निर्णय नं. २८११ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८११ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०७/२८ २२१५ निर्णय नं. २८११ ने.का.प. २०४३ अङ्क ८ पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.फु.नं. ४० आदेश भएको मिति : २०४३।७।२८।६ मा निवेदक : इञ्जिनियरङ कन्ट्रयाक्टर, बागबजार, काठमाडौंका प्रो.काठमाडौं नगर पञ्चायत वडा नं.३१ बस्ने दिब्यमान श्रेष्ठ विरुद्ध विपक्षी : खोटो व्यवस्थापन आयोजना, वन पैदावार विकास समिति श्री ५ को सरकार वन मन्त्रालय, बबरमहल, काठमाडौंसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) निवेदकको माग बमोजिमको आदेश जारी गर्न निष्प्रयोजित हुन जाने देखिएकोले जिकिर लिएको कुरामा विचार गर्न मिलेन । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान अधिवक्ता श्री इशवरीचन्द्र शर्मा विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ उल्लिखित मुद्दा : निवेदक विद्यानन्दप्रसाद शाह कलवार विरुद्ध बारा जिल्ला पञ्चायत समेत भएको रिट निवेदनमा नि.नं.५११ ने.का.प.२०२६ पृ.३३४ मा प्रतिपादित सिद्धान्त आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी आयोजनाले कैलाली जिल्लाको अतरिया गाउँमा खोटो व्यवस्थापन आयोजनाको दोश्रो चरणको निर्माणको लागि २०३९ सालमा पूर्व योग्यता दर्खास्त आव्हान गरेको थियो । निवेदकको टेक्नोफेव इञ्जिनियरिड्ड प्रा.लि. नयाँ दिल्ली भारतसंग भएको सम्झौता अनुरुप निवेदक र टेक्नोफेव इञ्जिनियरिड्ड प्रा.लि.को संयुक्त लगानी र प्रयासमा उक्त काम गर्नको लागि निवेदकले तोकिएको म्यादभित्र पूर्व योग्यता दर्खास्त प्रस्तुत गरेको थिएँ । पूर्व योग्यता छनौट कार्यमा बोलपत्र प्रस्तुत गर्न निवेदक योग्य पनि छनौट भएकोले ०४०।२।८ सम्ममा विपक्षी आयोजनाले निवेदकलाई ०३९।१२।८ को पत्रद्वारा जानकारी गराएकोले म्यादभित्र निवेदक मुख्य बोलपत्र प्रस्तुत कर्ता र टेक्नोफेव इन्जिनियरिङ प्रा.लि. सह बोलपत्र प्रस्तुत कर्ता भई बोलपत्र प्रस्तुत गरेको थिएँ । आयोजनाले उक्त टेण्डर आव्हान बदर गरी पुनः टेण्डर गर्ने निर्णय भएको हुँदा डिसेम्बर २६ तारिख सम्म टेण्डर बुझाउनु होला भनी आयोजनाले निवेदकलाई जानकारी मिति ०४०।८।१२ मा दिई दोश्रोपटक निवेदक मुख्य बोलपत्र प्रस्तुतकर्ता र टेक्नोफेव इन्जिनियरीङ प्रा.लि. सह बोलपत्र प्रस्तुतकर्ता भई रु.९०,३४,७०७।७२ को बोलपत्र प्रस्तुत गरेको थिएँ । विपक्षी विजय कन्सट्रक्सन प्रा.लि.ले रु.९४,८८,३७७।९६ गरी सो रकममा ९ प्रतिशतको छुट वा सबभन्दा कम अंकको बोलपत्र भन्दा रु.२५,०००।– कम गर्न १ विकल्पको समेत टेण्डर गरी जसबाट कुनै निश्चित रकम उल्लेख हुन नसक्ने जस्तो अर्थहिन अस्पष्ट रीत नपुगेको र अनुचित प्रभावयुक्त स्वतः बदरभागी बोलपत्र प्रस्तुत गरेको र अर्को बोलपत्र प्रोक्ट कन्सट्रक्सनले रु.९७,१०,८३४।– को पेश गरेकोमा टेण्डर खोलिँदा विजय कन्सट्रक्सनको टेण्डर शर्त राखेको कारणबाट गैरकानुनी छ भनी विरोध जनाएको थिएँ, ती कुरा उपर