निर्णय नं. २८२२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८२२ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०४/२१ २४६२ निर्णय नं. २८२२ ने.का.प. २०४३ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.नं. १७४८ आदेश भएको मिति : २०४३।४।२१।३ मा निवेदक : गोपी कपडा उद्योग, थानकोट काठमाडौंका प्रोप्राइटर १०।२६८ इन्द्रचोक काठमाडौं बस्ने गोपीचन्द्र अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार बिक्री कर फछ्र्यौट आयोग लाजिम्पाट, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) घरेलु लगायत सबै स्तरका उद्योगले आयात गर्ने कोरा माल सहायक कोरा माल रासायनिक पदार्थ आदीमा पैठारी अवस्थामै बिक्रीकर असूल गरिनेछ भन्ने र त्यसको देहाय ७ मा एक्रेलीक सेन्थेटिक यार्न भन्ने उल्लेख भएकोबाट उत्पादित कपडाको बिक्री मुल्यमा १५ प्रतिशत बिक्री कर लाग्ने भनी गरेको ०४०।१२।३० को बिक्री कर फछ्र्यौट आयोगको निर्णय र ०४१।१।२६ को बिक्री कर निर्धारण आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. यस उद्योगले सिन्थेटिक यार्नको कपडा उत्पादन गर्ने काम आ.ब. ०३५।३६ देखि शुरु गरेको र आ.ब. ०३८।३९ मा प्रज्ञापनपत्र नं. ४१ बाट मिति ०३९।१।३० का १०,००० के.जी. र प्रज्ञापनपत्र नं. २९ बाट मिति ०३९।२।१२ मा १०,००० के.जी. गरी जम्मा मोल रु.१३,४४,७५३।६४ को जम्मा २०,०००।– के.जी. सिन्थेटिक यार्न विदेशबाट पैठारी गरेको भए तापनि सो कच्चा पदार्थ आ.ब. ०३९।४० मा प्रयोग भएको र आ.ब. ०३९।४० मा प्रज्ञापनपत्र नं.क्रमशः २१, ५३, ३९६५, ४२५४, ४५१२, ४७११, ४८०७, ५०८२, ५०८३, ४०, २३०६ बाट मिति क्रमशः ०३९।४।११, २०३९।५।२०, २०३९।१०।१०, ०३९।१०।१०, २०३९।१०।१८, ०३९।१०।२७, २०३९।१०।२७, २०३९।११।८, ०३९।११।१८ ०३९।११।१८, ०३९।१२।१३, २०४०।३।८ मा गरी जम्मा मोल रु.४९,४३,७०९।६२ को जम्मा ७,९९,५३,९६० के.जी. सिन्थेटिक यार्न कच्चा पदार्थ पैठारी गरेको छ । आ.ब. ०३८।३९ र ०३९।४० मा गरी पैठारी गरेको जम्मा ९,९८,९३,९६० के.जी. सिन्टेथिक यार्न मध्ये आ.ब. ०३९।४० मा कपडा उत्पादन गर्दा ३,५४,२७,८३१ के.जी. खर्च भई ६,४४,६६,१२९ के.जी.मौज्दात रहन गएको थियो । ३. सामयिक कर असूल ऐन, २०१२ अन्तर्गत श्री ५ को सरकारद्वारा मिति ०२९।३।२५ को नेपाल राजपत्रमा प्रकाशित आदेश सूचनाको दफा २ अनुसूची ५ को द्रष्टव्य २ को देहाय (७) अनुसार सिन्थेटिक यार्नबाट सुटिङ सर्टिङ कपडा उत्पादन गर्ने यस उद्योगले पैठारी गरेको कोरामाल सिन्थेटिक यार्नमा पैठारीकै अवस्थामा बिक्री कर असूल गरिने गरेको हुँदा निवेदकले पैठारी गरेको कच्चा पदार्थ सिन्थेटिक यार्नमा पैठारीकै अवस्थामा अनुसूची बमोजिम १० प्रतिशत बिक्रीकर असूल गरिनु पर्ने थियो । तर उस बखत बिक्री कर असूल उपर गरिएन । ४. उद्योगले उत्पादनमा बिक्रीकर लाग्ने सम्झी उत्पादन गरेको सुटिड्ड सर्टिड्ड कपडा बिक्री गर्दाको अवस्थामा बिक्री मोलको १० प्र.श.का दरबन्दीबाट ७½ प्रतिशतका दरले बिक्रीकर लगाई सोको महीना महीनामा बिक्रीकर फाँटवारी कार्यालय समक्ष दखिल गरी महीना महीनामा बिक्रीकर रकम दाखिल गर्दै आ.ब. २०३९।४० को अवधिमा रु.४,१२,६१३।२१ बिक्रीकर रकम दाखिल गरेको थिएँ । ५. त्यसप