निर्णय नं. २८१३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८१३ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०७/१४ २०७७ निर्णय नं. २८१३ ने.का.प. २०४३ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रिट नम्बर २१६७ आदेश भएको मिति : २०४३।७।१४।६ मा निवेदक : का.न.पं.वडा नं.थापाथलीस्थित सरस्वती होजियरी इण्डस्ट्रिजका प्रोप्राइटर सागरमान अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय काठमाडौं विषय : उत्प्रेषण (१) घरेलु उद्योगको रुपमा दर्ता भई उत्पादन शुरु गरेको देखिन आएको उद्योगको सम्बन्धमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १२(ग) बमोजिम उत्पादन (शुरु भएको) अर्थात् सञ्चालन मितिदेखि ५ वर्षसम्मको लागि अन्तःशुल्क नलाग्ने कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिराम कुमार आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. घरेलु तथा ग्रामीण उद्योग विभागमा मिति २०४०।१।१६ मा घरेलु उद्योगको रुपमा दर्ता भई मिति २०४२।९।१८ देखि उत्पादन शुरु गरेर औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) लगायत अन्य प्रचलित नेपाल कानुनले प्रदान गरेको अन्तःशुल्क सुविधा समेत रिट निवेदकले उपभोग गर्न पाउने हो तापनि अब ५ वर्ष नपुगेको घरेलु उद्योगलाई पनि अन्तःशुल्क लाग्छ भनी प्रत्यर्थीले जोड दिन थाल्दै ५ प्रतिशतको दरबन्दीले मिति ०४१।३।२६ को नेपाल राजपत्रको शिर्षक १५–४ अन्तर्गत अन्तःशुल्कलाई भन्दै अन्तःशुल्क बुझाउनोस् भनी ताकिता गर्न थाल्नु भयो । उक्त ऐनको दफा १०(ग) को देहाय १ र ४ नं.को प्रतिबन्धात्मक वाक्यांशले रिट निवेदक घरेलु उद्योगलाई उत्पादन शुरु तथ्य सञ्चालन मिति २०४२।९।१८ देखि ५ वर्षको लागि अन्तःशुल्क नलाग्ने किटानी व्यवस्था गरेको छ । अन्तःशुल्क छुट पाउने उद्योगले पनि दर्ता गरी सामाजिक प्रगति विवरण सबै स्थानीय अन्तःशुल्क कार्यालयमा राख्‍नु पर्ने माथि उल्लिखित मिति २०४१।३।२६ को सूचनाले तोकेकोले मात्र मिति २०४२।९।१८ प्रत्यर्थी कार्यालयबाट इजाजत लिनु परेको थियो । रिट निवेदकलाई अन्तःशुल्क बुझाउनु पदर्छ भन्न थाल्यो पछि सोको विरुद्ध तुरुन्तै प्रत्यर्थी कार्यालयमा सम्पर्क राखी यो उद्योगले हाल अन्तःशुल्क तिर्न पर्ने होइन भनी छलफल गर्दा यस्तै विषय बस्तु भएमा अन्य घरेलु उद्योगहरु रिट निवेदकहरु भएका कैयौं केशहरूमा उत्पादन शुरु मितिदेखि ठिक ५ वर्षको लागि अन्तःशुल्क छुट पाउने गरी रिट जारी भएको छँदा छँदै पनि म निवेदकलाई छुट दिई नाम उजूर गर्दै हुनुहुन्छ । अतः रिट निवेदकको उद्योगले ५ वर्षसम्म अन्तःशुल्क छुट पाउने कुरा निम्न जिकिरमा उल्लेख गरेको छु : ३. जिकिरः रिट निवेदकले उत्पादन शुरु तथा सञ्चालन मितिदेखि ठिक ५ वर्षको लागि अन्तःशुल्क सुविधा औद्योगिक व्यवसाय ऐन, ०३८ अन्तर्गत पाउने भन्ने निश्चित छ । औ.व्य.ऐन, ०३८ को सामुन्ने सूचित आदेश वा सूचनाको गौण स्थान रहन्छ । जबसम्म औ.व्य.ऐन, २०३८ को दफा १०(ग)(१) तथा (४) को प्रतिबन्धात्मक वाक्यांशमा अन्यथा अर्थ निस्कने गरी विधायिकाबाट संशोधन हुन सक्दैन तबसम्म रिट निवेदकले ५ वर्षसम्मको लागि निर्विवाद रुपमा अन्तःशुल्क छुट पाउन सुनिश्चित छ । मिति २०४१।३।२६ को नेपाल राजपत्रमा प्रकाशित सोही सूचनाको अन्तरिमले दिएको प्रतिबन्धात्मक वाक्यांशक