निर्णय नं. २१५८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१५८ - लेनदेन भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०७/१४ २३४७ निर्णय नं. २१५८ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ५२४ मुद्दा : लेनदेन पुनरावेदक/प्रतिवादी : धौलागिरी अञ्चल वाग्लुङ जिल्ला मुलपानी गा.पं. वडा नं. ५ बस्ने बुद्धिबहादुर खत्री विरूद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने गंगादत्त पन्त फैसला भएको मिति : २०४१।७।१४।३ मा § मिसिल सामेल रहेको विवादित सक्कल भर्पाई हेर्दा सो भर्पाईमा लागेको सहिछाप तथा भर्पाई रीतपूर्वक देखिन आएन । यस्तो स्थितिमा क्षेत्रीय अदालतले गरेको इन्साफमा कुनै त्रुटिपूर्ण देखिन नआउने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादीहरू तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना उल्लेखित मुद्दा : x फैसला न्या. हरगोविन्द सिंह प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदकले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा पुनरावेदन जिकिर संक्षेपमा निम्न प्रकार छ । २. म भारत सरकारको मुलुक डिवेइयो होसी कम्पनीमा जागिर भई बसेको अवस्था अन्यायवाला उहीं गई मलाई खेलो व्यापार गर्न रू. २४००। कर्जा दिनुहोस् भनी माग्नु भएकोले गाउँले मानिस भएकोले सयकडा १०। का दरले लाग्ने ब्याज बुझाउँला भनी ०२६।२।१ गते म बसेको डेरा भारत सरकारको मुलुक डिलोईमा बसी कपाली व्यहोरा तमसुक लेखी कानुन बमोजिम भारतीय टिकट समेत टाँसी सहिछाप गरी दिई मैले कम्पनी २४००। निज विपक्षीलाई कर्जा दिएकोमा आज सम्म सावाँ ब्याज केही नबुझाई घरमा आई बस्नुभएकोले घरैमा आई माग्दा विदेशमा लिएको कर्जा तिर्न बुझाउन पर्दैन भनी हक जवाफ दिएकोले निजलाई यस अदालतमा झिकाई सबूत प्रमाण बुझ्न पर्दछ भनी मैले दाखिल गरेको कोर्टफी र अन्य दस्तूर समेत भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. प्रतिवादीले ०३५।२।३१ मा तामेल भएको म्याद आफैं बुझी प्रतिउत्तर नदिई गुजारी बसेको । ४. भा.रू. २४००। को लिखत वादीको वारेसबाट झिकाई हेर्दा कानुनको रीत पुगेको देखिनाले सावाँ भा.रू. २४००। को ने.रू. ३४८०। र तमसुक भएको मिति ०२६।१।२ बाट दश वर्ष पूरा भइसकेको हुनाले सावाँ बमोजिमको ब्याज रू. ३४८०। समेत जम्मा सावाँ ब्याज रू. ६९६०। वादी प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत ०३६।३।१७ को बाग्लुङ जिल्ला अदालतको फैसला। ५. सो फैसलामा चित्तबुझेन भन्ने व्यहोराको प्रतिवादीले धौलागिरी अं.अदालतमा गरेको पुनरावेदन । ६. यसमा सावाँ ब्याज भराई दिने गरी गरेको बाग्लुङ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको धौलागिरी अञ्चल अदालतको ०३६।९।२५ को फैसला । ७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले प.क्षे.अ.मा दिएको निवेदनमा अनुमति प्राप्त भई पुनरावेदन दर्ता गरेको । ८. धौलागिरी अञ्चल अदालतले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३८।३।२५ को फैसला । ९. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्र. पुनरावेदकले यस अदालतमा दिएको निवेदनमा प्रमाणमा पेश गरेको भर्पाईमा लेखात्मक र रेखात्मक दुवै प्रकारको सही भएकोमा लेखात्मक सहीको वास्तै नगरी यस सम्बन्धमा केही नबोली गरेको नि