निर्णय नं. २८३६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८३६ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/०५ २३२६ निर्णय नं. २८३६ ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ३८३ फैसला भएको मिति : २०४३।८।५।५ मा पुनरावेदक/वादी : प्रहरी रणध्वज थापाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : मुस्ताङ जि. जोमसोम गा.पं.वडा नं.५ जोमसोम बजार डेरा गरी बस्ने श्रीमती पार्वती सार्किनी मुद्दा : कर्तव्य ज्यान (१) बालक पैदा भएपछिबाट कर्तव्य गरी मारी फालेको भन्ने सबूद प्रमाण कतैबाट देखिन आउँदैन यसरी कर्तव्य गरी मारेकै हो भन्ने कुनै ठोस प्रमाण कतैबाट गुज्रन नआएको हुँदा जन्मेको बालकलाई कर्तव्य गरी मारेको भन्न केवल मरेको बच्चाको लाश फेला परेको प्रहरीको जाहेरीको आधार र जातक फाल्न लगेको कारणबाट मात्र जिउँदो जन्मेको बालक मारेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.रुद्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आई बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. मिति ०४०।३।२१ गते विहान गस्ती घुम्दै जाँदा जोमसोम पञ्चायत वडा नं.८ तालको पछाडि ढुड्डा मुनि अं.५ गज फरकमा १ जातक छोरीको कम्मर देखि माथिको भाग कुनै जीवजन्तुले खाएको मृत बच्चाको लाश देखिएकोले प्रतिवेदन गर्न मिति ०४०।३।२१ मा प्र.रणध्वज थापा मगरले दिएको जाहेरी । ३. लोग्ने कृष्णबहादुरको शारीरिक सम्बन्ध ३९ पौष देखि रहेबाट मलाई गर्भ रही ऐ.आषाढ १५ गते देखि योनीबाट रगत बग्न थालेकोले ऐ.१७ गते मुस्ताड्ड अस्पताल गई औषधी गराएकी राती १० बजे मरेको बालिका पैदा भइन र बच्चा बरामद भएको ठाउँमा पुरी आएको हुँ म र मेरा लोग्ने समेत कर्तव्य गरी मारे मराएको छैन हैन भन्ने समेत पार्वती सर्किनीले प्रहरीमा गरेको कागज । ४. पार्वती सर्किनीसंग शारीरिक सम्बन्ध भएबाट गर्भ रहन गई मुस्ताड्ड अस्पतालमा लगी औषधी गराई घर लगेकोमा राती मृत बालिका पैदा भएको हो मैले र मेरी श्रीमती भई मारेको हैन भन्ने कृष्णबहादुर सार्कीको बयान कागज । ५. मरेको बच्चा जन्मेको होला भन्ने केही र जिउँदो बच्चा जन्माई कर्तव्य गरी मारी फाले गाडेकोमा शंका लाग्छ भन्ने केही र कृष्णबहादुर सार्की उपर कर्तव्यमा शंका लाग्दैन भन्ने केही व्यक्ति भएको ०४०।३।२४।६ को सरजमीन मुचुल्का । ६. ०३९ साल फाल्गुणमा पार्वर्ती सार्कीनी र कृष्णबहादुर सार्कीको बिहे भएकोले अगाडि नै रहेको गर्भ भएको हुनाले समाजबाट लाग्ने सामाजिक कलंक लुकाउन नवजात शिशु फाली सोही ठाउँमा एक्लैले मारी ढुड्डाले छोपी गाडेको भने देखिन आएकोले पूर्व नियोजित तबरबाट जीवित जन्मेको बालिकालाई मारी फालेकी मु.ऐ.ज्यानसम्बन्धी १३(३) अनुसार सजायँ हुन माग दावीको प्रहरी प्रतिवेदन । ७. ०३९ फाल्गुणमा कृष्णबहादुर सार्कीसंग विहे भएको हो हाम्रो करणी लेनदेन विवाह भन्दा पहिले पौष महीना देखि भएबाट गर्भ रहन गई महीना नपुग्दै मरेको बच्चा जन्मेकोले पूर्व उत्तरतर्फ लगी ढुड्डाको आडमा राखेको हुँ कर्तव्य गरी मारी फालेको हैन भन्ने पार्वती सकिर्नीले अदालतमा गरेको बयान । ८. पार्वतीलाई ल्याउनु भन्दा पहिले देखि करणी गरी मेरो विर्यबाट ०३९ पौषमा गर्भ रही महीना नपुग्दै बीचमा गर्भ तुहुन गई मैले सो तुहेको जातक बच्चालाई पार्व