निर्णय नं. २१५६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१५६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०५/०७ २४३२ निर्णय नं. २१५६ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट नं. १९०६ विषय : उत्प्रेषण निवेदक : का.जि.का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने तुयुदास मानन्धर समेत ऐ ऐ बस्ने मंगला देवी मानन्धरनी विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय काठमाडौं का.जि. का.न.पं. वडा नं. २० कोहिटी बस्ने चन्द्र मान शाक्य ऐ ऐ बस्ने ज्ञान बहादुर शाक्य ऐ ऐ बस्ने तेजरत्न शाक्य ऐ ऐ बस्ने हिरा रत्न शाक्य ऐ ऐ बस्ने रत्न मान शाक्य ऐ ऐ बस्ने चिनीया मान शाक्य ऐ ऐ बस्ने जगत कुमारी शाक्य ऐ ऐ वडा नं. १३ कालीमाट बस्ने कृष्ण दास मानन्धर आदेश भएको मिति : २०४१।५।७।५ मा § फिराद दिएको देखिनाले विवादको जग्गामा मोही पत्याउन बाँकी रहेको भन्न प्रत्यर्थीले एकपटक स्वीकार गरेकोलाई विबन्धनका सिद्धान्त अनुसार पुनः अस्वीकार गर्न पाउँदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दा : x आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : विपक्षी कार्यालयको ०४०।२।३० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. यसमा साविक कालीमाटी गा.पं. वडा नं. ६ कि.नं. ३३ ऐ.ऐ. कि.नं. ११९ र ऐ. कि.नं. १४५ समेत ३ तीन कित्ता जग्गा नापीमा लालदास मानन्धरका नाउँमा मोही भएको र ज.ध.मा चन्द्रमान शाक्य समेत ७ जना भएको बाबु ससुरा मृत्यु भएकोले भू.सं. ऐन, ०२१ को दफा २६(१) बमोजिम जोत नामसारी गरिपाउँ भनी तुयुदास र मंगलादेवीको निवेदन परेको र कि.नं. १४५ को जग्गा तुयुदास मंगलादेवीले नजोतेको र ज.ध. ले मलाई भू.सं.ऐन, ०२९ को दफा ३४(१) बमोजिम कबुलियत समेत गरी दिएकोले ऐ. ऐनको दफा २६(१) बमोजिम मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने कृष्ण मानन्धर र ज.ध. समेतले कि.नं. १४५ को जग्गाका हकमा कृष्ण मानन्धरलाई पत्याएकोले कि.नं. १४५ को जग्गा कृष्ण मानन्धरको नाममा ऐ. ऐनको दफा २६(१) अनुसार जोत नामसारी गरिदिने र बाँकी कि.नं. ३३ र कि.नं. ११९ को हकमा ज.ध. ले पछि ठहर गर्नेछौं भनेकोले छुटेका र बाँकी गर्ने ठहर्छ भन्ने समेत व्यहोराको भू.सु.का. काठमाडौंको ०४०।२।३० को निर्णय पर्चा । ३. विवादित जग्गामा परापूर्व देखि घरबास गरी आएको पक्की घरबासी भएको जग्गा हो । यस्तो जग्गा ऐनको दफा २(ङ) अनुसार बसोबास बगैंचाको जग्गामा ऐनको दफा २६(क) ले हक छाडी दिन पाउने अवस्थाको जग्गा हो । विपक्षी कृष्णले स्वर्गीय लालदाससँग अंश बापत नगदी रुपैयाँ लिई अंश छोडपत्रको लिखत ०८।१२।३० मा रजिष्ट्रेशन पास गरिदिनु भएको छ । तत्काल मोही हक खरीद बिक्री हुने सुविधा प्राप्त थियो । त्यस्तो भिन्न बसेको व्यक्तिले पिताजीको नामको जग्गा नामसारी गरिपाउँ भन्ने निवेदनमा ज.ध.ले पनि हामी सगोलकालाई नरोजी भिन्न भएकोलाई रोज्ने र भिन्न भएका कृष्णका नाउँमा नामसारी गर्ने निर्णय गर्न मिल्ने होइन । ऐनको दफा २६(१) ले पनि भिन्न बसेकालाई पत्याउन र सागोलकालाई पत्याउन्नौं भन्न मिल्दैन । त्यसमा पनि हाम्रो घरबास भोगचलन हुँदा नामसारी हुन सक्ने नै होइन । कालीमाटी