निर्णय नं. २८०९ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८०९ - दर्ता बदर भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/०३ २२१८ निर्णय नं. २८०९ ने.का.प. २०४३ अङ्क ८ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.फु.नं. ९० फैसला भएको मिति : २०४३।८।३।३ मा निवेदक/प्रतिवादी : ल.पु.जि. ठैव गा.पं.वडा नं.२ ठनीटोल बस्ने सन्तुमाया श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी : ल.पु.जि. ठैव गा.पं.वडा नं.३ बेखाटोल बस्ने देवमाया श्रेष्ठ मुद्दा : दर्ता बदर (१) शेषपछि खान पाउने गरी आएको सम्पत्तिको हक कायम हुन नपाउँदै शेषपछिको बकसपत्र दिने धनलक्ष्मी जीवित अवस्थामा ज्ञानमान परलोक भएको हुनाले सो शेषपछिको बकसपत्र स्वतः निस्कृय हुन गई सो को बकसपत्रबाट पनि प्रतिवादीहरूको हक हुने अवस्था रहेन । (प्रकरण नं. १५) (२) मर्नेको नाउँ दर्ताको जग्गाको तिरो हस्तेवारीबाट तिरेको आधारमा मात्र प्रतिवादीहरूलाई हक प्राप्त व्यक्ति भन्न मिलेन । (प्रकरण नं. १५) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट फैसला भएको मुद्दा दोहर्याई पाउँ भनी चढाएको बिन्तिपत्र फुलबेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आर्ई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ । २. मेरी आमा धनलक्ष्मीको म बाहेक अरु सन्तान कोही नभएको मेरो पिताजी परलोक भई सक्नु भएको मेरो आमा ०२६ सालमा परलोक हुनुभएको ३ पुस्ता भित्रको हकदार कोही नभएबाट आमाको श्रीसम्पत्तिको अपुतालीको २ नं.ले विवाह भएको छोरी मेरो हक भई भोगचलन गरी अएको छु । आमा धनलक्ष्मीका नाउँमा साविक ल.पु.जि. ठैव मौजा रै.नं. ७५ को हाल ठैव गा.पं.वार्ड नं. ७ को कि.नं.३० को जग्गा रोपनी ४–४–० विपक्षीले हकदार हुँ भनी ढांटी गराएको नाउँसारी दर्ता गराएको बदर गरी मेरो नाउँमा नाउँसारी गराई पाउँ भन्ने समेत फिरादपत्र रहेछ । ३. धनलक्ष्मी ०२६ सालमा परलोक हुनुभएका तथ्यलाई स्वीकार गरी वहाँको अपुतालीको दावी लिई ०३२ साल चैत्रमा विपक्षीले दिनु भएका फिराद हदम्याद नाघी परेको हुँदा खारेज हुनु पर्छ, धनलक्ष्मीको श्रीसम्पत्ति वहाँले गरी दिनु भएको बकसपत्र तथा उहाँलाई पालनपोषण तथा काज क्रिया समेत सन्तुमाया र म मेरो पिताजी, तुल्सीनारायण समेतले गरे गराएको कारणबाट सन्तुमायाको उजूरी बमोजिम मैले नाउँसारी दर्ता गराएको हुँ मैले नाउँसारी गराए उपर विपक्षीको उजूर लाग्न सक्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र रहेछ । ४. फिल्डबूकको उतार मे.ना.शा.बाट र जग्गाको दर्ता समेतको उतार जि.का.भू.प्र. शाखाबाट प्राप्त हुनआएको रहेछ । ५. वादीले दावी लिएका कुरा सम्बन्धमा प्रतिवादी मध्ये चतुरमानले प्र.सन्तुमायाको हक हुनआएको र निजको संरक्षकको हैसियतले आफ्नो नाममा दर्ता गराएको स्वीकारेकोले धनलक्ष्मीको अपुताली छोरी देवमाया हुँदाहुँदै बीच बीचमा अर्कै मुद्दा गरी सो मुद्दाको आधारबाट सन्तुमायाको हक भएको भनेकाले लेनदेन मुद्दाको फैसला बदर हुने आजैका मितिमा भएको फैसलाबाट सो फैसला बदर भएकोले सो आधारबाट दर्ता भएको मूल कारण नै निस्कृय भएकोले दर्ता बदर हुने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको फैसला रहेछ । ६. उक