निर्णय नं. २८२४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८२४ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/१७ २६१३ निर्णय नं. २८२४ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४२ सालको फौ.पु.नं.३८७।४२३।३६५ सम्वत् ०४२ सालको फौ.सा.नं. ७५ फैसला भएको मिति : ०४३।८।१७।३ मा पुनरावेदक/वादी : भनी आले मगर्नीको जाहेरीले श्री ५ को सरकार विरुद्ध पुनरावेदक/विपक्षी : जि.दाङ ल्वाहारपानी गा.पं.वा.नं.२ बस्ने लिलाबहादुर राउतसमेत विपक्षी/प्रतिवादी : ऐ.ऐ.वा.नं.२ बस्ने गुमा आले मगर्नी मुद्दा : कर्तव्य ज्यान (१) टाउको तथा छाती जस्तो संवेदनशील अड्डमा प्रहार गरेको कारणबाट मृत्यु भएको देखिएकोले निज प्रतिवादीहरूलाई पुनरावेदन जिकिर अनुसार अभियोगबाट सफाई दिनु कानुनसंगत नदेखिने । (प्रकरण नं. ३१) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षी/वादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री नरहरि आचार्य फैसला न्या.पृथ्वीबहादुर सिंह : म.प.क्षे.अ.को फैसला उपर गुमा आले मगर्नीको हकमा श्री ५ को सरकारको र प्र.लिलाबहादुर राउतको समेत पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. यही ०३९ साल मंसिर १८ गतेका दिन अं.१२ बजे मेरो लोग्ने पृथ्वीबहादुर गाउँ घुमी मादक पदार्थ सेवन गरी आइरहेको अवस्था घरबाट अं.१०० हात दक्षिण खरबारीमा आई पुग्दा देवर चोचे भन्ने दलसिंह आलेले पनि मादक पदार्थ सेवन गरेको हुँदा निजले लोग्ने पृथबहादुरलाई गाली गरेकोले देवर र लोग्नेको झगडा हुन लागेकोले म छुट्याउन पुगी सो अवस्था कुटुरे कामी, बिदरे भन्ने दले कामी १, लोटे भन्ने बलसिंह कामी १, नमे कामी १, र साइँला देवर बेदे आले १, समेत आई छुट्याएपछि हुकुमबहादुर राउत १, लिलाधर राउत क्षेत्री १, खिमबहादुर बली १, समेत आई लोग्नेलाई कुटपिट गरेको र खिमबहादुर वलीले लोग्नेको अण्डकोश समाती मुटुमा हानेको थिए सासु गुमाले पनि डण्डाले प्रहार गरेपछि लोग्ने मुर्छा परे । सोही चोट पिरले लोग्ने पुथबहादुर २०३९।८।२३ गते परलोक हुनुभएकोले कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने आले मगर्नीको जाहेरी दर्खास्त । ३. लाशको निधारमा लाठी ढुड्डाले हिर्काएको घाउ भएको दायाँ कोखामा निलडाम भई सुन्निएको, बायाँ अण्डकोषमा घाउ भई सुन्निएको भन्ने समेत ०३९।८।२४ को लाश प्रकृति मुचुल्का । ४. चोट पिरले मरेको भन्ने पोष्टमार्टम रिपोर्ट । ५. गते बार थाहा छैन भैलोको भोज खाने दिनमा हो, सौतेनी छोरा पुथबहादुर मेरो छोरा चोदे भन्ने दलसिं आलेको साबुन विषयमा भनाभन झगडा हुँदा कुुटुरे कामी, नमे कामी, लेन्टे कामी र छोरा वेदप्रसाद समेत भई झगडा छुट्याई दिएका थिए । पृथबहादुरले मादक पदार्थ सेवन गरेकोले जथाभावी बोली खुकुरी ल्या भन्दा खिमेबहादुर, लिलाधर, हुकुमबहादुर आई पृथबहादुरलाई धकेल पकेल गरी कुटपिट गरेका थिए त्यही चोटले थलापरी ६ दिन पछि मरेको हो । झगडा नगर भनी मैले आँगन बडारने सिपकीनाले पृथबहादुरको खुट्टामा हिर्काएकी हुँ भन्ने समेत गुमा आले मगर्नीको प्रहरीमा गरेको बयान । ६. ०३९ साल मंसीर १८ गते भैलोको भोज खाई म र मेरो साथमा लिलाधर राउत, खिमबहादुर वली समेत फर्किरहेको अवस्थामा पृथबहादुर निजको भाइ चोचे, सौतेनी आमा गुमा र श्रीमती गुमा समेत वादविवाद गरी झगडा गरी रहेकोले हामी तीनै जना त्यस ठाउँमा गयौं, पृथबहादुरले आफ्नो स्वास्नीको कपाल घाँटी समातेकोले खिमबहादुरले अण्डकोष ताने लिलाधरले टाउकोमा ह