निर्णय नं. २८२० - बकसपत्र लिखत पारित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८२० - बकसपत्र लिखत पारित भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/१६ २५३३ निर्णय नं. २८२० ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ५५७ फैसला भएको मिति : २०४३।८।१६।२ मा निवेदक/प्रतिवादी : महोत्तरी जिल्ला वलवा आदर्श गाउँ पञ्चायत वडा नं.१वलावा गोठ बस्ने वर्ष ७३ को अयोध्यादेवी माथेमासमेत विरुद्ध विपक्षी/वादी : ऐ.बस्ने पदमकुमार माथेमाको मु.स.गर्ने गंगादेवी माथेमासमेत मुद्दा : बकसपत्र लिखत पारित (१) म्याद नघाई परेको फिरादमा कारवाही नै गर्न नपर्नेमा कारवाही गरी निर्णय गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिन नआएको । (प्रकरण नं. १३) निवेदिका/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुङ्गाना विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा निवेदनपत्र पर्न आएकोमा अनुमति प्राप्त भएकोमा प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा निम्नानुसार छ : २. विपक्षी अयोध्यादेवीको भिन्न बसेका सौता हरिमाया देवीलाई मैले सेवा सुसार गरेकोले रिझाए बापत निज हरिमाया देवीले मलाई मिति २०३२।५।६ का दिन बकसपत्र लिखत लेखी दिएको सो बकसपत्र लिखत पास नहुँदै निज हरिमाया आफ्ना काल गतिले मिति २०३२।७।१८ मा स्वर्गीय हुनुभएकोले निज हरिमायाको सबभन्दा नजिकको हकदार विपक्षीलाई सो बकसपत्र पारित गरी दिनोस् भन्दा गरी नदिएकोले सो बकसपत्र लिखित रजिष्ट्रेशन पारित गराई पाउँ भन्ने समेत फिरादपत्र । ३. पति योगकुमारको जीवनकालमा र वहाँ स्वर्गीय भएपछि सौता सौता सगोलमा नै बसी जीवन निर्वाह गरी आएका थियौं । विपक्षीलाई सौता हरिमायाले बकसपत्र लिखत गरी दिनु पर्ने अवस्था नै थिएन । हाम्रो सगोलको जेथा भएकोले त्यस्तो सगोलको जेथा बकसपत्र गरी दिनु पर्ने अवस्था नै थिएन सौता हरिमायाले बकसपत्र गर्न पनि नपाउने र गरी दिएको पनि होइन, सो लिखत मलाई देखाई सुनाएमा लिखतको नामाकरण गर्ने छु भन्ने समेत प्रतिउत्तरपत्र जिकिर । ४. वादीबाट पेश भएको हैसियत रु.११,०२५।– मोल विगो रहेको मिति २०३२।५।६ गतेको बकसपत्र प्रतिवादीलाई देखाई सुनाउँदा बकसपत्रको पेज ३ मा लागेको ल्याप्चे सहिछाप हरिमाया मर्दाको अवस्थामा लगाएको हो र लेखात्मक सहिछाप दिने हरिमायाको होइन मनोहर कुमारले हरिमायाको नामबाट सही गरेको हो । ०३२ सलामा हरिमाया बिरामी हुँदा म बाहिर दबाइको इन्तजाममा बाहिर गएको अवस्थामा हरिमाया मर्न लागेको मौका परी रेखात्मक सही गराएको लेखात्मक सही मनोहर कुमारले गरेको हो । त्यस ठाउँमा सुन्दरलाल, भक्तकुमार र अरुहरू समेत थियो । निजहरू पनि यसमा सरिक छन् । सिर पुच्छारमा लागेको लेखात्मक सही कीर्ते हो भन्ने समेत प्रतिवादीको वा.शम्शेरबहादुरको बयान । ५. प्रतिवादीको भनाई अनुसार कीर्ते गरेको होइन, हरिमाया जीवित रहेका बखत राजीखुसीले बकसपत्र लेखी निजको सहिछाप गरी दिएको हो । कीर्ते होइन सद्दे हो भन्ने समेत वादीको वा.मोहनमानको बयान । ६. प्रतिवादीको भनाई अनुसार मैले लेखात्मक सही गरी कीर्ते गरेको होइन, सद्दे हो निज प्र.को भनाई झुठ्ठा हो भन्ने समेत मनोहरको बयान । ७. प्रतिवादीको भनाई अनुसार हामी समेत सम्मिलित भई बकसपत्र कीर्ते गरेको होइन । हरिमाया जीवित छँदै राजीखुसीले बकसपत्र लेखाई राजीखुसीबाट रेखात्मक र लेखात्मक सही गरेको ह