निर्णय नं. २१४५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१४५ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/०८ २३८६ निर्णय नं. २१४५ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ४४६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : नरबहादुर लावतीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : पाँचथर, यासोक गा.पं. वार्ड नं. ३ बस्ने भू.पू.मन्त्री नरेन्द्रकुमार प्रधान ऐ ऐ वार्ड नं. ट बस्ने चन्द्रध्वज फेवदीन ऐ गा.पं. नवनी डाँडा वार्ड नं. ८ बस्ने भू.पू. मन्त्री प्रेमराज आङदम्वे जि. ऐ. गा. पं. रानी गा.पं. वार्ड नं. ६ बस्ने दल बहादुर साम्वाहाम्फे जि. ऐ गा.पं. माङ्गजादुङ वार्ड नं. १ बस्ने राजमाल शेर्पा जि. ऐ गा.पं. नबमी डाँडा वार्ड नं. ६ बस्ने धनेन्द्रराज आ`ङदम्बे ऐ गा.पं. माङ्गाजाबुङ वार्ड नं. १ बस्ने लक्ष्मी प्रसाद शर्मा ऐ ऐ वार्ड नं. २ बस्ने महेन्द्रराज शर्मा ऐ पौवा सायताप्प वार्ड नं. ६ बस्ने भूवनी विक्रम नेवाङ ऐ बस्ने कृष्ण विक्रम नेवाङ ऐ गा.पं. नवमी डाँडा वार्ड नं. ६ बस्ने जगत मान आङदम्बे ऐ गा.पं. पौवा साथ ताप्प वार्ड नं. ६ बस्ने गणेश विक्रम नेवाङ ऐ मेहल बोटे वार्ड नं. १ बस्ने गणेश प्रसाद रिसाल ऐ बस्ने तेज प्रसाद रिजाल ऐ वस्ने उमेश रिजाल ऐ वार्ड नं ७ बस्ने सुरेनराज आङदम्बे गा.पं. भेमङ् वार्ड नं. ८ बस्ने मच्छेन्द्र करुङ गा.पं. नवमी डाँडा वार्ड नं. ८ बस्ने नारायण आङदम्वे ऐ गा.पं. फिदिम वार्ड नं. १ बस्ने श्याम प्रसाद पराजुली ऐ यासोक वार्ड नं. ३ बस्ने दिपक प्रधान ऐ गा.पं. मेहलबोटे वार्ड नं. ज्ञ बस्ने मनोरथ रिजाल फैसला भएको मिति : २०४१।१०।८ मा § एकै वारदात देख्ने चस्मदिद व्यक्तिहरूको भनाई व्यहोरा फरक फरक हुने स्थिति हुँदैन । (प्रकरण नं. ४५) पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षी/प्रतिवादी तर्फबाट: x  उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : पू.क्षे.अ.ले मिति ०४० आश्विन ३ गते गरेको फैसलाउपर चित्तनबुझी वादी श्री ५ को सरकारको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् । २. मिति ०३७।१।१६ गतेका दिन ४ बजे समय यासोक रानी गाउँ स्यामरुम्बा पञ्चायतको निर्दलीय पक्षको त्रिभुवन नगर यासोकमा भेला भई श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानी सरकारको जय जय मनाउँदै पञ्चायती व्यवस्था अमर रहोस् भन्ने नारा जुलुसले बजार परिक्रमा गरी रहेको समयमा विपक्षीहरूले निर्दलीय पक्षलाई मार्न पर्छ भनी विपक्षी चन्द्रध्वजले मेरो काका कर्णबहादुर लावतीलाई यासोक त्रिभुवन नगर बीचमा पक्री नरेन्द्रकुमार प्रधानले आफैंले भिरेको चुप्पी झिकी मुटुमा प्रहार गरी सो पिडाले काका कर्णबहादुर लावतीको मृत्यु भएकोले विपक्षीहरूलाई पक्राउ गरिपाउँ भन्ने व्यहोराको नरबहादुर लावतीको मिति ०३७।१।२७ को जाहेरी दर्खास्त रहेछ । ३. मृतकको बायाँ पट्टि कोखा माथि ४ इञ्च जति गोलाई भएको काटिएको धारिलो हतियारको चोट देखिएको भन्ने मिति ०३७।१।१८ को लासप्रकृति मुचुल्का रहेछ । ४. मिति ०३७।१।१६ का दिन यासोक बजारमा बहुदल पक्षको आमसभामा भवानी नेवाङ समेतले भाषण गरी सभा विसर्जन भएपछि निर्दल पक्षका प्र.पं.रामप्रसाद फेबदीन समेतले १०–१५ जना बहुदलको भिड भित्र पसी खुकुरी झिकी उफ्रिई बहुदल पक्षको जगतमानलाई काटेपछि उत्तेजित भिडले प्रत्याक्रमण गर्दा मृतक कर्णबहादु