निर्णय नं. २८२८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८२८ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०३/१० २४४५ निर्णय नं. २८२८ ने.का.प. २०४३ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ३९१ सम्वत् २०४२ सालको साधक नं. ६९ फैसला भएको मिति : ०४३।३।१० मा वादी : मनोहरलालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : मनोहरलाल डगोरा थारु मुद्दा : कर्तव्य ज्यान (१) आफ्नो अनुपस्थितिमा आफ्नी श्रीमती र बाधुराम रती क्रियामा आपसमा लिन भइरहेको अवस्थामा प्र.ले आफ्नी श्रीमती र बाधुराम समेतलाई तत्काल रीस उठी रीस थाम्न नसकी कुटी मारेको, मार्नु पर्ने सम्मको रीस इवी, घटना पूर्व नभएको सरजमीन समेतको भनाई समेतबाट यही कुराको पुष्टि हुनआएको देखिँदा घटनाको अवस्था प्रकृति समेत विचार गर्दा अ.बं.१८८ नं. बमोजिम प्र.लाई १० वर्ष कैद हुने । (प्रकरण नं. २१) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पृतम राणा फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।२।१७।५ को फैसला उपर पुनरावेदन परी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. म भगरैया भन्ने कूलो खनेको ठाउँबाट मिति २०४१।२।२ गतेका राती अन्दाजी ११।१२ बजेको समयमा तमाखु लिन भनी आफ्नो घर आउँदा ढोका खुला थियो र घरभित्र मेरी श्रीमती रामकिसनी र किसान बाधुराम डगौरा थारु आपसमा रती क्रिया गरिरहेको देख्दा तत्काल रीस उठी आगो बाल्न भनी ल्याएको चिरेको दाउराले प्रहार गर्दा दुवै जनाको मृत्यु भएको हुनाले सो कुरा मैले छिमेकी भुरसनी थारुलाई भनेपछि सोही रातको अन्दाजी ३ बजे मौखिक र भोलिपल्ट प्रहरी थाना टिकापुरमा जाहेरी दिएको हुँ । भन्ने समेत मिति २०४१।२।३ गतेको प्रतिवादी मनोहरलाल डगौरा थारुको जाहेरी र मिति २०४१।२।२ गतेको राती मेरो सहोदर दाइ बाबुराम डगौरा थारुलाई मनोहरलाल डगौरा थारुको घरमा मनोहरलालले हिर्काई मारेको छ भन्ने हल्ला सोही रातको २ बजे सुनेपछि म समेतका मानिसहरू निजको घरमा गई हेर्दा मेरो दाइ बाधुराम थारुले मनोहरलालको श्रीमती समेत रती क्रिया गर्दा गर्दै मनोहरलालले फेलापारी लाठीले प्रहार गरी निजहरूको मृत्यु भएको कुरा मनोहरलालले गाउँका मानिस समेतलाई भनेको भन्ने समेत मृतकको भाइ चिलुराम डगौरा थारुको समेत मिति ०४१।२।३ को जाहेरी । ३. मिति २०४१।२।३ गते बाधुरामको मृत्यु भइसकेको र श्रीमती रामकिसनी थारुको घिर घिर सास चली मरणासन्न अवस्थामा फेला परेको र देखाए अनुसार दुवै उत्तानो परेका बाधुरामको टाउँको पश्चिमतर्फ र खुट्टा पूर्वतर्फ रहेको, रामकिसनी थारुको टाउँको पूर्व र गोडा पश्चिम भएको दुवैका मुख चेहरा भनी रगत र रामकिसनीको बायाँ खुट्टा बाधुरामको दायाँ खुट्टा माथि रहेको भन्ने समेत २०४१।२।३ को र सेतो बनियान लगाएको, निलो कट्टु लगाएको, अर्का कम्मर र जमीनमा भएको कपडा समेत खोली पल्टाई हेर्दा दुवै आँखा बन्द मुख खुला भएको जिभ्रो बाहिर निस्केको बाँया गालामा ५”३” को निलडाम भएको चिउँडोमा ३” लामो १–½ इन्च चौडा १–½ इन्च गहिरो घाउ भएको र चिउँडोको हड्डी टुटेको घाँटी सुन्निएको समेत मृतक बाधुरामको लाश र घरको पूर्वतर्फको आँगनमा दक्षिण टाउँको उत्तर गोडा भई खाट माथि सुताएको सेतो टेरिकटनको चोलो लगाएको सो चोलो रगतले भिजेको रातो बुट्टे लहंगा लगाएको दुवै आँखा खुल्ला भएको ओठ मुख नाक कानबाट खुन निस्किएको, अनुहार पूरै सुन्निएको, ओठ छु