निर्णय नं. २१५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०९/३० २२२४ निर्णय नं. २१५५ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १७२५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : राप्ती अञ्चल प्यूठान जिल्ला धर्मावती गा.पं. वडा नं. ४ उपल्ला दम्पति बस्ने पदमबहादुर थापा क्षेत्री विरूद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय राप्ती अञ्चल प्यूठान जिल्ला खलंग प्यूठान जिल्ला धर्मावती गा.पं. कार्यालय वाग्ढुला राप्ती अञ्चल प्यूठान जिल्ला धर्मावती गा.पं. वडा नं. ४ उपल्ला दम्पति बस्ने नारायण बहादुर थापा आदेश भएको मिति : २०४१।९।३०।१ मा § बन्धकी छोडी दिएको भनेको कागज निवेदकको इच्छा विरूद्ध प्रमुख जिल्ला अधिकारीले अधिकार बाहिर गई क्षेत्रात्मक त्रुटि गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दा : x आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयले मिति २०४०।७।११ गतेको कार्यवाही बदर गरिपाउँ भनी रिट निवेदन मिति ०४०।८।१३।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मेरा पिता टेकबहादुर थापाको तीनवटी श्रीमतीबाट ६ जना छोरा जेठा का.प.नरबहादुर थापा माहिला होतबहादुर थापा साहिलो म निवेदक पदमबहादुर थापा १ काहिलो अकिलबहादुर थापा, ठूलोकान्छो दीर्घबहादुर, कान्छो नारायणबहादुर १ समेतका सबै अंशियार २०१० साल भन्दा अघि नै छुट्टी भिन्न भई आफ्नो–आफ्नो खती उपती गरी आएको र पिता र माताहरू समेत परलोक भई सकल भएको छ । हामी दाजुभाइमा कुनै प्रकारको झगडा थिएन । पिताजी टेकबहादुरले मसँग रू. २५००। रुपैयाँ लिई निजका नाउँमा दर्ता रहेको पूर्व पूर्णबहादुर पाण्डे क्षेत्रीको पाखो बारी साँध पश्चिम भुलावारीको ठीक साँध उत्तर ठाडोबाट दक्षिण मेरै हक आधा बाटो यति ४ किल्लाभित्र उदनि घरबारी मध्येको आधा पाटो अं. विजन ।।३ जाने जग्गा विपक्षी नारायणबहादुर समेतका भिन्न बसेका दाइ भाइ साक्षी बसी मिति २०३२।११।२३ मा घरसारमा लिखत भई ऐनका म्यादभित्र पारित गरी नदिई अदालतमा फिराद पारी पास हुने ठहर भई फैसला भई मिति ०३४।५।६।२ मा लिखत पारित भराई भोगी आएको थिएँ । उक्त पिताजीले दिई बाँकी रहेको घरबारी पिताजी परलोक भई विपक्षी नारायणबहादुरका नाउँमा दर्ता तिरो भरो भएको पूर्व रणबहादुर र आमा गोपकुमारीको आँठो पश्चिम तेर्सो डोहार खिमबहादुरको आँठो उत्तर दक्षिण दीर्घबहादुरको र धनीको घरबास यति ४ किल्लामा बनेको १९ हात लम्बा ११ हात चौडा भएको ढुंगाको गाहरो फुसको छाना जिर्ण भएको घर समेत विपक्षी भाइ नारायणबहादुरले मिति २०३८।१०।१२ मा रू. ६०००। मा राजीनामा गरी म निवेदकलाई दिएको थियो । राजीनामा गरी लिएपछि मैले भोगी चर्ची आएको थिए । कुनै विवाद थिएन । विपक्षी मध्ये नारायणबहादुरले विपक्षी मध्ये जि. कार्यालयमा रू. १८००। रुपैयाँ मैले राजीनामा गरी दिँदा नदिई बाँकी रहेको थैली र पारित राजीनामाका चारकिल्ला भित्र आमाको भागको आमा मरी अपुताली परी मेरो हक भएको जग्गा रू. १०००। मा घरसारमा विपक्षीलाई मौखिक शर्तमा दिएको बाँकी बन्धकी निखनाई