निर्णय नं. २१५७ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१५७ - ज्यान भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०७/१५ २३८१ निर्णय नं. २१५७ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको फौ.पु.नं. ३५८ सम्वत् २०४० सालको फौ.सा.नं. १४९ मुद्दा : ज्यान पुनरावेदक/प्रतिवादी : जि. सोलुखुम्बु का.को गा.पं. घर भै हाल जिल्ला कार्यालय सदरखोर शाखा डिल्लीबजारमा थुनामा बस्ने दिलकुमारी तामाङनी विरूद्ध विपक्षी/वादी : प्रहरी रामबहादुर समेतको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।७।१५।४ मा § सामाजिक लोकलाजबाट बच्नको लागि जातकलाई मारेको देखिन आउने हुँदा अपराधको प्रकृति र अवस्था समेतलाई ध्यानमा राखी निज अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री बासुदेवप्रसाद ढुंगाना र विद्वान अधिबक्ता श्री बद्रीप्रसाद शर्मा विपक्षी/वादीहरू तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिरामकुमार उल्लेखित मुद्दा : x फैसला न्या. हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।२।४ को फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. स्वयम्भू भुइखेल डेरा गरी बस्ने दिलकुमारी तामाङनीले बच्चा तुहाई मारी फालेको भन्ने बुझिएकोले पक्राउ गरी पेश गरेको छु भन्ने प्रहरी रामबहादुर समेतको जाहेरी प्रतिवेदन । ३. तालुमाथि आधा इन्चीको घाउ, गलैचा बुन्ने धागोले घाँटी जिब्रो मुनि पारी धागोले कसी बानेको देखिएको भन्ने समेत लासजाँच प्रकृति मुचुल्का । ४. दिलकुमारीलाई औषधीउपचार गरी ०३८।९।२० गते डिस्चार्ज गरेको वीर अस्पतालको पत्र । ५. रामबहादुरसँग लोग्ने स्वास्नी भई बसेको निजसँगको सहवासबाट गर्भ रही ०३८।९।१७ को सुत्केरी हुने व्यथा लागी रातको १२।१ बजे तिर बच्चा जन्मियो । बच्चा जन्मना साथ म बेहोस भएको र होस खुलेपछि बच्चालाई अँध्यारोमा छामी हेर्दा चिसो भई मरी सकेको र हातमा राखी छामी हेरे । हलचल केही नगरी मरी सकेको थाहा पाई थाङना कपडामा पोको पारी गलैंचाको टुक्रो डोरीले बाँधी राति नै गलैंचा कारखानादेखि अन्दाजी ४०।५० गज पर लगी फाली डेरामा आइपुगो भन्ने समेत दिलकुमारीको प्रहरीमा भएको कागज । ६. स्वास अवरोध भई मृत्यु भएको देखिन्छ भन्ने समेत पोष्टमार्टम रिपोर्ट । ७. जन्मेको निर्जीव बच्चा फाली राखेको देखियो । बच्चाको गर्धनमा समेत डोरीले बाँधेको हुँदा कर्तव्य गरी मारेमा शंका लाग्छ भन्ने सरजमीन मुचुल्का । ८. ज्यान सम्बन्धीका १८ नं. अनुसार प्र.दिलकुमारी तामाङनीलाई सजाय हुन अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन । ९. पौष १९ गतेका राति सुत्केरी हुने व्यथा लागी विरामी भई बच्चा जन्मना साथ बेहोस भइरहेको अवस्थामा नै बच्ची मरिछन् लासलाई गलैंचाको टुक्रोहरू बटुलेर पोको पारी फाल्न लगेको हो साथमा कोही थिएन भन्ने समेत दिलकुमारीको अदालतमा बयान । १०. प्र.ले बच्चाको मृत्युको अन्य कुनै कारण देखाउन नसकेको कारण समेतबाट कर्तव्य गरी मारेको ठहर्छ । तर मार्नु पर्ने सम्मको नियत योजना नदेखिएकोले ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत काठमाडौं जि.अ.को फैसला । ११. काठमाडौं जि.अ.को फैसलाले चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार र दिलकुमारी समेत दुवै थरको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन पर्न आएको रहेछ । १२. शव परीक्