निर्णय नं. २१४४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१४४ - लेनदेन भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०९/०७ २३७९ निर्णय नं. २१४४ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ६४४ मुद्दा : लेनदेन पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला सुनखानी गा.पं. वार्ड नं. ३ थापागाउँ बस्ने सन्तकुमारी थपलिया विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चुडाराज उपाध्याय थपलिया फैसला भएको मिति : २०४१।९।७।१ मा § दृष्टि भोगबन्धकी नभएको अवस्थामा लेनदेन व्यवहारको २३ नं. लाई पक्रन मिलेन । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिबक्ता श्री लोकभक्त राणा विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।१।१४ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी सन्तकुमारी थपलियाको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. विपक्षीको लोग्ने इन्द्रबहादुरले घर खर्च र साहू तिर्न भनी मागी लिएको रुपैयाँ नतिर्दा मेरो नालिस परी विपक्षीले रु.१४७८। मलाई बुझाउनु पर्ने ठहरी फैसला भएको सो बुझाउन नसक्दा सावाँ ब्याज मासिक कट्टा हुने गरी विपक्षको ०२६ सालदेखि ३ वर्षको बाली खान पाउने गरी लिखत गरी दिएको लिखत बमोजिमको खेतमा मैले लगाएको बाली मलाई उपभोग गर्न नदिई विपक्षीहरूले नै लुटी लगेकोले मैले मुद्दा दायर गरेपछि लिखत पास नभएको अवस्थामा बालीमा दावा नलाग्ने लिखत पास हुने ठहरी अन्तिम फैसला भएको र जग्गामा भोग गर्न नदिएकोले मेरो लुटपीटमा उजूर परी कारवाही हुँदा वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भनी फैसला भएको भए तापनि मैले बाली खान पाएको छैन । ब्याज रु.१४५७।७६ समेत जम्मा सावाँ ब्याज रु.२९२७।७५ विपक्षबाट दिलाई भराई पाउँ भन्ने समेत चुडाराजको फिराद दावी । ३. लिखत ३ वर्षको बाली दर कट्टी गरी कमाउन सम्म दिने शर्तमा लिखत भएको हो जग्गा कमाए बापत साँवा ब्याज कट्टा गर्ने गरी शर्त राखिएको छ । विपक्षीसँग रुपैयाँ लिनु दिनु गरी गरेको लिखत होइन व्यवहार मिलाउन मात्र लिखत गराएको छ । उक्त लिखत लेनदेन व्यवहारको २ नं. को परिभाषाभित्र पर्दैन । ०१३ साल पौष १ गतेको रुपैयाँबाटै लिखत गराएको देखिन्छ । लिखतको हदम्याद गइसकेको छ । म्याद नाघी दायर भएको फिराद खारेज गरिपाउँ झुट्ठा उजूर गरेमा विपक्षलाई सजाय गरिपाउँ भन्नेसमेत सन्तकुमारीको व्यहोराको प्रतिउत्तर जिकिर । ४. वादी दावी मनासिव नदेखिँदा दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु रसुवा तथा नुवाकोट जिल्ला अदालतको ०३६।५।५ को फैसला । ५. मलाई हराई गरेको इन्साफमा चित्त बुझेन उक्त इन्साफ बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी चुडाराजको बा.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. वादी दावी पुग्न सक्दैन । शुरु जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिएको हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको वा.अं.अ.को ०३८।२।३२ को फैसला । ७. बागमती अञ्चल अदालतको कानुनी त्रुटिपूर्ण फैसला उल्टाई पाउन पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत व्यहोराको चुडाराजको म.क्षे.अ.मा परेको निवेदन । ८. गलत रुपमा प्रमाणलाई वादीको दावी पुग्न सक्ने ठहराएको वा.अं.अ.बाट भएको फैसला त्रुटिपूर्णलाई उल्टिने देखिएबाट अनुमति दिइएको