निर्णय नं. २८१९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८१९ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/१० २४४९ निर्णय नं. २८१९ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नम्बर १५११ आदेश भएको मिति : २०४३।८।१० मा रिट निवेदक : नु.जि.खड्ग भन्ज्याड्ड गा.पं.वा.नं.८ बस्ने साम्भप्रसाद अधिकारीसमेत विरुद्ध विपक्षी : प्र.जि.अ. श्री धनबहादुर बस्नेत जिल्ला कार्यालय नुवाकोट विदुरसमेत विषय : उत्प्रेषण (१) २ पक्षका बीचमा विवाद उत्पन्न भएको कुरामा यस किसिमको कागज गराउने अधिकार प्र.जि.अ.लाई कुनै कानुनले दिएको देखिन नआएकोले सो भए गरेको कागज उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. ९) आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : प्र.जि.अ.ले गरे गराएको २०४२।३।२६ को कागज बदर गरी हाम्रो संविधानद्वारा प्रदत्त हकको प्रचलन गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार छ । २. नु.जि. खड्ग भन्ज्याड्ड गा.पं.वा.नं.९ कि.नं.६२ को जग्गामा परापूर्व कालदेखि घट्ट बनाई बसोबास घट्ट चलाई आएको छ । विपक्षी बुद्धिप्रसाद घिमिरेले जबरजस्ती तरीकाबाट निवेदक मध्येको म साम्भप्रसाद अधिकारीको उक्त कि.नं.६२ को जग्गा समेतमा भित्री घट्ट बनाउने आंशका लागेकोले निषेधाज्ञाको आदेश जारी गरिपाउँ भनी बागमती अञ्चल अदालतमा दिएको निवेदनमा कारवाही चल्दै हाल उक्त मुद्दा म.क्षे.अ.मा छ । ३. उल्लेख गरिएअनुसार मुद्दा चलिरहेकोमा विपक्षी बुद्धिप्रसाद घिमिरेले के कस्तो व्यहोराको निवेदन प्र.जि.अ. को कार्यालय नुवाकोटमा दिनु भएको छ । नु.जि.का.ले हामीलाई झिकाई म साम्भप्रसाद अधिकारीलाई मेरो कि.नं.६२ को जग्गा घट्ट समेत विपक्षी बुद्धिप्रसाद घिमिरेलाई बनाउन दिने तथा बनाउनमा मद्दत गरी घट्ट समेत बनाई दिन्छु भन्ने समेत व्यहोराको गैरकानुनी कागज गराउनु भयो । कामी वीरबहादुर समेतलाई विपक्षी बुद्धिप्रसाद घिमिरेको जस्ताको तस्तै घट्ट समेत बनाई दिन्छौं भनी प्र.जि.अ.ले अनाधिकार प्रयोग गरी गराएको कागज अ.बं.३५ नं.ले बदरभागी छ । बढी कुरा नगरिकन सहिछाप गर्ने, अन्यथा जिउले गोता खान्छ भनी डर, धाक र त्रास समेत दिएकोले बाध्य भई कागज गरेको हौं नेपालको संविधानको धारा १० धारा ११(१) धारा ११ को उपधारा २ को देहाय (ङ) र धारा १५ द्वारा प्रदत्त अधिकारमा आघात पर्ने गरी प्र.जि.अ.ज्यूले २०४२।३।२६ मा गरे गराएको कागज बदर गरी संविधानद्वारा प्रदत्त हकको प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश । ५. म बुद्धिप्रसाद घिमिरेले जिल्ला कार्यालयमा कुनै निवेदन दिएको छैन । विपक्षी साम्भप्रसाद अधिकारी समेतले २०४१।१०।३ गते दिउँसो ११ बजेको समयमा मेरो घट्ट भत्काई दिएको हुँदा सो विषयमा जि.का.को प्र.जि.अ.लाई मौखिक रुपमा अवगत गराएको थिएँ । प्र.जि.अ.ले विपक्षीहरूलाई सम्झाउँदा घट्ट बनाई दिन्छौं भनी विपक्षीहरूले सहमती जनाएका हुन् । विपक्षीहरूले घट्ट बनाई नदिएको हुँदा सो विषयमा मैले नु.जि.अ.मा २०४२।२।२९।३ मा नालिश गरेको छु । पूर्पक्ष हुँदैन । प्र.जि.अ.ले कागज गराएको मलाई थाहा छैन । म प्रेमबहादुर ढुड्डेलको व्यहोरा यो छ कि विपक्षी साम्भप्रसाद अधिकारी समेतले बुद्धिप्रसाद घिमिरेको बयान कि.नं.६१ को जग्गामा बनेको घट्ट भत्काई दिएकोले सो विषयमा प्र.जि.अ.ले मलाई समेत बोलाई