निर्णय नं. ८९०५ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९०५ - मोही नामसारी भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०८/१५ ३९८५ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८९०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६७–CI–०५६३ र ०६७–CI–१०८१ फैसला मितिः २०६९।८।१५ मुद्दा :– मोही नामसारी । पुनरावदेक प्रतिवादीः रौतहट जिल्ला, सरमुजवा गाउँ विकास समिति वडा नं. १ बस्ने गणेश साह कलवार विरुद्ध प्रत्यर्थी वादीः रौतहट जिल्ला, सरमुजवा गाउँ विकास समिति वडा नं.१ बस्ने दुखा तुरहा पुनरावेदक प्रतिवादीः बारा जिल्ला, कचोर्वा गाउँ विकास समिति वडा नं.३ बस्ने तेजनारायण प्रसाद जयसवाल विरुद्ध प्रत्यर्थी वादीः रौतहट जिल्ला, सरमुजवा गाउँ विकास समिति वडा नं.१ बस्ने दुखा तुरहा शुरु फैसला गर्ने :– भू.सु.अ.श्री सागरकुमार रोका पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या.श्री विदुरविक्रम थापा § अ.बं. ७२ ले गरेको कानूनी व्यवस्थावाट लेखिए भन्दा बढ्ता कुरा एउटै फिरादपत्रमा लेखी ल्याएको रहेछ भने सो हदसम्मका कुरामा इन्साफ गर्न नपर्ने भनी सम्बन्धित सेवाग्राहीलाई सूचना दिनुपर्ने “फिरादवालालाई थाहा हुना निमित्त सोही फिरादपत्रको भरपाई लेखिदिनुपर्छ” भन्ने वाक्य यस नम्बरमा समायोजन गरेबाट प्रष्ट भएकाले अड्डा अदालतले ग्रहण गरिसकेको नालिस सबूद प्रमाणको मूल्याङ्कन तथा हकदैया हदम्याद समेतका प्रश्नबाट जे ठहर्छ सोहीबमोजिम इन्साफ हुनैपर्ने । (प्रकरण नं.३) § फोटोहरू लिखत प्रमाण हुन् । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(घ) द्वारा निर्धारित परिभाषाका अतिरिक्त प्रमाण कानूनका विश्वव्यापी मान्यताका कारणबाट फोटोहरू लिखत प्रमाणको कोटीमा पर्दछन् । विधिसम्मत प्रक्रियाबाट मिसिलमा संलग्न हुन पुगेका फोटोहरूका हकमा समेत अ.बं. ७८ आर्कषित हुने । § पुरातन मस्यौदाहरूमा “कागज” भन्ने शब्द प्रयोग हुँदैमा आधुनिक मस्यौदामा “लिखत” भन्ने शब्द लेखिएको छ भन्दैमा लिखत भन्नु र कागज भन्नु फरक हुन् भन्ने अर्थ गर्न नमिल्ने । § जानकारीमा आएका फोटो सम्बन्धित जग्गाका होइनन् भन्ने समेतका आधारमा चुनौती दिएको अवस्थामा अ.बं. १७१ बमोजिम नाप जाँच गराउनु पर्दथ्यो । अ.बं. १७१ को नाप नक्सा जाँचबुझ अदालतले न्यायिक निष्कर्षमा पुग्न आफ्नो सन्तुष्टिका लागि अदालतका प्रतिनिधिलाई विवादस्थलको वस्तुगत अध्ययन गर्न पठाउन अवलम्बन गरिने कार्यविधि भएकाले लिखत प्रमाणका रूपमा रहेका फोटोहरूमा मुद्दाका दुवै पक्षको मुख मिलेको छ भने यिनले अ.बं. १७१ को आवश्यकता पूरा गर्न सक्ने । (प्रकरण नं.५) § न्यायिक निष्कर्ष निकाल्दा न्यायिक मनको विशिष्ठ भूमिका हुन्छ । भूमिसम्बन्धी नियमअन्तर्गतका १ नं., २ नं., ४ नं. तथा ३ नं. अनुसूची भएपनि भूमिसम्बन्धी ऐनले नै मोहियानी हक प्राप्तिका लागि निषेध गरेको अवस्थामा ऐनकै व्यवस्थाले मान्यता पाउँछ । ऐनकै कार्यान्वयनको सुगमताका लागि नियम बन्ने हुँदा ऐनका प्रतिकूल नियम बन्न नसके जस्तै सो नियमअनुसार प्राप्त कागजातले कुनै कानूनी बल प्राप्त गर्न नसक्ने । § जसरी दूषित दर्ताले कुनै मान्यता पाउँदैन, यसका लागि हदम्याद बाधक बन्दैन त्यसरी नै दूषित प्रमाणको कुनै औचित्य हुँदैन । कानूनविपरीतको दूषित प्रमाणले कसैलाई कानूनी हक प्रदान गर्न नसक्ने । (प्रकरण नं.९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता महादेव यादव तथा विद्वान अधिवक्ता उमेशप्रसाद जयसवाल प्रत्यर्थी वादी तर्फबाटः वरिष