निर्णय नं. २८२१ - जबरजस्ती करणी उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८२१ - जबरजस्ती करणी उद्योग भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/२९ ४८६० निर्णय नं. २८२१ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको विविध नम्बर ९८ फैसला भएको मिति : २०४३।८।२९।१ मा निवेदक/प्रतिवादी : राजविराज नगर पञ्चायत वडा नं.३ बस्ने सलिम मिया विरुद्ध विपक्षी/वादी : हनिफ मियाँको जाहेरीले श्री ५ को सरकार मुद्दा : जबरजस्ती करणी उद्योग (१) जबरजस्ती करणी गर्न उद्योग गरे भन्ने मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १(५) भित्र पर्न आएको नदेखिँदा खारेज हुने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी/वादीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : निवेदक प्रतिवादीले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारको हजूरमा क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन एकपटक पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला इन्साफ जाँच गरी दिनु भन्ने सर्वोच्च अदालतको नाममा हुकुम प्रमांगी बक्स पाउँ भनी बिन्तिपत्र चढाएकोमा यसमा व्यहोरा साँचो भए पूर्वाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको, बिन्तिपत्रमा लेखिएको जबरजस्ती करणी उद्योग भन्ने मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु, प्रमांगीको जनाउँ बिन्तिपत्र वालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा निम्नानुसार छ । २. मिति २०३३।१।२० गते बेलुकी अं.५ बजे मेरो नाबालक छोरी गोवर टिप्न गएको अवस्थामा गाउँकै आसिन मियाँको छोरा सालिम मियाँले दुबै हात समाती लडाई करणी गर्न खोज्दा छोरीले हल्ला गर्दा गाउँकै तैयव मियाँ, हफिज मियाँ, महमद मोति मियाँ समेतले निजलाई समाती ल्याउँदा विपक्षीको बाबु यासिन मियाँ समेतले तैयव मियाँ समेतलाई कुटपिट गरी सलिम मियाँलाई छोडाई घरतर्फ लागेकोले यसरी जबरजस्ती करणी गर्न उद्योग गरेकोमा सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको हनिफ मियाँको जाहेरी दर्खास्त । ३. गोवर टिप्न गएको अवस्थामा सलिम मियाँले मलाई जबरजस्ती करणी गर्न उद्योग गरेको हो भन्ने समेत व्यहोराको जाहेरीवालाकी छोरी हसिना मियाँको मिति २०३३।१।२५ को कागज । ४. सलिम मियाँले हसिनालाई जबरजस्ती करणी गर्न उद्योग गरेको हो भन्ने अधिकांश मानिसको सरजमीन कागज । ५. नाबालक केटी हसिनालाई सलिम मियाँले जबरजस्ती करणी गर्न उद्योग गरेको कुरा हालसम्मको संकलित सबूद प्रमाणबाट सिद्ध हुनआएकोले निज सलिम उपर सजायँ हुनुपर्ने भन्ने व्यहोराको प्रहरी प्रतिवेदन । ६. मिति २०३३।१।२० गते म नदीमा नगएको हुँदा जाहेरवालाको छोरीसित मेरो भेटघाट नभएको र मैले हसिनालाई जबरजस्ती करणी गर्न उद्योग गरेको समेत होइन सो दिन ५–६ बजेका बखतमा राजविराज हटियाको इनुस मियाँको जुत्ता दोकानमा बसिरहेको अवस्थामा जाहेरवाला समेत १२ जनाले मलाई चुनाव सम्बन्धी ईवीले कुटपिट गरेकोले मैले नालेश गरेको ईवीले, त्यसबाट बच्न झुठ्ठा उजूर दिएको हो भन्ने समेत व्यहोरा सलिम मियाँको बयान । ७. सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ भित्र प्रस्तुत मुद्दा नपरेको हुँदा खारेज हुने ठहर्छ भन्ने सप्तरी जिल्ला अदालतको फैसला । ८. सप्तरी जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदनमा दावी लिएअनुसार विपक्षीलाई सजायँ हुने गरी इन्साफ होस् भन्ने व्यह