निर्णय नं. २१४२ - नाता कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१४२ - नाता कायम । भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/१४ २८१० निर्णय नं. २१४२ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ५३१ मुद्दा : नाता कायम पुनरावेदक/वादी : जि. मोरङ वि.न.न.पं. वा.नं. २२ जन्मी ऐ बस्ने सविर मियाँ ऐ ऐ बस्ने फिरोज मियाँ २ जनाको संरक्षक भै आफ्ना हकमा समेत कारी मियाँको पत्नी ऐ बस्ने सुरिया बेगम भन्ने सकिता खातुन विरुद्ध विपक्षी/प्रतिवादी : जि. मोरङ विराटनगर न.पं. वा.नं. २१ बस्ने महकुल मियाँ ऐ ऐ बस्ने आहिम मियाँ भन्ने आहिया मियाँ फैसला भएको मिति : २०४१।१०।१४।१ मा § शंकारहित स्वतन्त्र एवं विश्वासनीय प्रमाणको अभावमा वादीलाई कारी मियाको पत्नी नाता कायम गर्न नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक वादी तर्फबाट : x विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न प्रकारको छ । २. कारिमियाँको श्रीमती मध्ये स्वर्गीय जेठी पत्नीबाट जन्मेको विपक्षी मध्येका मकहुल स्व.साहिली पत्नीबाट जन्मेको विपक्षी मध्येका आहिया मिया हुन् । कान्छी पत्नी म तर्फबाट २ छोरा ३ छोरी भएकोमा मेरो तर्फको छोरा छोरी सवै नावालखै छन् पति कारी मियाँ ०३७।७।९ गते परलोक हुनु भयो । ०२२ साल फाल्गुण १५ गतेदेखि विपक्षीहरू र म तथा पति कारी मिया अलग बसेका पति कारी मिया परलोक भएपछि विपक्षी छोराहरूले सवै जग्गा जमीन कब्जा गरी नावालक छोराछोरीलाई हेला समेत गरेको र अंश माग्दा समेत नदिई आलटाल गरेकोले फिराद गर्न आएको छु अंशबण्डाको २०, २२, २३ नं. अनुसार विपक्षीहरूबाट तायदाती लिई ५ भागको ३ भागको अंश छुटयाई पाउँ भन्ने फिराद । ३. वादीहरू हाम्रा अंशियार होइनन् । वादीहरू भारत विहार प्रान्त अन्तर्गत जिल्ला पूर्णया बस्ति नरपत गञ्ज बस्ने एनामुल मियाँको पत्नी वादी सकिना खातुन हुन् । निजबाट नै वादी सकिना खातुनलाई ३ छोरी २ छोरा भएको छ वादी फिरोज मियाँ र सविर मियाँ एनामुल मियाँको छोरा भएकोले हामीहरूको अंशियार नहुँदा हामीले अंश दिनु पर्ने होइन । पिता कारी मियाँको ३ पत्नी मध्ये जेठी नमिरा एवातुनबाट जन्मेका म मकहुल मियाँ, माहिली असर्फ खातुनबाट जन्मेको म महमद याहीँ मियाँ कान्छी स्व.सकिना खातुनबाट एकमात्र छोरी आमना खातुन भएको स्व.सकिना खातुन पिता कारी मियाँ स्वर्गवास हुनुभन्दा ५ वर्ष अघि नै मृत्यु भएको कारणबाट निज सकिना खातुनको नाम मिलेकोले वादीले हामीहरू उपर झुठ्ठा उजूर मात्र गरेको हो । पिता कारी वादीको पति भए ०३० साल जेष्ठ १ गते कारी मियाँबाटै जग्गा खरीद गर्दा पति भन्ने लेख्न सक्नु पर्दथ्यो सो समेत लेख्न नसकेबाट वादी अंशियार नहुँदा झुठ्ठा दावीबाट अलग गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. पति कारी मियाको ३ वटी पत्नीहरू मध्ये कान्छी पत्नी म वादी सकिना र जेठी माहिली सौता तर्फका छोरा विपक्षीहरू हुन पति कारी मियाँ मेरो खास पति हुँदा मेरो छोरा साविर हुसेनको स्कूलमा नाम लेखिएको प्रमाण मतदाता नामावली सूचीत पारिवारिक लगतको नक्कल समेत पेश गरेको छु सो समेतको सबूत प्रमाणबाट नाता कायम गरी अंश पाउँ भन्ने समेत वादीको बयान । ५. विपक्षी वादी हाम्रो अंशियार होइन भारतको विहार नरपतगंज बस्ने एनामुल