निर्णय नं. २८३४ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८३४ - अंश भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/२० २५८३ निर्णय नं. २८३४ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको दे.वि.नं. ९३ फैसला भएको मिति : २०४३।८।२०।६ मा पुनरावेदिका/प्रतिवादी : अष्टनारायण मानन्धरकी श्रीमती का.न.पं.वडा नं.२२बस्ने अष्टनारायणको हकमा मु.स. गरी आफ्ना हकमा समेतकी रामकुमारी मानन्धर विरुद्ध प्रत्यर्थी/वादी : का.न.पं.वडा.नं. १० भीमसेनगोला बानेश्वर बस्ने विष्णुदेवी मानन्धर मुद्दा : अंश (१) अंशबण्डाको १ नं.ले व्यवस्था गरे अनुसार जति अंशियार जीवित हुन्छ तिनीहरूको बीचमा भाग बण्डा गर्नु पर्ने । (प्रकरण नं. १७) पुनरावेदिका/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन भनी विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए यसमा लेखिएको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको अंश मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गरी निर्णय दिनु, निवेदकलाई जनाउ दिनु भन्ने हुकुम प्रमांगी बक्स भएकोले प्रस्तुत मुद्दाको तथ्य संक्षिप्तमा निम्नानुसार छ : २. ससुरा अष्टनारायण सासु रामकुमारीको छोरा मच्छेनारायणसंग विवाह भई छोरा १ जन्मेपछि लोग्ने मिति ०३०।३।२० गते परलोक भए ।१३ दिनको कार्य सकी मेरो दाइजो पेवा नदिई मलाई खान लाउन नदिई निकाला गरे आमा कहाँ बसेकी छु सासुकी छोरी विवाह भइसकेको छ सासु ससुरा मेरो पति तीन अंशमा एक अंश दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति ०३४।११।१६ को फिरादपत्र । ३. वादी एकासगोलमा बसेको थिइन । माइत गई बसेकी बोलाउन जाँदा पनि यो मुद्दा गरेकी हुन भन्ने समेत व्यहोराको प्रतिवादी दुइको एउटै प्रतिवाद रहेछ । ४. वादीको साक्षी जवान दुई प्रतिवादीको साक्षी एकको बकपत्र भएको रहेछ । ५. प्रतिवादीको पैतृक सम्पत्ति भाइहरूसंग बण्डा भएको छैन, भनी जिकिर लिएकोमा ०१६ साल मार्ग ३० गते भन्दा अगावै आफू अंश लिइसकेको छ, प्रतिवादी व्यहोरा झुठ्ठा हो भन्ने प्रतिवादीको पेट बोलीबाट बुझिएको पूर्णनारायण मानन्धरको बयान । ६. मेरो कान्छा बाबु अष्टनारायण, हिरालाल पञ्चनारायणसंग मेरो बाबु १६ साल मार्ग अगावै बण्डापत्र कागज केही नगदी छुट्टी भिन्न बसी आएको हो अष्टनारायणको प्रतिवादी व्यहोरा झुठ्ठा हो भन्ने चौथीनारायण मानन्धरको बयान । ७. दाजु अष्टनारायण र म समेतको अंशियारहरूको ०१६ साल मार्गमा घरायसी बण्डा खडा गरिएको छ । अष्टनारायणलाई मैले अंश दिन पर्ने बाँकी छैन, भन्ने प्रतिवादीका पेटबोलीबाट बुझिएको पञ्चनारायण मानन्धरको बयान । ८. आमा चन्द्रकुमारीको छोरा प्रतिवादी अष्टनारायण, म हिरालाल, भाइ पञ्चनारायण १६ साल मार्गका बण्डापत्र खडा गरी मेरो भागमा परेको घर भोगबन्धकीमा अष्टनारायण साक्षी बसेका हुन भन्ने प्रतिवादीका पेटबोलीबाट बुझिएको हिरालाल मानन्धरको बयान । ९. मसंग केही छैन भनी वादीले र एउटा घर छ भोगबन्धकी पारित गरी दिएको भनी प्रतिवादीले फाँटवारी दिएको रहेछ । १०. वादीले प्रतिवादीहरूबाट रु.८,३३३।२३ को अंश पाउने र रु.५,७७१।६६ भोगबन्धकी थैली व्यहोर्नु पर्ने ठहर्छ विवाह खर्च पाउने ठहर्दैन भन्ने शुरु काठमाडौं जिल्ला अदालतको मिति ०३६।१२।१९ को फैसला । ११. काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत रामकुमारी तथा अष्टनारायणको