निर्णय नं. २८२६ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८२६ - ज्यान मार्ने उद्योग भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/२६ ३८८१ निर्णय नं. २८२६ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ६०१ फैसला भएको मिति : २०४३।८।२६।५ मा पुनरावेदक/प्रतिवादी : बाँके के.का.कार्यालय मार्फतको कारागारमा थुनिएको इस्लामुद्दिन जोलाहा विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : ज्यान मार्ने उद्योग (१) ज्यान मार्ने उद्योगका मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको अपराधिक कृयाबाट उसको मनसायको पत्ता लगाउनु पर्ने । (प्रकरण नं. २१) (२) अपराधिक कृया र रिसबाट छुरा प्रहार गरेको भन्ने देखिएबाट ज्यान मार्ने मनसाय थियो भन्ने कुरामा शंका नदेखिने । (प्रकरण नं. २१) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मी विपक्षी/वादीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन समेत पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् : वादी श्री ५ को सरकार प्रतिवादी राम लक्ष्मण कुम्हाल समेत भएको डाँका मुद्दामा ०३९।७।२३ गते बाँके जि.अ.मा इश्लामुद्दिन जोलाहाका विरुद्धमा बयान गरेको कुरा थाहा पाई इश्लामुद्दिन जोलाहा र खुरकुन्च अली साई समेत ऐ.२४ गते राती ९ बजे म जाहेरवालाको घरद्वारमा आई गाली गरी रोडा समेत घरमा हान्दा म आफ्नो ज्यान जोगाई चुप लागी घरमा बसी राखें । प्र.पञ्च असगर अली अंसारीको समक्ष मौखिक उजूरी गरें । सुनुवाई गर्नु नभएकोले घर फर्की आएँ । ऐ.२५ गते बिहान ९ बजे तँ साले म इश्लामुद्दिनको विरुद्ध बयान गरेको छस् तेरो जहान परिवारलाई नमारी छोड्दिन भनी म जाहेरवालालाई लछार पछार गरी छोरा जय सिंहलाई पनि कुटपिट गरेको तजमुल अंसारी घटनास्थलमा बीच बचाउ गरेको र प्र.पं.असगर अलीको घरद्वारमा पुगी कुराकानी हुन लागेको अवस्थामा इश्लामुद्दिन र खुरकुन्द अली समेत पुगी खुरकन्द अलीले यो जयसिंहलाई ज्यानैबाट मारी दिनु पर्यो भनी भन्नासाथ इश्लामुद्दिनले हातमा लिई राखेको छुराले ज्यानै मार्ने उद्देश्यले जय सिंहलाई दायाँ बायाँ पिठमा दुईपटक हिर्काएको तेश्रो पटक हिर्काउन खोज्दा जयसिंहले हात समाती दिएका र सोही हतियारले चोट लागी भूइँमा लडेपछि तजमुल समेतले पक्राउ गरी गरेका ज्यान मार्ने उद्योगमा सजायँ गरी पाउँ घा जाँच भेरी अञ्चल अदालतबाट गराई पाउँ भन्ने समेत जाहेरी दर्खास्त । २. जाहेरीमा उल्लेख भए बमोजिम मेरो बाबु कासीरामको र इश्लामुद्दिनका बीचमा कुटपिट हुन थाल्यो मैले मेरो बुढा बाबुलाई पिटेको र मन लागी भनी गाली गरेको सहन नसकी छुटाउन जाँदा असगर अलीको घरको अगाडि सडकमा मेरो पछाडिबाट आई मार्ने नै नियतले छुरीले हिर्काएको र बेहोस भएपछि मलाई कसरी कसले अस्पताल पुर्याए थाहा पाइन, मार्ने नियतले हिर्काएकोले सजायँ गरी पाउँ भनी जय सिंहले प्रहरीमा गरेको बयान । ३. २०३९ साल कार्तिक २५ गते विहान ७।८ बजे जयपुर गा.पं.वार्ड नं. ४ मा रहेको बजारमा घर खर्चको सामान खरीद गर्न जान भनी गएको मलाई देख्ने वित्तिकै जय सिंह सुनारले लोफर गुण्डा भनी गाली गर्न थाले मैले पनि आमा बहीनी चकारी गाली दिएँ । कासीराम र जयसिंह समेतले लाठीले मलाई कुट