निर्णय नं. २१४६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१४६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/०५ २३३१ निर्णय नं. २१४६ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रि.नं. २१४१ विषय : उत्प्रेषण निवेदक : जिल्ला नवलपरासी कावासोती गा.पं. वा.नं. ५ बस्ने प्रधान पञ्च प्रेमबहादुर गुरूङ विरूद्ध विपक्षी : निर्वाचन विशेषा अदालत नवलपरासी जिल्ला अदालतका न्यायाधीश श्री गोविन्दप्रसाद घिमिरे जि. नवलपरासी कावास्वती गा.पं. वा.नं. २ बस्ने निरप्रताप सिंह आदेश भएको मिति : २०४१।१०।५।६ मा § वादीले दावी गरेभन्दा बाहिर गई नभएको मितिको निर्वाचन बदर गर्ने गरेको निर्वाचन विशेष अदालतको फैसला अ.बं. १२८ नं. को प्रतिकूल हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री दमन ढुंगाना उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. कावास्वती गा.पं. को प्रधानपञ्चको पदमा ०३९।२।३ गते भएको निर्वाचनमा म निवेदकले ५०६ मत प्राप्त गरी निर्वाचित भई प्र.पं. को पद समाली आएको थिए । विपक्षी निरप्रताप सिंहले विपक्षी अदालतमा उजूर दिनुभएकोमा मैले इन्कारी प्रतिवाद गरेको थिएँ । विपक्षी अदालतबाट मिति ०३९।२।३ गतेको निर्वाचन बदर भई बढी मत प्राप्त गर्ने निरप्रताप सिंह निर्वाचित घोषित हुने ठहर्छ भनी ०४०।१०।२० मा फैसला भयो । ३. विपक्षी निरप्रताप सिंह मिति ०३९।१।३ को निर्वाचन बदर गरिपाउँ भनी उजूरी दिनु भएकोमा विपक्षी अदालतले ०३९।२।३ को निर्वाचन बदर गर्ने निर्णय गरेको छ । ०३९।२।३ को निर्वाचन बदर गरिपाउँ भन्ने दावी छैन । तसर्थ वादी दावी भन्दा बाहिर गई दावी नै नभएको कुरामा गरिएको निर्णय त्रुटिपूर्ण भई बदरभागी छ । विपक्षीले उजूरीको प्रमाण खण्डमा ०३९।१।२८। को निर्वाचन सम्बन्धी कागज बुझी पाउँ भनेको छ । तसर्थ ०३९।२।३ को निर्वाचन बदर गर्ने गरेको विपक्षी अदालतको ०४०।१०।२० को निर्णय र ०४०।११।३० मा गरेको शपथ को निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी प्र.पं.को पदमा कायमै राखिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेश । ५. निरप्रताप सिंहको उजूरी परेपछि मतपत्र छानविन गरी सदर बदर छुटयाई जोड्दा वादी निरप्रतापको सदर मत ४९९ र रिट निवेदकको बदर मत ११ कटाउँदा बाँकी मत ४९५ देखिन आएको निर्वाचन बदर गरी बढी मत प्राप्त गर्ने प्रतापसिंहलाई विजयी घोषित गर्ने गरिएको निर्णय कानुनअनुरूप हुँदा रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत नि.वि.अ. नवलपरासीको लिखितजवाफ । ६. जि.नवलपरासी कावास्वती गा.पं. को प्र.पं. को निर्वाचन ०३९।२।३ मा भएको हो । ०३९।१।३ मा कुनै निर्वाचन भएकै छैन । स्थानीय पञ्चायतको निर्वाचन बैशाख देखि शुरू भई पहिलो दोश्रो र तेश्रो चरणमा समाप्त भएको र अन्तिम समूहमा हाम्रो पञ्चायतको निर्वाचन भएको हो । त्यस्ता कुराको आधार उजूरी माग नभई मतदान अधिकृतको रेकर्ड हो विपक्षी विजयी र म पराजित भएको जुन निर्वाचन हो त्यसलाई नै लक्ष्य गरेको हो र सोही निर्वाचनको औचित्यता भित्र पनि रिट निवेदक विजयी भएको निर्वाचनलाई बदर गर्ने गरेको नि.वि.अ.को निर्णय का