निर्णय नं. २८३२ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८३२ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/३० २३६८ निर्णय नं. २८३२ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको रिट नम्बर २२०३ आदेश भएको मिति : २०४३।८।३०।२ मा निवेदक : का.न.पं.बानेश्वर बस्ने सप्तरीबहादुर श्रेष्ठसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार विशेष प्रहरी विभाग सिंहदरबारसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ (१) बर्खास्त गर्दा भविष्यमा अयोग्य ठहरिने गरी भन्ने लगाइएको अभियोग सम्म हटाई दिने हुकुम प्रमांगी बक्स भएको देखिन आएकोले श्री ५ को सरकारले सोही बमोजिम निवेदकहरूको उपर २०४१ साल बैशाख १ गते देखि लागू हुने गरी भविष्यमा अयोग्य ठहरिने गरी लागेको अभियोग हटाउने गरेको दावीको निर्णय विपक्षीतर्फको जिरह बमोजिम मनसिबै देखिन आयो । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. हामी निवेदकहरू मध्ये सप्तरीबहादुर श्रेष्ठ, कृष्णप्रसाद भण्डारी तथा नारायणबहादुर श्रेष्ठ वैदेशिक हुलाक कार्यालयमा खरिदार, मुखिया र पियन थियौं । म गणेशप्रसाद कोईराला भन्सार विभागमा मुखिया थिएँ । हामी चारैजनालाई पार्सल नं. ६०३३ अनाधिकार खोली यसमा भएको घडीहरू झिकी गैरकानुनी ढड्डबाट छुटाई कानुनले लिन खान निषेध गरेको रकम लिन खानु गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ बमोजिम कसूर गरेको भनी मिति ०२९।६।३।३ देखि थुनामा राखि कारवाही गरियो । मिति ०२९।६।२५।४ देखि सस्पेण्ड समेत राखियो । त्यसपछि हामी निवेदकहरूसंग स्पष्टीकरण समेत लिई ०३१।३।१४।६ देखि हामी निवेदक चारैजनालाई कसूरको मात्रा अनुसार भनी निजामती सेवा नियमावली, २०२१ को पच्छिेद १० को नियम ६ (५।७) तथा १.६ अनुसार भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य ठहररिने गरी बर्खास्त गरी दिने भनी विपक्षी वि.प्र.वि.ले पर्चा खडा गरी हामीलाई नोकरीबाट बर्खास्त गरिएको मिति ०३१।३।१४ को पत्र दिइयो । यो निर्णय गैरकानुनी एवं अन्यायपूर्ण रहेको र हामीले कसूर गरेको प्रमाण विशेष प्रहरी विभागमा हामीलाई डर त्रास देखाई गरेको कागज बाहेक केही पनि छैन अनुमानको भरमा आरोप लगाई त्यसको आधारमा हामीलाई बर्खास्त गरेको मिलेन रद्द गरी पाउँ भनी श्री ५ को सरकार गृह मन्त्रालयमा हामीले संयुक्त पुनरावेदन गरेकोमा श्री ५ को सरकारबाट ०३२।७।२५ मा वि.प्र.वि, को निर्णय सदर गरेको सूचना २०३२।९।६ मा दिइयो साथै हामीहरूको पदमा विपक्षीहरूलाई भर्ना गर्ने काम समेत भएछ । यसपछि हामीलाई अन्याय भयो भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र चढाएको उपर कारवाही हुँदा श्री ५ महाराजाधिराज सरकारबाट अदालतमा भएको निर्णयलाई समेत ध्यानमा राखी बिन्तिपत्रमा उल्लेख भएको व्यहोरा समेत बुझी सेवा सम्बन्धमा पुनः विचार गरी दिनु भन्ने हु.प्र.भई प्रधानमन्त्रीज्यू समक्ष पेश हुँदा वि.प्र.वि.ले बर्खास्त गरेको निर्णय बदर भएको नदेखिँदा नि.से.नि. को पच्छिेद १० को नियम १०.१५ बमोजिम पुनः विचार गर्न नमिल्ने भनी मिति २०३९।९।१२ को पत्रबाट हामीला