निर्णय नं. ९०९८ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०९८ - बन्दीप्रत्यक्षीकरण भाग: ५५ साल: २०७० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७०/१२/०५ ४६५६ नेकाप २०७० अङ्क १२ नि.नं.९०९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री तर्कराज भट्ट आदेश मिति : २०७०।१२।५।४ ०७०-WH-००३२ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : मिराज श्रेष्ठका हकमा काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. ३४ घर भई हाल ऐ.ऐ. नँया बानेश्वर, संगमचोक पञ्चकुमारी मार्ग, ब्लक नं. ४७/४६ मा डेरा गरी बस्ने मिराज श्रेष्ठको बाबु राजेशप्रसाद श्रेष्ठ विरूद्ध विपक्षी : जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं. १० सुख्खानगर स्थित Everest Boarding +2 अगाडि रहेको विष्णुप्रसाद गौतमको घरमा डेरा गरी बस्ने मनमाया घर्ती क्षेत्रीसमेत § एउटा बच्चाकोलागि आफ्नो जन्मदिने आमाभन्दा नजिकको संरक्षक अरू कोही हुन सक्दैन, त्यसैले प्रथम तथा प्राकृतिक संरक्षक आमा नै हो । जन्मदिने आमाले आफ्नो बच्चाको सन्दर्भमा अहित हुने किसिमको कुनै कार्य गर्छ भनी सहज स्वीकार्नमात्र होईन कल्पनासम्म पनि गर्न नसकिने । § जन्म दिने आमाको संरक्षकत्वमा नै रहेको र त्यहाँ नाबालकको हितको संरक्षण नै हुने अवस्था हुँदा जबर्जस्तीरूपमा गैरकानूनी ढङ्गले बन्दी बनाई राखेको भनी अर्थ गर्न नमिल्ने । § आमाको संरक्षकत्त्वमा रहेको नाबालकलाई गैरकानूनी तवरबाट आमाले बन्दी बनाएको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता प्रवीण प्रधान विपक्षीतर्फबाट : विद्वान अधिवक्ताहरू हरिबहादुर कार्की, रविन्द्र भट्टराई र बद्री पाठक अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, लोग्नेस्वास्नीको महलको ३ नं.को देहाय ४ § बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ८(१) र २०(१) आदेश न्या. वैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ : विपक्षी मीना घर्ती क्षेत्रीसँग मेरो सामाजिक परम्पराअनुसार मिति २०५८।०१।१३ मा विवाह भै छोरा मिराज श्रेष्ठको जन्म भएको हो । हामीबीचको दाम्पत्य सम्बन्ध पनि १० वर्ष बितिसकेको थियो । आफ्नो हैसियत भन्दा बढीको विलासीता जीवन र शङ्कास्पद बानी ब्यहोराका कारण मेरो श्रीमती र मबीच झै-झगडा हुने गर्दथ्यो । यसै क्रममा हामीबीचको लोग्नेस्वास्नीको नाता सम्बन्ध बिच्छेद् हुने गरी मिति २०६९।१२।२० मा काठमाडौ जिल्ला, अदालतमा मिलापत्र भएपश्चात् विपक्षीहरू छोरा मिराजसहित तत्कालीन अवस्थादेखि मबाट सम्पर्क विहीन भई अन्त कतै बस्न गएका थिए । छोरा मिराज श्रेष्ठसँग भेटघाट गर्ने इच्छा भै माथि उल्लिखित ठेगानामा गई सोधपुछ गर्दा विपक्षी मनमाया घर्तीले “मेरो छोरी र तेरो सम्बन्ध बिच्छेद् भैसकेको छ, अब तँ यहा आउनु पर्दैन, मेरो छोरी र नाती तँसँग भेट्न पनि चाहदैन, तँसँग नातिलाई भेट्न पनि दिदैनौ, तँलाई जे मन लाग्छ गर्” भनी मलाई कुनै जानकारी नदिई मेरो नाबालक छोरालाई बन्दी बनाई मसँग भेट गर्न नदिई राखेका छन् । यसरी विपक्षीहरूले मेरो छोरालाई बन्दी बनाई राखेकोले निज नाबालक छोरा मिराज श्रेष्ठ स्वदेश वा विदेश जुनसुकै मुलुकमा भए पनि म जन्मदाता बाबुसँग बस्न वा भेटघाट गर्न दिनु भनी विपक्षीहरूको नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाऊँ भन्नेसमेत ब्यहोराको राजेशप्रसाद श्रेष्ठको निवेदन । यसमा के कसो भएको हो निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो आदेश