निर्णय नं. २१५९ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१५९ - जग्गा खिचोला भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/०८ ३३२२ निर्णय नं. २१५९ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०३९ सालको दे.वि.नं. १२६ मुद्दा : जग्गा खिचोला पुनरावेदक/वादी : चितौन भरतपुर न.पं. वडा नं. ९ शरदपुर बस्ने बलभद्रको मु.स. गर्ने शैलेश न्यौपाने विरूद्ध विपक्षी/प्रतिवादी : ऐ शिवनगर गा.पं. वडा नं. ७ कान्तिपुर बस्ने महेश्वर पौडेल फैसला भएको मिति : २०४१।१०।८।२ मा § आफूले लिएको जग्गा नापी भई लालपूर्जा लिइसकेपछि जग्गा घटी बढी नाप नक्सा के कसो हो भनी वादीले स्वयं जानकारी राख्नुपर्ने । (प्रकरण नं. १२) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती विपक्षी प्रतीवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम यस अदालत समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. भवानीदेवीबाट निजका हक भोग दर्ताको जग्गा बिगहा ७ मध्येबाट १–१०–० बिक्री गरी बाँकी रहेको ५–१० मध्ये पूर्व विपक्षीको साँध पश्चिम असामीकै बाँकी जग्गा उत्तर नहर दक्षिण दाता भवानीदेवीले सम्भुप्रसादलाई राजीनामा गरी दिएको जग्गा यति ४ किल्ला भित्रको १–१० जग्गा ०२७।२।१३ मा रजिष्ट्रेशन पास गरी राजीनामा गराई लिई डेढ बिगहा जग्गाको दामासाहीले आँतबढ समेत मैले भोग चलन गरी आएको अवस्था विपक्षीले नापी नक्सा गर्न अमीनलाई हातलाई आफ्नो कित्ताभित्र पर्ने गरी मेरो हकको ०–९–६ च्यापी मिची कि.नं. ३८ को कित्ताभित्र पारी नापी दर्ता गराएको रहेछन् । ०३५।७।२९ गते यकीन थाहा हुन आएको र रू. ३०००। मोलिने जग्गा कठ्ठा ०–९–६ मा विपक्षीको दावा खिचोला मेटाई उक्त नक्साको कि.नं. ३८ को कित्ताकाट कटाई दर्ता बदर गरी मेरो हक कायम गराई पाउँ भन्ने समेत व्यहोराको बलभद्र न्यौपानेको फिरादपत्र । ३. वादीले खरीद गरी लिनुभन्दा अगावै मैले भोग चलन गरी आएको जग्गा नापी दर्ता गराएको हो । वादी दावी झुठ्ठा हुँदा अमीनले नाप नक्सा गरी छुट्याइएको जग्गा मेरै हक दर्ता सदर थामी पाउँ भन्ने समेत व्यहोराको महेश्वर पौडेलको प्रतिउत्तर पत्र । ४. वादीको फिराद हदम्याद भित्रको नदेखिँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको फैसला । ५. उक्त फैसला उपर वादी बलभद्रको नारायणी अञ्चल अदालतमा पुनरावेदन परेको । ६. वादी दावीको जग्गा ०२७।६।२ मा नापी भई ०२७।६।१८ मा नापी दर्ता कायमै भइसकेकोमा ०३५।८।२५ मा वादी दावी लाग्न नसक्ने भएकोले शुरू जि.अ.बाट हदम्याद नाघी पर्न आएकोले वादी दावी नै खारेज हुने ठहर्‍याई गरेको फैसला कानुनसंगत देखिएकोले सदर हुने ठहर्छ र पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने व्यहोराको ना.अं.अ.को ०३६।६।२२ को फैसला । ७. उक्त फैसला उपर वादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको । ८. आजै फैसला भएको यिनै पक्ष विपक्ष घरबाट उठाई चलन चलाई पाउँ भन्ने मुद्दामा यसै खिचोला मुद्दासँग सापेक्षित कि.नं. ३८ को जग्गामा उत्तरतर्फ घर बनाएको तर्फ फिराद खारेज हुने र दक्षिणतर्फको ज.बि. ०–४–१३ यस मुद्दाको प्रतिवादी महेश्वर पौडेलका हकको ठहरी फैसला भएको र यस मुद्दामा ०२७ सालमै नापी दर्ता भएको कि.नं. ३८ मा मेरो