निर्णय नं. २८१० - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८१० - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/२० २३६५ निर्णय नं. २८१० ने.का.प. २०४३ अङ्क ८ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डलाल अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.फु.नं. ८५ फैसला भएको मिति : २०४३।८।२०।६ मा पुनरावेदक/वादी : का.प.जि.पाचखाल गा.पं.वडा नं.२ बस्ने बाबुलाल श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने कूलबहादुर श्रेष्ठ मरी मु.स.गर्ने ऐ.को छोरा ऐ.ऐ.बस्ने अन्नबहादुर श्रेष्ठ मुद्दा : जग्गा खिचोला (१) झगडा परेको जग्गा प्रतिवादीको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण पनि देखिँदैन । यस्तोमा वादी दावी नपुग्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ सर्वोच्च अदालत नियमावली २०२१ बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ । २. भमरकोट मौजा कृष्णप्रसाद उपाध्याय जिम्माको ०८ सालको नम्वरी ०८।९।१२ को छापे र ०८।७।२९ को आदेश बमोजिमले ज.मदन सम्शेरका खान्गी १८५ नम्वर भमरकोट पाँचखाल खेत साविक १।३१ को खेत १।३१।१६ धान ५६।१२।३ घ्यू ३।३८।१ मध्ये मोही हेममानको हाल धिर्जमान समेत पाँचखाल खेत २५।१८ को धान १०।१५।६ घ्यू ६६।२ लागेको जग्गाको पूर्व विपक्षको १९३ नं. खेत ।१२।६।५।५ को पश्चिम योगलालका नाउँमा दर्ता भएको १८५ नं.को १४ को खेत उत्तर विपक्षले ३९३ नं. विर्ता खेत भनी पहिले दावा गरेको पछि १८५ नं.को खेत भनी दावा गरेको खेत, दक्षिण रामगोपालका नाउँमा भएको १८५ नं.को ।४९।५ को खेत यति ४ किल्ला भित्रको रामगोपालको ४९।५ को ब्यारेक र सो ब्यारेक देखि उत्तरतर्फको मेरो खेतको उत्तर भागमा वारपार राजकूलो भएको जग्गा दर्तावाला मेरा बाबु जीवित छउञ्जेल बाबुले र बाबुको मृत्युपछि मैले भोग गरी आएको छु । विपक्षीले रु.७५०१ मा रामकृष्ण चौधरीबाट राजीनामा गरी लिएको पूर्व अर्यालको खेत पश्चिम धिर्जमान रामप्रसादको खेत उत्तर योगलाल श्रेष्ठको खेत दक्षिण सानुमाया श्रेष्ठनीको साँध यति ४ किल्ला भित्रको खेत, पूर्व योगलाल श्रेष्ठ, पश्चिम रामप्रसादको खेत, दक्षिण धिर्जमान उत्तर योगलालको खेत यति ४ किल्ला भित्रको कित्ता १ पूर्व १९३ नं. २४।३।३ को मेरो खेत पश्चिम अन्यायवाला धिर्जमानको खेत उत्तर रामप्रसादको खेत दक्षिण योगलालको खेत यति ४ किल्ला भित्रको कित्ता १ समेत ३ कित्ता जग्गामा ३९३ नं. को किल्ला जोडाएमा सो खेतको साँधमा खन्यो जग्गा नापजाँच गरी छुट्याई पाउँ भनी विपक्षीले मेरो बाबु धिर्जमानका नाउँमा नालेश गर्दा यो विपक्षीको ३९३ नं. को जग्गै नभएको भनी शुरु इन्साफ सदर गरी बा.अं.अ. बाट ०२४।५।२६ मा फैसला भई टुंगेको छ त्यसपछि यिनै विपक्षले मेरा नाउँमा पूर्व मेरो र योगलाल समेतको र पश्चिम विपक्षको र योगलालको उत्तर रामप्रसादको र विपक्षको साँध दक्षिण रामप्रसादको साँध यति ४ किल्ला भित्रको १८५ नं.पाँचखाल सीम खेत । ।४२।१३ मध्ये ।२८।१३ मा छोराहरूको अंश कट्टा गरी बाँकी जग्गाको दक्षिण किल्ला पछि खिचोला गर्यो भनी नालेश गरेको र हालको नालेशमा १८५ नं.को भनी दावा गरेको त्यसको सबूद केही नभएकोले ३९३ को जग्गा र १८५ नं.को जग्गा एउटै ह