निर्णय नं. २१४८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१४८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/११ २१३० निर्णय नं. २१४८ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं. २०६४ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : बारा, पतहटी गा.पं. वा.नं. भैवरा बस्ने मेथुर राउत अहिर विरूद्ध विपक्षी : जि.भू.सु.का. बारा, कलैया जि. बारा, पतरहटी गा.पं. ३ वा. भैवरा बस्ने हवल्दार राउत कुर्मि आदेश भएको मिति : २०४१।१०।११।५ मा § भर्पाई दिलाई पाउँ भन्ने दावी भएकोमा त्यो भन्दा बाहिर गई भू.सु.का. बाराले जग्गाधनी प्रमाणपूर्जामा मोहीको नाम छुट भएको देखिएकोले मालपोत कार्यालयको श्रेस्ता चढाउन भू.सु.का. मा लेखी पठाउने भनी गरेको निर्णय उपरोक्त कानुनको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र रमेशविक्रम कार्की उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : भू.सु.का. बाराको मिति ०४०।११।१४।१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. जि.बारा पतरहटी गा.पं. वा.नं. ४ साविक कि.नं. ८३ को ज.बि. १–१५–१० साविक ज.ध. समुजवा वा.नं. ४ बस्ने दिनेशसा कलवारका नामबाट कित्ताकाट भई मेथुर राउत अहिर र फागुसा कलवारको नाममा दर्ता हुन आएको जग्गादेखि नै जोतकोड गरी बाली बुझाउँदै आएकोमा ०३९ सालको बाली हाल ज.ध.हरूले बुझी लिई भर्पाई नदिएकोले भर्पाई पाउँ भनी हवलदार राउत कुर्मीले भू.सु.का. बारामा उजूरी निवेदन गरेकोमा दावीको जग्गाको निवेदकले बाली बुझाएको छैन, दावी झुठ्ठा हो भन्ने ज.ध. मेथुर राउत अहिरको इन्कारी बयान समेत भएपछि ज.ध.को श्रेस्ता पूर्जाको मोही महलमा नापी शाखाको क्षेत्रीय किताब बुझ्दा हवलदार राउत कुर्मीको नाम कायम हुन छुट भएको देखिँदा मालपोत कार्यालयको श्रेस्तामा चढाउन मालपोत कार्यालयलाई अनुरोध गर्ने भन्ने भू.सु.का. बाराबाट मिति ०४०।११।१४।१ मा निर्णय भएको रहेछ । ३. विपक्षी हवलदार राउत कुर्मी मेरो मोही होइन, मैले प्राप्त गरेको ज.ध.प्र.पूर्जामा मोही लेखिएको छैन, मोहियानी हकको प्रमाणपत्र तथा २ नं. अनुसूचीमा आफ्नो नाम छ भन्न सकेको छैन, भू.सु.नियम, २०२१ को नियम ३ अनुसार १ नं. लगत भएको देखिँदैन, ऐ. ऐनको दफा ३४ अनुसार जग्गा कमाउन लिए दिएको दोहोरो कबुलियत र कूतबाली बुझाएको रसिद भर्पाई समेत छैन र मैले खरीद गरी लिनुभन्दा अगावै मेरो दाता स्वयंमले कमाई आएको र यसै जग्गाको ०३९ सालको उखुबाली लुटपीट गरे उपर फिराद गरेकोमा हवलदार कुर्मीले लुटपिट गरेको ठहरी बारा जि.अ.बाट फैसला भएको छ साथै कूतबाली बुझेको भर्पाई दिलाई पाउँ भन्ने विपक्षी हवलदार कुर्मीको उजूरी दावी भएकोमा मुलकी ऐन अ.बं. १४८, १२४क र १८५ बमोजिम वादी दावी अनुसार इन्साफ गर्नुपर्नेमा सो नगरी हवलदार कुर्मीको नाम कायम हुन छुट भएको देखिँदा श्रेस्तामा चढाउन पठाउने भनी उक्त कानुनहरूको बिपरीत दावी बेगरको इन्साफ गरी मोही नै नभएकोलाई मोही गराउने प्रकारसँग गरिएको भू.सु.का., बाराको ०४०।११।१४।१ को निर्णयबाट मेरो संवैधानिक हकमा आघात प