निर्णय नं. २८१५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८१५ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०७/१८ २०७५ निर्णय नं. २८१५ ने.का.प. २०४३ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट नम्बर १४७७ आदेश भएको मिति : २०४३।७।१८।३ मा निवेदक : का.जि.मनमैजु गा.पं.वडा नं.५ दथुटोल बस्ने पू्र्णमान महर्जन विरुद्ध विपक्षी : बागमती अञ्चलाधीश कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) ऐनमा प्रष्ट नभएको अधिकारलाई आफूमा निहित भएको सम्झी सो को प्रयोग कुनै पनि निकायले गर्न मिल्दैन । (प्रकरण नं. ८) (२) अनाधिकृत निकायबाट कागज गराएकै भए पनि त्यस्तो कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ८) आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षी अञ्चलाधीश कार्यालयले आफ्नो अधिकारक्षेत्र भित्र भन्दा बाहिरको विषयमा निवेदन लिई कारवाही गरी कागज गराएबाट अनाधिकृत कागज बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. का.जि.मनमैजु गाउँ पञ्चायत स्थित मनमैजु देवताको पूजाआजा गर्नको लागि राखिएको ऐ.गाउँ पञ्चायत वडा नं.५ हाल नापीबाट कायम भएको कि.नं.१३२, २२२, २७० को जग्गा मैले मोहियानीमा कमाई आएको उपरोक्त जग्गा चौ. दीपकुमारीको नाममा दर्ता भएबाट वहाँलाई तिरो तिरान गरी आएका थिएँ । पछि विपक्षी र शान्ति देवी थापा समेत बीच चली आखिर जगतकुमारीले पाएँ भनेको बकसपत्र पास नहुने ठहरी सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०३२।७।६ गते फैसला भएको थियो । यसै बीच २०३१ सालको बाली नारायणजड्ड भन्ने दक्ष जग पराक्रम शाह समेत ८ जनाले बाली बुझी लिनुभएको थियो । २०३८ साल सम्मको बाली निजहरूले नै बुझेको र २०३९ सालको बाली शान्ति देवी थापा र २०४० सालको बाली दीपकुमारीको नाममा मनमैजु गाउँ पञ्चायतमा धरौटी राखेको थिएँ । उपरोक्त जग्गाबारे विभिन्न व्यक्तिहरूको बीच दावी विरोध चलिआइरहेको छ । कुनै टुड्डो लागेको छैन । विपक्षीहरूको हक अधिकार भएको थाहा छैन । २०४२ सालको बाली मालपोत कार्यालय काठमाडौंमा दीपकुमारीको नाउँमा धरौट राखेको छ । ३. यसै बीच विपक्षी जगतकुमारीले २०३६ सालदेखिको बाली बाँकी भनी विपक्षी अञ्चलाधीश कार्यालयमा झुठ्ठो निवेदन दिएको रहेछ । सो आधारमा मलाई २०४३।३।१ गते बालाजुको प्रहरी मार्फत बोलाउनु पठाई लगेको थियो । २०३६ सालदेखि २०४२ साल सम्मको बाली ऐ.साउन १२ गते सम्ममा तिर्नु बुझाउँछु भनी अञ्चलाधीश कार्यालयको कर्मचारी प्रहरी समेतले घेरी कागज देखाई लिएको जग्गाधनी र बाली विषय कागज लेखाउने विपक्षी अञ्चलाधीश कार्यालयलाई कुनै ऐनको अधिकार छैन । यसरी मबाट गराइएको कागजहरू र तारीख पर्चाको नक्कल चाहियो भन्दा दिन मिल्दैन भनी दिइएको छैन । यसरी आफ्नो अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निवेदन दिई कारवाही गरी मलाई माथि लेखिए बमोजिम कागज गराएबाट मेरो नेपालको संविधानको धारा १०, ११(२)ङ धारा १५ द्वारा प्रदत्त हक हनन् गरिएबाट सो हक प्रचलन गराई माग्न संविधानको धारा १६, ७१ अन्तर्गत निवेदन गर्न आएको छु । उपरोक्त अनाधिकृत कागज बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ गराई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश । ५. विपक्षी निवेदक मनमैजु नित्यपूजा विधि गुठी जग्गा मोही भई कमाई आउनु भएकोमा सावितै हुनु हुन्छ । सो आयस्ता बालीबाट नित्य पूजा पर्वपूजा समेत चलाउनु पर्ने कुर