निर्णय नं. २८१२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८१२ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०७/०५ २३४२ निर्णय नं. २८१२ ने.का.प. २०४३ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.फु.नं. ४४५, ४४६ सम्वत् २०४१ सालको फौ.सा.नं. २०१ फैसला भएको मिति : २०४३।७।५।४ मा पुनरावेदक/प्रतिवादी : ताप्लेजुड्ड कारागारमा थुनामा रहेको धर्मानन्द अधिकारीसमेत विरुद्ध प्रत्यर्थी/वादी : टेकनाथ अधिकारीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) मृतक माथि चोट छाडेको भन्ने कुरा देखिन नआए तापनि घटनास्थलमा रहेको कुराको पुष्टि हुन आएबाट ज्यान मार्नमा मुख्य भई षडयन्त्रमा पसेको भन्ने देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम ५ वर्ष कैद हुने । (प्रकरण नं. ३३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुड्डाना विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी प्रतिवादी पुनरावेदकहरूको पुनरावेदन पर्न आई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ । २. मिति २०३८।४।१५ गतेका दिन ११ बजेको समयमा बुबा श्रीप्रसाद अधिकारी आफ्नै घर पछाडि गाई, भैंसी चराउँदै हुनुहुन्थ्यो । म १०।१२ गज पर गोरु जोद्दै थिएँ । सोही समय तेल्लोक गा.पं.को प्रधानपञ्च धर्मानन्द अधिकारी, बलराम, जीवनाथ, मनप्रसाद षडानन्द, जीतबहादुर थापा समेत छ जवान हातमा लाठी भाला लिई बुबा भएको ठाउँ आई विपक्षी मध्ये धर्मानन्द अधिकारी र जीतबहादुर बुबादेखि १५–२० गज पश्चिमपट्टि मकै बारीमा उभिएका र बलराम, जीवनाथ, षडानन्द, मनप्रसाद समेतलाई जा ठोक परे म व्यहोर्दछु भनी धर्मानन्दले वचन दिनासाथ उक्त ४ जना बुबा भएको पट्टि ढुंगा हान्न आक्रमण गरेपछि बुबाले ज्यान बचाउन खोज्दा षडानन्द अधिकारी र जीवनाथ २ जनाले बुबालाई पछाडिबाट च्याप्प समाते र मनप्रसादले भालाले हिर्काउँदै भुइँमा बसाए । बुबालाई त्यसो नगर भन्दै कराउँदै गर्दा बलराम अधिकारीले बायाँपट्टि कमरमा भिरेको अं.१ लामो चुपी निकाली किलकिलेमुनी रोपी बुबालाई भुइँमा लडाइदिए । मैले कराउँदा मानिसहरू आए । घटनास्थलमै बुबाको निर्मम तरिकाले हत्या भएको हुनाले ज्यानसम्बन्धीको कार्यवाही तथा सजायँ गरी पाउँ भन्ने समेतको व्यहोराको रामबहादुर अधिकारीको जाहेरी दर्खास्त । ३. रुद्रघण्टीदेखि ३ इन्च मुनि घाँटीमा १½ इन्च लामो १ इन्च चौडा ६½ इन्च गहिराई धारिलो हतियारले रोपेको घाउ भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. किलकिले देखि ३ इन्च मुनि डेढ इन्च लम्बाई एक इन्च चौडाई र ६ इन्च गहिराई भएको र निलो रंगको रगत बगिरहेको भन्ने हेल्थ पोष्टको पोष्टमार्टम रिपोर्ट । ५. मृतक श्रीप्रसादकी जेठी श्रीमती हिमादेवी भतिजी पार्वती कान्छी श्रीमती लक्ष्मीदेवी छोरा ऋषिराम भतिजा इन्द्रमणि पुष्पलाल समेतले २०३४ साल पूर्णिमा देखि एक अर्कोका इर्ष्या रहेको सोही कारणबाट यी प्रतिवादीहरूले बचन दिई कुटपिट गरी मारेका हुन भन्ने हिमादेवीले गरेको कागज । ६. मिति २०३८।४।१४ गते अं.११ बजेको समयमा दाजु जीवनाथ, बलराम, षडानन्दको घर मुनि झरे । बुबा धर्मानन्द र जीतबहादुरले चुठुवासिरेलाई मारमार भन्दै थिए । षडानन्द र जीवनाथले च्याप्प समातेछन् म घटनास्थलमा नै हुँदै दाजुले कुट कुट भनेपछि भाटाले कुट