निर्णय नं. २८२५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८२५ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/२४ २४५० निर्णय नं. २८२५ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रि.नं. २२८२ आदेश भएको मिति : २०४३।८।२४ मा निवेदक : वीरेन्द्र नगर पञ्चायत वार्ड नं. ८ बस्ने बिजयराज उपाध्याय विरुद्ध विपक्षी : श्री भू.प्र.का.सुर्खेत वीरेन्द्र नगरसमेत विषय : उत्प्रेषण (१) मानसिक स्थिती ठिक नभए आफ्नो परिवारको अन्य सदस्यबाट प्रतिवाद गराउन पर्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट, विद्वान अधिवक्ता श्री शिवराज अधिकारी आदेश न्या.पृथ्वीबहादुर सिंह : संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ । २. म निवेदकको नाममा दर्ता रहेको कटुवा गा.पं.वार्ड नं. २(क) कि.नं.३० को ज.वि.१–०–८३/४ को जग्गा अधिया शर्तमा विपक्षी नं. २ ले कमाई आउनु भएकोमा जोताहा स्थायी निस्साको प्रमाणपत्र पाउँ भनी विपक्षी नं. १को कार्यालयमा निवेदन दिनु भएको रहेछ । विपक्षी नं. २ को विपक्षी नं. १को कार्यालयमा कार्यबाहीको लागि निवेदन पर्नुभन्दा अगावै अर्थात् २०२७ साल देखिनै म निवेदक मानसिक रोग (उन्माद दिमाग सम्बन्धी रोग) ले पिडित भएकोले औषधी उपचार गराई आएको हुँदा कार्यबाहीको कुनै जानकारी हुन सकेन । यस्तो अवस्थामा विपक्षी नं. २ कुनै प्रकारको मोही नहुँदा नहुँदै अनुसूची, कबूलियत भर्पाइको अभावमा मेरो मगज विग्रेको मौका पारी विपक्षी नं. १को कार्यालयले मलाई आफ्नो भएको व्यहोरा समेत प्रतिवाद गर्ने मौकाबाट बन्चित गरी विपक्षी नं. २ लाई उक्त जग्गाको कथाकथित २ नं.लगत र २०१९ सालको अधिया बाली बुझाएको रसीदको आधारमा भू.सं.ऐन, २०२१ को परिच्छेद ७ को दफा २५ को उपदफा (२) बमोजिम मोहियानी कायम गरी मोहियानी हकको स्थायी प्रमाण दिने भनी गरिएको निर्णय सर्वमान्य प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुन गएको छ । यसरी प्रत्यर्थीहरूबाट भएको कारवाही र निर्णयको कुरा मिति ०४२।१२।१ मा निर्णयको नक्कल सारी हेर्दा थाहा पाएको र सो थाहा पाउनासाथ प्रत्यर्थीहरूको उक्त काम कार्यवाही निर्णय बदर गराउन सम्मानीत अदालत समक्ष उपस्थित भएको छु । मानसिक रोगले पिडित भएको सम्बन्धमा सरकारी चिकित्सकबाट प्राप्त भएका प्रमाणपत्र एवं सिफारिश पत्रबाट पुष्टि हुने नै छ । फेरि भू.सं.ऐन, २०२१ को दफा ८(१) मा मोहीको हैसियतले कमाउन पाउने जग्गाको अधिकतम हद ज.वि.४–०–० तोकेको छ । विपक्षी नं. २ को नाममा करिब १२ विगहा जग्गा जग्गावालाको हैसियतले दर्ता रहेको कुरा निजले आफ्ना परिवार बीच मिति ०४२।३।३० मा गरेको पारित अंशबण्डाले समेत पुष्टि गरेको छ । विपक्षी नं. २ भू.सं.ऐन, २०२१ को दफा २५(२) अन्तर्गतको मोही पनि होइनन् । यस दफा अन्तर्गतको मोही हुन ऐनको दफा ३४(१) बमोजिमको दोहोरो कबूलियत हुनुपर्ने अनिवार्यता देखिन्छ । यी सब कारण प्रमाणबाट विपक्षी नं. २ मेरो जग्गाको विधिवत मोही हुन नसक्ने प्रष्टै छ । उपयुक्त कानुनी व्यवस्था विपरीत सबूद प्रमाणको मूल्याङ्कन नगरी भएको निर्णय भू.सं.ऐन, २०२१ को दफा ८(१)(२) प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ बमोजिम प्रत्यक्ष त्रुटिपूर्ण भएकोले र म निवेदकको संविधानको धारा १०(१), ११(२)(ङ) तथा १५ ले दिएका मौलिक हकहरूमा आघात पुग्न गएको र अन्य उपचारको बाटो नहुँदा संविधानको धारा १६।