निर्णय नं. २१५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/१९ २२१८ निर्णय नं. २१५४ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १३४५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : बागमती अञ्चल ल.पु.न.पं. वडा नं. ज्ञ कोपुण्डोल घर भइ सोही न.प. वडा नं. ३ पुल्चोक बस्ने श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गतको संरक्षण अधिकृत रमेन्द्रराज शर्मा विरूद्ध विपक्षी : बढुवा समितिमार्फत निर्माण तथा यातायात मन्त्रालय बबरमहल लोक सेवा आयोग कमलपोखरी, काठमाडौं हरिहर कोइराला, अ. इन्जिनियरले आवास भवन तथा भौतिक परियोजना विभाग बबरमहल काठमाडौं आदेश भएको मिति : २०४१।१०।१९।६ मा § पछि पाएको मान्यतालाई अघि नै मान्यता पाए सरह गणना गरिएन भन्ने कुरा मिल्दो देखिएन । (प्रकरण नं. १०) § दर्खास्त दिने म्याद सम्ममा योग्यता पुगेकालाई पनि समावेश गर्ने हो भने सोही अनुरूप सूचना प्रकाशित भएको हुनुपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर श्रेष्ठ उल्लेखित मुद्दा : x फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : संविधानको धारा १६ र ७१ अन्तर्गत उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा पूर्जि जारी गरिपाउँ भन्ने मिति ०४०।४।१६ मा दर्ता भई यस बेञ्च समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ। २. म निवेदक श्री ५ को सरकारको इन्जिनियरिङ सेवा सिभिल इन्जिनियरिंग समूह विल्डिंग एण्ड आर्किटेक्ट उप समूह अन्तर्गतको राजपत्रांकित तृतीय श्रेणीको निजामती कर्मचारी हुँ । निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल इन्जिनियरिंग सेवा सिभिल इन्जिनियरिंग समूह विल्डिंग एण्ड आर्किटेक्ट उपसमूह राजपत्रांकित द्वितीय श्रेणीको पद दुई समेतको बढुवाको लागि मिति ०३७।२।२५।१ को गोरखापत्रमा पटक प्रकाशित लोकसेवा आयोगको विज्ञापन सूचना नं. ३८७।०३६।०३७ अनुसार उक्त पद दुईमा बढुवाको निमित्त आफू उम्मेदवार भएकोले निवेदकले पनि उल्लिखित सूचना बमोजिम सबै रीत पुर्‍याई दर्खास्त दिएको थिएँ । तर विपक्षी बढुवा समितिले उक्त पद दुईमा बढुवाको निमित्त सिफारिश गर्दा निवेदकले पाउने अङ्क जुन २५० भन्दा पनि बढी हुन्छ, भन्दा कम अङ्क अर्थात २४७, २८७ प्राप्त गर्ने विपक्षी हरिहर कोइराला समेतलाई सिफारिश गर्ने मिति ०३९।१२।१३।१ को गोरखापत्रमा प्रथम पटक प्रकाशित निर्माण तथा यातायात मन्त्रालयको बढुवाको सूचनाबाट थाहा पाएर के कति कारणले निवेदकको कार्यक्षमताको मूल्यांकन घट्न गई २४७, २८७ भन्दा पनि कम अङ्क पाई बढुवाको निमित्त सिफारिश हुन सकिन्छ भनी आफूले प्राप्त गरेको अङ्क हेर्न विपक्षी बढुवा समितिको सचिवालयको रूपमा काम गर्ने निर्माण तथा यातायात मन्त्रालय जाँदा विपक्षी बढुवा समितिले निवेदकलाई उम्मेदवार नठहराएकोले निवेदकको कार्यक्षमताको विपक्षी बढुवा समितिबाट बढुवाको निमित्त मूल्यांकन नै नगरिएको मौखिक सूचना उक्त मन्त्रालयबाट निवेदकले पाएँ । विपक्षी बढुवा समितिले के कति कारण र कुन कानुन बमोजिम निवेदकलाई उम्मेदवार नठहराएको हो सो भने थाहा पाउन सकिएन । निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत रिक्त बिल्डिङ्ग एण्ड आर्किटेक्ट उप समूह राजपत्रांकित द्वितीय श्रेणीको उक्त पद दुईमा बढुवाको निमित्त निवेदक हर प्रकारले उम्मेदवार ठहरिन