निर्णय नं. २८३३ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८३३ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/०५ २२९४ निर्णय नं. २८३३ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ५७६ फैसला भएको मिति : २०४३।८।५।५ मा पुनरावेदक/वादी : धादिङ जिल्ला मार्पाक गाउँ पञ्चायत वडा नं.३ हाल वडा नं.७ चापकुना बस्ने जितबहादुर आले मगर विरुद्ध रेस्पोण्डेन्ट/प्रतिवादी : ऐ.ऐ.सापटारी बस्ने भैरवबहादुर थापा मगर मुद्दा : जग्गा खिचोला (१) कानुन बमोजिम पास समेत गरी राजीनामा दिएको लिखतबाट हक कायम हुन नसक्ने भनी भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री छवीरमण सिटौला फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ : २. पूर्व गल्ली, पश्चिम चिलाउनेको बोट, उत्तर मानवीर आलेको बारी, दक्षिण खोल्सी, यति चारकिल्ला भित्रको केराबारी भन्ने पाखो र पूर्व गिदरीको रुख ठाडो ढुड्डा लिलाकुमारीको बारी, पश्चिम पदेरा बारी, उत्तर लिलाकुमारीको बारी, दक्षिण पँधेराबारी, यति ४ किल्ला भित्रको २ कित्ता जग्गा भोगी आएकोमा विर्ता उन्मूलन ऐन, २०१६ अनुसार (क) श्रेणीको रैकरमा परिणत गर्दा सो मध्ये जि.दाताराम, जि.शेरबहादुर जिम्मा पूर्व आफ्नै बारी पश्चिम तेर्सो बाटो उत्तर ठाडो गोरेटो र लिला कुमारीको बारी, दक्षिण खोल्सो यति ४ किल्ला भित्रको केराबारी बाटो माथि भन्ने खेत माटो मुरी ।।१५ को कित्ता एक पुर्व तेर्सो बाटो, पश्चिम आफ्नै बारी कैसलको रुख उत्तर लिलाकुमारीको बारी दक्षिण लालबहादुरको बारी यति ४ किल्ला भित्रको खरबारी भन्ने पाखो जग्गा कित्ता एक ऐ.जिम्माको पूर्व आफ्नै खेत पश्चिम दक्षिण लालबहादुरको साँध उत्तर लीलाकुमारीको साँध र कैजलको रुख यति ४ किल्ला भित्रको पुछार बारी भन्ने पाखो जग्गा कित्ता एक समेत जग्गाको विवरण दिएको मालबाट २०३४ सालको नम्बरीमा मेरो नाममा दर्ता भएको ७ नं. फाराम मेरै नाममा भरिएको छ । विपक्षी ४ नं.नापी गोश्वाराबाट नापी हुँदा उक्त जग्गाहरू कि.नं.४१, ४२, ४३, ४४, ४५ र ४६ मा नापी गराई खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेत जितबहादुर आले मगरको शुरु जिल्ला अदालतमा परेको फिरादपत्र । ३. विपक्षीले दावी लिएको जग्गा विपक्षीको नभई निजका दाजु अमृत आलेको अंश हकको भई केराबारी भन्ने पाखो जग्गा कित्ता एक, घरबारी भन्ने पाखो विर्ता जग्गा कित्ता एक, मिति २०११।१०।३ मा रु.३५०।– मा अमृत आलेबाट राजीनामा पारित गरी लिई विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम रैकरमा परिणत गराउन, मैले धादिङ मालमा दर्खास्त दिँदा समुच्चा जग्गा २०३० सालको सदर नम्बरीमा दर्ता भई, मेरो भोगचलनमा छ । नापीमा कि.नं.४१, ४२, ४३, ४४, ४५ र ४६ गरी ६ कित्तामा मेरा नाममा नापी भएकोमा विपक्षीले झगडा जनाउन लगाएका हुन । मैले खिचोला गरेको छैन, झुठ्ठा फिराद दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको भैरवबहादुर थापाको प्रतिउत्तरपत्र । ४. प्रतिवादीबाट पेश भएको मिति २०११।०१२ सालको तिरो तिरेको रसिद हेर्दा केरमेट भई अर्को मसीबाट थपेको देखिएको । २०२२ सालको यिनै वादी प्रतिवादी बीचको खिचोला मुद्दा डिस