निर्णय नं. २८२३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८२३ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/१६ २२६९ निर्णय नं. २८२३ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ३८१ फैसला भएको मिति : २०४३।८।१६।२ मा पुनरावेदक/प्रतिवादी : चितवन जिल्ला शिवनगर गा.पं वडा नं.५ बस्ने वर्ष ५३ को महेश्वर पौड्याल विरुद्ध वादी/विपक्षी : दुण्डीराजको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) आवश्यक सबूद प्रमाण बुझी पुनरावेदक प्रतिवादी कसूरदार हो होइन भनी क्षेत्रीय अदालत आफैंले निर्णय गर्नु पर्नेमा शुरु चितवन जिल्ला अदालतको निर्णय बदर गरी पुनः निर्णय गर्न पठाउन नमिल्ने । (प्रकरण नं. २४) विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर प्रतिवादी महेश्वर पौड्यालको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. मिति ०३६।११।२१ गतेको रात २१.०० बजेको समयमा चितवन भरतपुर नगर पञ्चायत वडा नं.९ बस्ने बलभद्र न्यौपानेलाई कर्तव्य गरी मारेको खबर पाए अनुसार बुझ्न जाँदा निज बलभद्रको घरमा कोही नभएको मौका पारी कर्तव्य गरी मारेको भन्ने बुझिएको, रातको ९ बजेको सायमा मृतक बलभद्रले गुहार गुहार भनी कराएको आवाज सुनी गाउँका मानिसहरू घटनास्थलमा हेर्न जाँदा कर्तव्य गरी हत्यारा भागी सकेको भन्ने बुझिएको हुँदा कानुन बमोजिम कार्यबाही गरी पाउँ भन्ने प्र.ज.दुण्डीराज शर्माको ०३६।११।२२ को प्रतिवेदन । ३. सुराकी कुकूरले बलभद्रको गोठालो अर्जुनप्रसादलाई सुंङदै गई पक्रदा महेश्वर र म भई बलभद्रलाई कर्तव्य गरी मारेको हो भनी मुख सावित भएको । सोही बखत मौकामा अर्जुनप्रसादको जिउ खानतलासी गर्दा निजको पेन्टको भित्री गोजीबाट रु.१७००।– रुपैयाँ बरामद भएको, मिति ०३६।११।२२ को बरामदी मुचुल्का । ४. भरतपुर नगर पञ्चायत वडा नं.९ शरदपुर स्थित घटनास्थल बलभद्र न्यौपानेको घरमा मृतक बलभद्रको लाश हेर्दा दक्षिण शिर, उत्तर गोडा भएको देखिएको, टाउकोको बायाँ कान पछाडि रगतपक्ष भई हतियारले रोपेको, घोचिएको जस्तो घाउ देखिएको लाशको दाहिने कम्मरमा निलडाम देखिएको, देब्रे पट्टी करङ्मा दुईवटा निलो डाम देखिएको, बायाँ हातको कुइनामा छाला खुइलिएको दाग देखिएको गुदद्वार माथि फिलामा दिशा लागेको गुदद्वाबाट दिसा निस्किएको दुबै आँखा बन्द मुख बन्द, घाँटी रुद्र घण्टीनिर वरिपरि चार ठाउँमा घाउ खत समेत निलो डाम देखिएको, दायाँ हातको बूढी औंलामा काटेको, लिड्डबाट सेतो पानी निस्किएको भूँडीमा डावर जस्तो देखिएको, भन्ने समेत व्यहोराको मिति ०३६।११।१२ को लाश प्रकृति मुचुल्का । ५. चितवन भरतपुर नगर पञ्चायत वडा नं.९ शरदपुरमा भएको महेश्वर पौड्यालको घर खान तलासी गर्दा कुनै शंकास्पद वस्तु फेला नपरेको भन्ने मिति ०३६।११।२३ को खान तलासी मुचुल्का मिति ०३६।११।२१ गते राती ८ बजे महेश्वर पौड्याल म सुत्ने ठाउँमा आई बोलाई पर सालको रुखमुनी लगी रक्सी र गैंडा चुरोट खान दिई रु.१७००।– दिन्छु बलभद्रको तिमी खुट्टा समात म घाँटी दावी मार्छु भनी सल्लाह गरी सोही मुताविक हामीले बलभद्रलाई मारेका हौं । महेश्वरको बलभद्रसंग जग्गा सम्बन्धी झगडा परी मुद्दा चली रहेकोले सोही रीसइवी साधन गर्न मारेको हो भन्ने अर्जुनप्रसाद रिसालको मिति ०३६।११।२३ मा प्रहरी समक्ष भएको बयान । ६. मृतक बलभद्र न्यौपान