निर्णय नं. २८०८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८०८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/१० २१८४ निर्णय नं. २८०८ ने.का.प. २०४३ अङ्क ८ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डलाल अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रि.फु.नं. २१ आदेश भएको मिति : २०४३।८।१०।३ मा निवेदक/प्रत्यर्थी : श्री ५ को सरकार निजामती किताबखाना विरुद्ध विपक्षी/रिट निवेदक : ल.पु.न.पं.वडा नं.१० सौगल टोल चालाछें बस्ने रामकृष्ण नापित विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) अनिवार्य अवकाश पाउने उमेरको हिसाब निजले नै भरेको सिटरोलमा उल्लिखित उमेरबाट कायम गर्नु पर्ने । (प्रकरण नं. १४) रिट/निवेदककातर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा डिभिजनबेञ्चबाट मिति ०४१।८।१ मा निर्णय भएको उपरोक्त उत्प्रेषण मुद्दा दोहर्याई पाउँ भनी निवेदकले न्यायिक समिति मार्फत बिन्तिपत्र चढाएकोमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई दिनु भन्ने मौसुफ सरकारबाट हुकुम बक्स भई आएबमोजिम यस अदालतको फुलबेञ्च लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. निवेदक २००४।३।२९।१ मा निजामती मध्यमा परीक्षामा उत्तिर्ण भई २००५।३।१५ मा ल.पु.अ.को नौसिन्दारबालीमा भर्ना हुँदा सर्टिफिकेटको पिठमा भर्ना हुँदाको मिति लेखी अड्डाको छाप लगाई फिर्ता दिनु भएको उक्त अवस्थामा निवेदकको उमेर २२ वर्षमा प्रवेश भएकोले जन्म मिति लेखिएको छैन । म.क्षे.अ बाट ०३९।१०।२।१ मा भ.पु.जि.अ.का डिठ्ठामा सरुवा गरी दिनु भई ०३९।१०।५ बाट रमाना दिनु भएकोले अवकाश पाउन ६ महीना अगावै अवकाशको जानकारी पाउनु पर्नेमा जानकारी नै पाएको छैन अवकाश पाएकै दिनमा थाहा दिनु भएकोले उजूर गर्ने मौका नै पाएको छैन । २०४०।३।१७ बाट मौकैमा किताबखानामा निवेदन गर्दा आलटाल गरी निवेदन दर्ता गरी नदिएबाट म.क्षे.अ.मा निवेदन दिई सोधी पठाउँदा १ महीना पछि पर्न आएको निवेदन हुँदा उमेर संशोधन गर्न मिल्दैन भनी २०४०।४।१६। मा जानकारी दिनु भएको २००५ सालमा सिटरोल भर्दा ६० वर्षको हदम्याद लागू भइसकेको नहुँदा उमेरको त्यतिको विचार गर्नु पर्ने अवस्था नभएको नि.से.ऐन, २०१३ दफा ३ मा दर्जा घटाउने वा मनमानी बर्खासीबाट ६(१) मा सफाइको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खासी गरी वा दर्जा तलब घटाउनै हुँदैन नियम ०२१ को परिच्छेद ४ को दफा ७ को उपदफा (११) ले निर्धारित गरेको अवधि पाउनु पर्ने म.क्षे.अ. वा भ.पु.जि.अ.बाट समेत पाएको छैन नि.से.ऐन, २०१३ को दफा ९(१) मा नालिश गर्ने उपाय भनी संकेत गरिएको उक्त दफामा दफाको उपदफा (१) बमोजिम रीत नपुर्याई कर्मचारीलाई सेवाबाट हटाउनमा गैरकानुनी हुन्छ दफा ७(१) मा ६० वर्ष पूरा भएपछि नोकरीबाट अवकाश दिने छ भन्ने स्पष्टीकरणको (क) दफामा नोकरीमा प्रवेश गरेको बेलामा शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुनआएको उमेर भन्ने र दफा (ख) मा त्यस्तो रिकर्ड नभएमा नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्म दिन वा वर्षबाट हुनआएको उमेर भनी किटानी कानुन प्रावधान भएको । अवकाश बुझी लिएपछि सर्टिफिकेट बमोजिम उमेर कायम गर्न मिल्दैन भनी कुनै कानुन प्रावधान भएको नभई बुझाएको अवकाश नै गैरकानु