निर्णय नं. २८१६ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८१६ - निषेधाज्ञा भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०७/२८ २२०८ निर्णय नं. २८१६ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ६१७ फैसला भएको मिति : २०४३।७।२८।६ मा पुनरावेदक/वादी : ज.न.पं.वडा नं.३ बस्ने नथमल गोयन्कासमेत विरुद्ध विपक्षी/प्रतिवादी : ज.न.पं.का.प्रधानपञ्च ऐ.वडा नं.१बस्ने दामोदरप्रसाद उपाध्यायसमेत मुद्दा : निषेधाज्ञा (१) विवादीत जग्गा सार्वजनिक हो वा होइन सो विषयमा निषेधाज्ञा प्रकृति मुद्दाबाट बोल्न नसकिने । (प्रकरण नं. ११) (२) सार्वजनिक हो वा होइन भन्ने ठहर बिना सोझै कसैको सम्पत्ति माथि अनाधिकार रोक लगाउन पाउने अधिकार नगर पञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको नपाइने । (प्रकरण नं. ११) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दामा लिएका पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्त निम्न प्रकार छ । २. धनुषा जिल्ला ज.न.पं.वडा नं.३ साविक मौजे जनकपुर विसहरा सहोबरा पट्टी विर्ताको र.नं. ५३१ अनुपसे उत्तर रास्ता से उत्तर पूर्वको जग्गामा बनेको पक्की कोठा १ पैखाना १ टायल हालेको भान्सा एक समेत जग्गा धुर ०–०–४ तथा अरु ।।० आना पूजाकल लाग्ने रास्ता से पश्चिम दक्षिण उत्तर अनुपासे पूर्व यती चौहडी भित्रको ईंटको गारो र खपडाको छाना भएको घरपक्की १ सो घरले चर्चेको घडेरी लगायत ती जग्गाहरू समेत विक्रम गिरीबाट हाम्रो मामा रामकृष्ण माडवारीले मिति २००५।४।११ गते खरीद गरी २००७ सालमा हाम्रा चचेरा दाजु महावीरप्रसादका नाममा मालपोत दाखिल भई पछि हाम्रा काका बाबुहरूको बीच अशंबण्डा हुँदा काका बाबु र गौरी शंकर समेत ५ जनाका नाममा घर समेत ०–०–९ धुरका दरले जग्गा र सो बाहेक नौ गोल मध्य विचला गोठली १ बारीमा जाने रास्ता १ माथि जाने सिंढी १ पश्चिम दक्षिण निस्कीने हवेलीको बाटा ३ पैखाना २ र बारी लगायत खाली खोल्सा जग्गा माथिल्लो तल्ला २ को कोठली २ समेत साझा राखी सोही बण्डा बमोजिम अंश फाँटको जग्गा आफू खुसी गरेकोमा पनि रसीद कटाई भोगचलन गरी आएका थियौं । उक्त जग्गाको दक्षिणतर्फबाट अर्थात् सडक देखि उत्तर पूर्व र बाटोदेखि पश्चिम खाली रहेको जग्गामा भएको पुरानो भर्‍याङ घरलाई मर्मत समेत गरी १८ फिट लामो ९ फिट चौडा मोटर ग्यारेजको रुपमा परिणत गरी सबै अंशियार मिली भोगचलन गरी आएकोमा सो जग्गालाई सार्वजनिक बनाउने उद्देश्यले जनकपुर नगर पञ्चायत कार्यालय जनकपुर धाममा सार्वजनिक जग्गामा कार मोटर राख्‍ने भन्ने कारवाही चलाई चलाउनु लगाई सो हाम्रो निजी जग्गामा कार मोटर नराख्‍नु भन्ने व्यहोराको प.सं.मु.श. ०३७।३८ च.नं. २६७७ मिति २०३७।९।८।२ को पत्र म नथमल गोयन्काको नाममा पठाउनु भएकोले कानुन बमोजिम प्राप्त सम्पत्ति सम्बन्धी अधिकारमा कुठाराघात हुने प्रशस्त सम्भावना भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को उपदफा (२) बमोजिम प्रधानपञ्च र प्रधान अधिकृतले अर्‍हाएको कुनै पनि व्यक्तिले जग्गामा प्रवेश वा कुनै किसिमको हस्तक्षेप गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र । ३. सार्वजनिक जग्गाको रेखद