निर्णय नं. २८१४ - सरकारी कर्मचारीको दस्तखत छाप कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८१४ - सरकारी कर्मचारीको दस्तखत छाप कीर्ते भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०७/२४ २४७५ निर्णय नं. २८१४ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको फौ.पु.नं. ६६६, ६६५ फैसला भएको मिति : २०४३।७।२४।२ मा पुनरावेदक/प्रतिवादी : धनुषा जिल्ला सपही गा.पं.वडा नं.५ बस्ने महावीरप्रसाद सुडी विरुद्ध विपक्षी/वादी : बासुदेव सुडीको जाहेरीले श्री ५ को सरकार मुद्दा : सरकारी कर्मचारीको दस्तखत छाप कीर्ते (१) पुनरावेदकले कार्यबाट लाभ उठाउन र खान पाएको र खाइसकेको भन्न मिल्ने अवस्था नभएकोले पुनरावेदकलाई बिगो बमोजिम जरिवाना र कैद गर्ने गरेको इन्साफ मिलेको देखिएन । कीर्ते कागजका ७ नं. बमोजिम जम्मा बिगोको आधा मात्र जरिवाना गर्नु पर्नेमा, बिगो बमोजिम जरिवाना र थप कैद गर्ने गरेको सम्म इन्साफ नमिलेको । (प्रकरण नं. २५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ । २. महावीर शाह, विन्देश्वर शाहसंग धर्मपुत्र बकसपत्रको कागज कीर्ते मुद्दा र सियाशरण ठाकुरसंग लिखत पारित मुद्दाको पुनरावेदन तथा म.क्षे.अ.मा कारवाही चलिराखेको भुल्ली सुडीनको ल्याप्चे सहिछाप जचाँउने अदालतको आदेशानुसार विपक्षीहरूले धनी जनक शाह, ऋणी भुल्ली सुडीन भएको मिति २०२१।१२।२३ मा पास भएको लिखत कागज महोत्तरी मालबाट कीर्ते गरी पठाउनु सफल भए बमोजिम निजहरूले मालपोत कार्यालयका हाकिम जगन्नाथ ठाकुर ख.वैद्यनाथ मिश्र अर्दली जानकीलाल कायस्थलाई मिलाई रामचन्द्र बहडी धनी ऋणी भुल्ली सुडीन भएको मिति २०२१।१२।२३ को पास भएको रजिष्ट्रेशन लिखत कीर्ते गरी मिति २०३५।९।२५ गते मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाएकोले कानुन बमोजिम गरी पाउँ भनी बासुदवेले हुलाकद्वारा पठाएको जाहेरी दर्खास्त । ३. तीनै वटा लिखतहरूमा हाकिम कारिन्दाको छाप दस्तखत हरफ लिपी समेत मिल्दैन फरक देखिन्छ भन्ने प्रहरी प्रधान कार्यालय रेखा संग्रहालय शाखाको मिति २०३६।७।२० को जवाफपत्र । ४. अभियुक्त शिवाशरणको कागज गराउँदा मैले आफ्नो मुद्दामा विन्देश्वरलाई वारिश राखेको थिएँ । विन्देश्वरले लिखतको नक्कल लिए लिएनन्, सक्कल कागज निजले गरेको हो, होइन मलाई थाहा छैन भन्ने समेत व्यहोराको शियाशरण ठाकुर बडहीको कागज । ५. जनक शाहु तथा रामचन्द्र बडहीवाला कागजको नक्कल दिएको याद छैन सक्कल कागज मध्यमाञ्चल क्षत्रीय अदालतमा पठाएको श्रेस्ता नहेरी मिति बताउन सक्दिन, मैले कीर्ते काम गरे गराएको छैन, भन्ने समेत व्यहोराको शियाशरण बहडीको कागज । ६. जनक शाहु तथा रामचन्द्र बडहीवाला कागजको नक्कल दिएको मात्र छैन । सक्कल कागज मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाएको श्रेस्ता नहेरी मिति म बताउन सक्दिन मैले कीर्ते कागज गरे गराएको छैन भन्ने समेत व्यहोराको वैद्यनाथ मिश्रले गरेको कागज । ७. जनक शाहुवाला लिखत म.क्षे.अ.मा मैले पठाएको हुँ । रामचन्द्रवाला कागज पठाएको वा नक्कल दिएको मलाई थाहा छैन मैले कीर्ते गरे गराएको पनि छैन भन्ने समेत व्यहोरा अ.जानकीलालले गरेको कागज । ८. ख.वैद