १३ अनुसार भन्सार लिई माल छाड्नु) पर्नेमा त्रि.वि.भन्सार कार्यालयले कानुन बमोजिम नगरी एयर वे. विलको मितिमा मूल्यांकन सूची अनुसारको मूल्यले भन्सार लगाई माल छाड्नु पर्नेमा भन्सार विभागबाट कुन मूल्यमा भन्सार लाग्ने भनी मूल्यांकन भई आए पछि मात्र छाडिने भन्नु र भन्सार ऐन, ०१९ को दफा १३(६) बमोजिम धरौटीमा पनि छाड्नु पर्नेमा छाड्न इन्कार गरी १० महिना पछि सो ब्लेन्डेड पोलिष्टर पोपलिनको सी.आई.एफ. कलकत्ता ५८ सेन्ट प्रतिगज भन्सार लिनु भनी मिति ०३६।२।९ मा भन्सार विभागबाट लेखी आएपछि कानुन बमोजिम सो दरले मूल्य कायम गरी भन्सार बिक्रीकर लिई माल छाड्नु पर्नेमा सो बमोजिम गरी ०३५ साल श्रावण १ गतेदेखि लागू रहेको मूल्य सूचीको पृष्ठ ३(क१) सर्टिग थाइलैण्डको क्रमसंख्या २ मा ६५.३५ प्रतिशत टेक्सटाइल जुनसुकै मार्क र नम्बर भए तापनि सेतो र रंगिनको मूल्य ५८ सेन्ट भएको सो अनुसार मोल कायम हुने भनी उल्लेख भए बमोजिम भन्सार लिनु पर्नेमा १० महीना माल रोकी ०३५।४।१ देखि लागू रहेको मूल्यांकन सूची दर ५८ सेन्टले मूल्य कायम गर्नु र सो भन्सार प्रयोजनको लागि मूल्यांकन गर्ने दर प्रतिगज ५८ सेन्टले हुने मूल्य र भाडा समेतको जम्मा रु.२,२३,२२०।५० र वास्तविक मालको खरीद इन्भ्वाइस मूल्य फ्रेटको जम्मा रु. १,४७,६९५।४० को फरक रकम रु.७५,५२५।१० मा पुनः थप ८५ प्रतिशतले भन्सार महसूल रु.६४,१९६।३४ र जरीवाना ४९९। लगाई र आफूले मूल्यांकन सिलसिलामा रोकी राखेको अवधिको गोद डेमरेज भन्सार ऐन, ०१९ को दफा १३(५) ले लाग्दैन भन्ने प्रष्ट कानुनको बिप