निर्णय नं. २८०७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८०७ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०७/२८ २३३० निर्णय नं. २८०७ ने.का.प. २०४३ अङ्क ८ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको फौ.फु.नं. २० फैसला भएको मिति : २०४३।७।२८।६ मा निवेदक/प्रतिवादी : जिल्ला सुनसरी सिगाया गा.पं.वार्ड नं. ८ बस्ने सन्नुलाल चौधरी विरुद्ध विपक्षी/वादी : सुरेन्द्रबहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) सरजमीनको व्यहोरा र अदालतमा बकेको बकपत्र एकरुप नभई फरक परेको देखिन्छ । त्यस्तो फरक फरक गरी बकेको बकाइलाई आधार मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. २५) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहराई पाउँ भनी प्रतिवादीले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ । २. ०३४।५।६ गते दिनको अं.४ बजे बेलुकी मेरी बहिनी वर्ष १७ की अविवाहिता गीता कार्की मेरो घरबाट पश्चिमपट्टि पिचरा खोला छेउमा सन्नु चौधरीको धान बाली लागेको खेतमा मेरा गाई गोरुले धान बाली खाई दिएछन् निज सन्नुले धान बाली खायो भनी कराएको उक्त गाई गोरु फर्काउन निज बहिनी गिता कार्की गएकी, गाई बस्तु मात्र केही बेरपछि आएको निज बहिनी फर्की नआएकीले के भयो भनी आसपासका गाउँ छिमेकी समेत भई रात रातमा खोजी गर्दा राती उक्त खोलाको छेउमा निज बहिनीले लगाउने गरेको लुड्डी र पढ्ने किताब समेत फेला पर्यो निज बहिनी फेला नपरेकीले खोजी गर्दा ०३४।५।७ गतेका दिन बिहान पनि खोजी गर्दै जाँदा सो खोला देखि अं.७०।८० हात पश्चिमपट्टि घुनी जड्डलमा उक्त बहिनी गीताको घोप्टो परेको लाश फेला परेकोले अहिले सम्मको घटनाक्रमबाट धान बाली खाएको विषयमा बाझा बाझी समेत भई धान बाली खाएको मात्र रिसले समेत के बाट हो निज बहिनीलाई उक्त सन्नु चौधरी थारुले कर्तव्य गरी मारेकोमा शंका, पूर्णरुपमा गुज्रन आएकाले यो जाहेरी दिन आएको छु । अपराधीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत सुरेन्द्रबहादुर कार्कीको ०३४।५।८ को जाहेरी दर्खास्त । ३. पिचरा खोला पारी पश्चिम अं.१० गज भित्र बिरुवा बोटहरू माडिएको सो देखि ५ गज पश्चिम निलो लुड्डीको टुक्रा भई घिसारेको गोहो, सो देखि ३० गज पश्चिम गिता कार्कीको लाश, पश्चिम टाउको पूर्व खुट्टा भई घोप्टो परेको, दाहिने हातले सानो सखुवाको बिरुवा समाएको बायाँ हात र दाहिने खुट्टा खुम्चिएको बायाँ खुट्टा तन्कीएको घाँटीमा निलो लुड्डी कपडा बाँधेको मुखबाट रगत आएको दाहिने कन्चटमा निलो डाम भएको दायाँ बाँया चाक र सो माथि घिसारी सेतो भई छाला खुइलिएको जिभ्रो निस्कीएको नाकबाट रगत आइरहेको दुवै आँखा चिम्लीएको घाँटीमा निलो डाम परेको योनीबाट विर्य निक्सेको भन्ने समेत ०३४।५।८ को लाश प्रकृति मुचुल्का । ४. ०३४।५।६ गते देखि हराएकी गीता कार्कीलाई सो दिन खोज्दा नभेटी भोलिपल्ट खोज्न जाँदा र खोलामा खोज्दै गरेको अवस्थामा पानीमा नखोजौं तिलविक्रमको पंपिसेट दक्षिण मेरो खेत उत्तरको घारीमा खोजौं भनी सन्नुलालले भन