निर्णय नं. २१५० - उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जिं जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१५० - उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जिं जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/०७ २२२३ निर्णय नं. २१५० ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं. १७२० विषय : उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जिं जारी गरिपाउँ निवेदक : जि.सिरहा गा.पं. हनुमाननगर वा.नं. ४ बस्ने असर्फी मुखिया विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय, सिराहा जि. सिराहा गा.पं. हनुमान नगर वा.नं. ३ बस्ने माधव प्रसाद उपाध्याय आदेश भएको मिति : २०४१।१०।७।१ मा § भूमिसम्बन्धी ऐन, २०२१ हेर्दा मोही बेदखली गरेमा यति समयभित्र उजूर गर्नुपर्ने भन्ने हदम्यादको व्यवस्था गरिएको पाइँदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : भू.सु.का. सिराहाको २०४०।६।२५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. माधवप्रसाद उपाध्यायको नाउँमा दर्ता रहेको जि.सिराहा हनुमाननगर गा.पं. वा.नं. १(क) को कि.नं. ८४ को जग्गा कठ्ठा ०–१४–० ऐ. गा.पं. वा.नं. ९(क) कि.नं. ३१२ को ०–११–१० र ऐ. वा.नं. को कि.नं. ४०७ को ०–६–१० समेत जम्मा जग्गा बिगहा १–१२–० जग्गा मोही मेरो बुबा २०३५ सालमा परलोक हुनुभएपछि हामी ५ छोराहरू मध्ये म कान्छो असर्फी मुखियालाई जग्गाधनीले २०३५।१०।१५ मा पत्याई मोही स्वीकार गरी ०३५।१२।३० मा म र जग्गाधनीको संयुक्त निवेदन परी कार्यालयबाट जग्गाधनीको बयान समेत लिई मेरो नाममा मोहीको प्रमाण पत्र दिने ठहर्छ भनी भू.सु.का. सिराहाबाट २०३६।२।१३ मा निर्णय मैले मोहियानी हकको प्रमाण पत्र पाएपछि मेरा अरू ४ जना दाजुहरूले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी २०३६।९।३० मा जग्गाधनी उपर उजूर दिएपछि ०३६।१०।१३ मा ज.ध.ले बयान गर्दा ०३५।१०।१५ मा मैले असर्फीबाट कूत बापत धान १७ मन १७ शेर बुझी भर्पाई गरी दिएको छु । साथै पाँच दाजुभाइले प्रतिव्यक्ति ०–७–० को दरले कमाएमा मेरो मञ्जूर छ भनी लेखाएको र विपक्षी जग्गाधनीले जग्गा आवाद गर्न नदिई उल्टै ०३७ सालको धानबाली दिलाई पाउँ भनी सिराहा जिल्ला अदालतमा पाँचै दाजुभाइहरूको फिराद पर्दा विपक्षीको आतंकबाट बच्न तत्कालीन भू.सु.मन्त्रीज्यू समक्ष निवेदन दिँदा साँध सँधियार बुझी वास्तविक मोही भएमा शान्ति सुरक्षा गरी दिनुभन्ने मन्त्रीज्यूबाट तोक आदेश भएकोमा असर्फी मुखियाको मिति ०३५।१२।३० मा यस कार्यालयमा निवेदन परी २०३६।२।१३ मा निर्णय भइसकेको हुँदा सोही कित्ताहरू उपर निजैको निवेदन लिई उक्त कित्ताहरूको मोही हक नामसारी गर्न न्यायसंगत नहुँदा वादी दावी खारेज हुने ठहर्छ भनी ०३९।७।१७ मा अधिकारीज्यूबाट निर्णय भयो । उक्त जग्गाहरूको म मोही भएकोले मैले २०४० सालको बाली लगाउँदा ०४०।३।१५ गते हलो जोत्न जाँदा विपक्षी जग्गाधनीले गोरू फुकाली मोही हकबाट बञ्चित गरेको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को ३२(१)(क)(ख) बमोजिम विपक्षीलाई सजाय गरिपाउँ भनी ०४१।५।२० मा उजूर गरेकोमा वादीले २०४०।३।१५ मा उक्त जग्गामा बेदखल गरेको तत्काल समयमा उजूर गर्नुपर्नेमा नगरी करीब २ महीना पछि उजूर गरेको देखिएको र विपक्षीलाई बुझ्दा विपक्षीले पनि उक्त जग्गामा