निर्णय नं. २१४३ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१४३ - अंश नामसारी भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/२२ २२९८ निर्णय नं. २१४३ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं. ४६४ मुद्दा : अंश नामसारी पुनरावेदक/प्रतिवादी : जि.रुपन्देही बलरामपुर गा.पं. वार्ड नं. ३ बस्ने सिताराम लोध विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने लोट्न लोध फैसला भएको मिति : २०४१।१०।२२।२ मा § नाता कायम हुने ठहरे पछि अंश नपाउने भन्न मिल्ने स्थिति देखिएन । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री चुडामणि राज सिंह मल्ल विपक्षी वादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिबक्ता श्री लोकभक्त राणा उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प.क्षे.अ.को मिति ०३९।१०।२३ को फैसलाउपर चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्र.पक्षको निवेदन परेकोमा यस अदालत डिभिजन बेञ्चबाट ०४०।८।२२ मा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. मूल पुरुषदेवीको ३ छोरा बेकर, रामचरण र दुखी भई वेकरको छोरा सिताराम, दुखीको छोरा म वादी लोटन हुँ । माहिला रामचरण निसन्तान भई यी सबै मरिसकेका छन् । हाम्रो दुःख आर्जनको र पैतृक सम्पत्ति सितारामका नाउँमा दर्ता छ । ०३६।४।१५ मा अंश माग्दा इन्कारी जवाफ दिएकोले अंशबण्डाको १,२ र ५ नं. अनुसार फिराद गरेको छु । मेरो सबूत प्रमाण बुझी विपक्षीबाट अ.वं.२०, २१, २२ र २३ नं. बमोजिम श्री सम्पत्तिको दुई भागको १ भाग अंश दिलाई नामसारीसमेत गरिपाउँ भन्नेसमेत वादी दावी । ३. वादी दावी बमोजिम निजलाई अंश दिनुपर्ने कुरा झुठ्ठा हो किनकि वंशावलीमा फरक छ । मेरो बाजे देवी लोध बाबु वेकर लोधनको एक मात्र छोरा म हुँ । देवीको दुखी भन्ने छोरा थिएनन् । मेरो बाजेको नाम र विपक्षको बाजेको नाम संयोगवस मिलेमा अंशियार हुन सक्दैन । मैले भू.सु. कार्यालय भैरहवामा भरेको अनुसूची नं. १ मा वादीको नाम छैन । साथै गा.पं.को मतदाता सूचीमा मेरो परिवारको नाम हुने तर विपक्षीको नाम नहुनु सो सम्पूर्ण कुरा सिद्धनाथ भैयाले अह्राई मेरो सम्पत्ति खाने नियतले यो झुठ्ठा जाल रची नालिस गरेका हुन् । सम्पूर्ण वादी दावी झुठ्ठा हो । प्रमाण बुझी इन्साफ पाउँ भन्ने प्रतिवादी जिकिर । ४. वा. देवी लोधका ३ छोरा वेकर, दुखी रामचरण हुन् । वेकरको एकमात्र छोरा सिताराम दुखीको एकमात्र लोटन र रामचरणको सन्तान हैनन् । निज पनि मरे । सितारामको बाबु पनि मरिसके सिताराम मेरा जेठा बाबुका छोरा दाजु नाताको हुँदा नाता कायम गरी अंश दिलाई पाउँ भन्ने लोटन लोधको बयान भएको । ५. बाजे देवी लोधको एकमात्र छोरा वेकर हुन् । वेकरको एकमात्र छोरा म सिताराम हुँ । देवीको रामचरण छोरा नभएको मलाई थाहा भएन । सायद रामचरण नाम गरेको देवीको छोरा जन्मी मरे होलान् । निजको सन्तान स्वास्नी कोही थिएन छैन । मेरा बाजेको दुःखी नाम गरेको छोरा नहुँदा दुःखीको छोरा बनेर आउने मेरो भाइ होइन । निजको मसँग कुनै सम्बन्ध छैन । लोटन कसको छोरा हुन थाहा भएन भन्ने प्र.सिताराम लोधको बयान । ६. वादी प्रतिवादीहरू दाजुभाई नाताको कायम हुने ठहरी तपसीलमा लेखिएको अचल सम्पत्ति जम्मा बिगो रु.५००५। को दुई भाग लगाई एक भाग अंश वादीले प्रतिवादीसँग पाउने र अंश नामसारी हुने समेत ठहर्छ भन्ने समेतको रुपन्देही जिल्ला अदालतको फैसला । ७.