निर्णय नं. २१५३ - दर्ता बदर हक फिर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१५३ - दर्ता बदर हक फिर्ता भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/१२ २६३६ निर्णय नं. २१५३ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ५७२ मुद्दा : दर्ता बदर हक फिर्ता पुनरावेदक/वादी : जि.मोरङ दादर वैरिया गा.पं. वार्ड नं. ३ बस्ने गुलावसरी राजवंशीनी विरूद्ध विपक्षी/प्रतिवादी : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १४ बस्ने शिवरत्न साहु तेली ऐ दादर बैरिया वार्ड नं. ३ बस्ने उमेश कुमार राजवंशी फैसला भएको मिति : २०४१।१०।१२ मा § अंशियारले आफ्नो ज्ञान वा सीप या प्रयासबाट निजी आर्जन गरेको भनी पक्का रूपले प्रमाणित नभएसम्म संग बसेका अंशियारले बढेबढाएको सम्पत्तिलाई निजी आर्जनको भनी अंशियारलाई भाग लाग्दैन भन्न मिल्दैन । (प्रकरण नं. ११) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिबक्ता श्री यादव खरेल विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिबक्ता श्री विश्व राज पाण्डे उल्लेखित मुद्दा : x फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१।२९ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्षी मध्येका उमेशकुमार राजवंशी मेरो पति हुनुहुन्छ निजका नाउँमा गुठी संस्थान अन्तर्गत भोजे दादर वैरियाको हाल सर्वे हुँदा दादर वैरिया गा.पं. वार्ड नं. ८(क) कि.नं. १०२ को २–१२–१० कि.नं. १५२ को ०–१– कि.नं. १५३ को ०–१–० कि.नं. १५४ को ०–०–१७, कि.नं. १५५ को ०–०–१७, कि.नं. १५७ को ०–१–० समेत जग्गा बिगहा २–१७–६ दर्ता भएको थियो । उक्त जग्गा पैतृक सम्पत्तिबाट आर्जन भई सगोलबाट भोग चलन गरेको ०३६।९।२८ मा विपक्षी मध्ये शिवरतनले उक्त जग्गाको धानबाली खमार भई आई तिम्रो जग्गा मध्ये ०–१७–६ मेरो हक भएको छ बाली मलाई दिनुपर्छ, तिम्रो पतिले ०३३ सालमा रू. ४१००। मा राजीनामा लिखत गरिदिएकोले भने मतिलाई सोद्धा जवाफ नदिँदा ०३६।१।१९ मा मालपोत कार्यालयबाट राजीनामा नक्कल लिई हेर्दा ०३३।११।२६ गते पति उमेशकुमारले शिवरतनलाई नं. १५२, १५३, १५४, १५५ र १५७ को सिमर कि.नं. १०२ को २–१२–१० मध्ये ०–२–० समेत ०–१७–६ राजीनामा लिखत गरी नालिशबाट ०३६।४।३० मा पास भई विपक्षीका नाउँमा दर्ता भएछ मेरो मञ्जूर नलिई बिक्री गरेको मेरो हक जति आधा ०–८–१३ दर्ता बदर गरी फिर्ता पाउँ भन्ने समेत वादी । ३. विपक्षीको लोग्ने उमेशकुमारको आफ्नो आर्जनको ०–१७–६ जग्गा रू. ४१००। मा ०३३।११।२६ मा राजीनामा लिखत गरिदिई पास गरी नदिँदा पास मुद्दा परी पास हुने ठहरी पासपूर्जा अनुसार ०३६।५।२९ मा पारित भएको हुँदा बदर हुनु नपर्ने भन्ने समेत प्रतिवादी । ४. पैतृक सम्पत्ति नदेखिनाले फिरादीको भाग जतिको जग्गामा फिरादीको हक कायम हुने र सो हक कायम हुने गरी जग्गाको दर्ताबदर हुने ठहर्छ भन्नेसमेत शुरू मो.जि.अ.को ०३७।३।९ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीको को.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. प्रस्तुत मुद्दामा निजी आर्जनको नठहराई वादी दावीको आधी जग्गाको लिखत बदर हुने ठहर्‍याएको मो.जि.अ.को इन्साफ मनासिव छ भन्ने समेतको अं.अ.को ०३८।३।१० को फैसला। ७. उक्त फैसला उपर प्रतिवादीको पू.क्षे.अ.मा परेको पुनरावेदन । उमेशकुमारले शिवरतनलाई बिक्री गरेको जग्गामा मेरो हक जति आधी बदर गरिपाउँ भन्ने वादी दावीबाट प्रस्तुत मुद्दामा कारवाही चलेको देखिन्छ । सो जग्गा