निर्णय नं. २८२९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८२९ - ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०३/१० २३९४ निर्णय नं. २८२९ ने.का.प. २०४३ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ३४९ सम्वत् २०४२ सालको साधक नं. ७९ फैसला भएको मिति : २०४३।३।१०।४ मा पुनरावेदक/प्रतिवादी : जि.भोजपुर हतुवा वासिखोरा गा.पं.वा नं. १घोरेटार बस्ने अमरबहादुर राई विरुद्ध विपक्षी/वादी : नरसिंहबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) मार्नेसम्मको मनसाय ईवीको अभावमा जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पृतम राणा फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१।१० को फैसला उपर प्रतिवादीतर्फबाट पुनरावेदन पर्न आई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. वासीखोरा गा.पं.वा.नं.१ बस्ने गा.स.स. अम्मरबहादुर राईको जेठी श्रीमती माइत बसेकी अवस्थामा ऐ.बस्ने दिनलबहादुर राईले जारी गरी लगेकोले धनमाल विषयमा सल्लाह गर्न २०३५।१२।२७ गते रक्सुवा डाँडामा भेला भई दिलबहादुर तर्फबाट कुरा मिलाउन तुलसीराम राई, बजीरमान राई समेत ४ जना र अम्मरबहादुर राईको तर्फबाट निजकी कान्छी श्रीमती बीरबहादुर राई, जमान सिंह राई समेतका १४ जना जम्मा भई कुरा गर्दा अम्मरबहादुर र मर्ने तुलसीरामको मुखामुख भई कुरा नमिल्दा तुलसीरामलाई अम्मरबहादुर र जमान सिंहले पक्रिने अम्मरबहादुरकी कान्छी श्रीमतीले कुट्ने गर्दा उपस्थित मानिसले रोकथाम गरी सम्झाउँदा झगडा नगरी मिल्छौं भनी अम्मरले मेरो ससुरा भोजमान, तुलसीराम र जीतबहादुर समेतलाई मेरो घरतर्फबाट आउनु भनी अगाडि हिंडे बेलुका ८ बजे अम्मरबहादुरको घरमा पुग्दा अघिबाट जाहेरीमा लेखिए मध्येकै भेला जम्मा भई एक्सासी लाठी घोचाले तँलाई मित्रता यही हो भनी अम्मरबहादुर, नाककुचे, भरत, लोके, गजुरमान, श्री जमान सिं, अम्मरबहादुरकी कान्छी श्रीमती नाउँ नजानेको राईनी समेत ७ जना भई जीतबहादुर र तुलसीरामलाई कुटपिट गरी तुलसीरामलाई मारी अम्मरबहादुरको घरबारीदेखि अं.१०० गज पर फालेछन् राती तुलसीराम घरमा नभएको निजकी श्रीमतीले कुरा गरी जीतबहादुर समेत लिई हेर्न जाँदा तुलसीरामको लाश देखी जाहेर गरेको छु, लाश जाँच गरी निजहरूलाई पक्राउ गरी कानुन बमोजिम गरी पाउँ भन्ने नरसिंहबहादुरको २०३५।१२।२९ को जाहेरी दर्खास्त । ३. धनमालको विषयमा २०३५।१२।२७ गते दिउँसो तुलसीराम अम्मरबहादुरको झगडा भो भन्ने सुनें राती तुलसीराम र जीतबहादुरले अम्मरबहादुरको घरमा गुहार भनेको र लाठीको आवाज सुनें, आउन सकेनौं, बोलीको आवाज सुन्दा नाककुचे, लोके, डिल्लीमान, बजीरमानले भो भो नगर ज्यानै मरिसक्यो भन्ने सुनें, १० बजे राती मेरो घर फोर्न आउने चोर तुलसीलाई पक्रिनोस् भनी भनेको अम्मरबहादुरको आवाज चिनें, गाउँमा तुलसीरामलाई जीतबहादुरले कुट्दैछ भन्ने पनि सुनें, भोलिपल्ट हेर्न जाँदा कुटपिट गरी मारेको रहेछ, लाइट नाककुचेको हो । कुट्नेमा अम्मरबहादुर, नाककुचे, लोके, डिल्लिमान, भरत समेतले कुटी मारेको हो भन्ने समेत सरजमीन मुचुल्का । ४. बुझिएका सरजमीनबाट तुलसीरामलाई मार्नमा सहमति थियो भनी प्रष्ट भन्न नसकेको, बिना देवी राई, गजुरमान राई र जमान सिंह राईलाई हाजिर जमानीमा छाडी दिने र तुलसीरामलाई कुटी मार्ने अम्मरबहादुर, भरतबहादुर भनेको भरत राई, नाककुचे भनेको प्रेमबहादु